कोभीडपछि युवामा हृदय घातको जोखिम बढ्यो, कारण जान्न आइसिएमआर को ३ फरक अनुसन्धान जारी

मुटु रोग पहिले वृद्धवृद्धालाई हुने गर्थ्यो र यसको संख्या पनि सीमित थियो तर कोरोना पछि मात्रै हृदय घातका घटनामा अचानक वृद्धि भएको देखिएको छ । मृत्यु हुनेमा युवाको संख्या बढी छ । तर, यस्तो हुनुको पछाडि के कारण रहेको छ , किन यस्तो भइ रहेको छ, यसबारे पर्याप्त प्रमाण भने अझै उपलब्ध छैन । अहिले जानकारी सङ्कलनका लागि ३ वटा विभिन्न किसिमका अनुसन्धान भइरहेका छन् ।


नयाँ दिल्ली – कोभीड १९ पछि हृदय घातबाट मर्ने युवाहरूको संख्या बढी छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) ले यस्तो किन भइरहेको छ भनेर पत्ता लगाउन ३ वटा विभिन्न प्रकारका अनुसन्धान गरिरहेको छ । शुक्रवार संसदको मनसुन अधिवेशनमा केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मांडविया ले यसबारे जानकारी दिएका छन् ।

मुटु रोग पहिले वृद्धवृद्धालाई हुने गर्थ्यो र यसको संख्या पनि सीमित थियो तर कोरोना पछि मात्रै हृदय घातका घटनामा अचानक वृद्धि भएको देखिएको छ । मृत्यु हुनेमा युवाको संख्या बढी छ । तर, यस्तो हुनुको पछाडि के कारण रहेको छ , किन यस्तो भइ रहेको छ, यसबारे पर्याप्त प्रमाण भने अझै उपलब्ध छैन । अहिले जानकारी सङ्कलनका लागि ३ वटा विभिन्न किसिमका अनुसन्धान भइरहेका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मांडविया ले अनुसन्धान वारे के भने? 

  • स्वास्थ्य मन्त्री मांडविया ले भारतमा १८ देखि ३५ वर्ष उमेरका वयस्कहरू मा अचानक मृत्यु सँग सम्बन्धित कारकहरूमा बहु–केन्द्रित अध्ययन लगभग ४० अस्पताल/अनुसन्धान केन्द्रहरूमा चलिरहेको छ।
  • भारतमा २०२२ मा १८ देखि ४५ वर्ष उमेरका जनसङ्ख्यामा थ्रोम्बोटिक घटनाहरूमा कोभिड खोप को प्रभाव लाई निर्धारण गर्न करिब ३० कोभिड––१९ क्लिनिकल रजिस्टरी अस्पतालहरूमा अध्ययन भइरहेको छ ।
  • यो बाहेक भर्चुअल र शारीरिक शव परीक्षणहरू मार्फत युवा हरूमा अस्पष्ट मृत्युको कारण स्थापित गर्न एउटा अर्को अध्ययन चलिरहेको छ।

अनुसन्धान प्रतिवेदन कहिले आउने ? 

हाल समग्रमा तीनवटा विषयमा अनुसन्धान भइरहेको छ । पहिले अध्ययनको प्रतिवेदन सन् २०२३ को जुलाईमा सार्वजनिक हुने बताइएको थियो । तर अध्ययनको प्रारम्भिक रिपोर्टको सन्दर्भमा आइसिएमआर धेरै गहिरो अध्ययन गरिरहेको छ । यस्तो अवस्थामा यसको तथ्यांक वा यस सँग सम्बन्धित कुनै पनि जानकारी पूर्ण रूपमा पुष्टि भएपछि मात्रै सार्वजनिक गर्ने प्रयास गरि राखिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!