साइकल चलाउँदा राम्रो यौन जीवन, जवान देखिनु देखि लिएर रोग मुक्त शरीर, पर्याप्त निन्द्रा लगायतका थुप्रै फायदा


साइकल चलाउनु यौन स्वास्थ्य, शारीरिक स्वास्थ्य मात्र नभइ मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ । विभिन्न अध्ययनहरू अनुसार साइकल चलाउनाले मानसिक स्वास्थ्य, मुड राम्रो रहन्छ र उर्जाको स्तरमा समेत सुधार हुन्छ । यो मानसिक स्वास्थ्य लाई सुधार गर्नको लागि शीर्ष गतिविधि मध्ये एक हो ।
३ जुन लाई विश्व साइकल दिवस को रूपमा मनाइन्छ । साइकल चलाउने बानीले तपाइ लाई धेरै बढी स्वास्थ्य लाभ दिन्छ । जानौ साइकल चलाउदा हुने १० फाईदा ।

१. यौन जीवन राम्रो बनाउँछ
जब तपाई शारीरिक रूपमा सक्रिय हुनुहुन्छ, यसले तपाई को भास्कुलर (रक्त नली सम्बन्धी) स्वास्थ्यमा सुधार गर्छ, जसले तपाई को सेक्स ड्राइभ बढाउँछ । कर्नेल युनिभर्सिटीका स्वास्थ्य विज्ञहरूका अनुसार पुरुष खेलाडीहरू मा आफूभन्दा दुईदेखि पाँच वर्ष कम उमेरका पुरुषहरू जत्तिकै यौन क्षमता हुन्छ र साइकल चलाउने महिलाहरू अन्य महिलाहरूको तुलनामा दुईदेखि पाँच वर्षपछि रजोनिवृत्ति मा हुने गर्छ ।

२. साइकल चलाउने हरू जवान देखिन्छन्
साइकिलिङ व्यायामको सबै भन्दा बढी प्रभावकारी तर कम तागत वाला रूप हो । सामान्य रूपले कुनै व्यक्ति ३० मिनेट सम्म साइकल चलाउँछ भने उसको छाला बढी सफा र टल्किएको देखिन्छ। अमेरिकाको स्टैनफोर्ड युनिभर्सिटी मा गरिएको एउटा अनुसन्धान अनुसार साइकल चलाउने हरू आफ्नो उमेरका व्यक्तिहरूको दाँजोमा बढी सुन्दर देखिन्छन् ।

३. फोक्सो लाई स्वस्थ बनाउँछ
हालै गरिएको एक अध्ययनले देखाएको छ कि यात्राको लागि साइकल चलाउने मानिसहरू कारमा यात्रा गर्नेहरूको तुलनामा कम प्रदूषणको सामना गर्छन्। द हेल्दी एयर क्याम्पेन, किंग्स कलेज लन्डन र क्याम्डेन काउन्सिलले एक जना चालक, एक बस यात्रु, एक पैदल यात्रु र एक जना साइकल यात्रीको यात्रामा अध्ययन गरेका थिए । यस क्रममा अध्ययन कर्ताले उनीहरूको कार, बस र साइकलमा वायु प्रदूषण डिटेक्टर लगाए र त्यसपछि लन्डनको व्यस्त सडकबाट जान भने । नतिजाहरू अनुसार कार चालकले साइकल चालकको तुलनामा पाँच गुणा बढी प्रदूषण स्तर अनुभव गरे ।

४. मानसिक स्वास्थ्य लाई प्रवर्द्धन गर्छ
साइकल चलाउनु भनेको तनाव र डिप्रेसनबाट टाढा रहने राम्रो उपाय हो । यसले आत्म निरीक्षण को लागि समय दिन्छ साथै शरीरमा एड्रेनालाईन र एन्डोर्फिन रश बढाएर मुडलाई राम्रो बनाउन मद्दत गर्दछ। साइकल चलाउनाले मस्तिष्कमा रक्तसञ्चार बढ्छ, जुन व्यायाम गरे पछि पनि ४० प्रतिशतले उच्च रहन्छ । हरेक दिन साइकल चलाउनू ले तपाई को दिमागी शक्ति बढ्छ र तपाइँलाई राम्रो निर्णय लीन मद्दत मिल्छ ।

५. क्यान्सर र मुटु रोगको जोखिम कम गर्छ
दैनिक साइकल चलाउने मानिसमा मुटु रोग र क्यान्सरको जोखिम कम हुन्छ भन्नु गलत होइन । ग्लासगो विश्वविद्यालयले भर्खरै गरेको एक अध्ययनले अफिस जान साइकल उपयोग गर्ने मानिसहरूमा मुटु रोग र धेरै प्रकार को क्यान्सरको जोखिम आधा कम भएको देखाएको छ ।

६. रोगहरू वाट टाढा राख्छ
युनिभर्सिटी अफ कैरोलाइना मा गरिएको एउटा अनुसन्धान अनुसार सातामा ५ दिन ३० मिनेट साइकल चलाउ नाले शरीरको इम्युन सेल्स बढी सक्रिय राख्न सघाउ पुग्छ । यति मात्र नभइ साइकल चलाउने व्यक्ति यस्तो नगर्ने हरूको दाँजोमा ५० प्रतिशत सम्म कम बिरामी पर्छन् ।

७. राम्रो निन्द्रा आउँछ
साइकल चलाउँदा तपाई थाक्न सक्नु हुन्छ तर यसले तपाइँलाई राम्रो सग सुत्न पनि मद्दत गर्छ । स्ट्यानफोर्ड युनिभर्सिटी स्कुल अफ मेडिसिनका अन्वेषकहरूले अनिद्रा (इन्सोम्निया) भएका मानिसहरूलाई हरेक दिन २० देखि ३० मिनेट साइकल चलाउन आग्रह गरेका थिए । फलस्वरूप, तिनिहरूको सुत्ने समय बढ्यो ।

८. शरीरको प्रतिरक्षा (इम्युनिटी) बढाउँछ
साइक्लिङ ले आवश्यक प्रोटिनको उत्पादन बढाएर र सेतो रक्त कोशिकाहरूलाई उत्तेजित गरेर तपाई को प्रतिरक्षा प्रणालीलाई सुधार गर्न सक्छ । विज्ञहरू भन्छन् कि कुनै पनि प्रकारको व्यायामले प्रतिरक्षा प्रणाली बढाउन मद्दत गर्दछ। साइकल चलाउनु पनि यस्तै प्रकारको काम हो । यसले शरीरको स्ट्यामिना (सहन शक्ति) लाई बढाउन मद्दत गर्छ र व्यक्तिको सहन शक्ति, धैर्य लाई बढाउँछ ।

९. स्मरण शक्ति तीव्र हुन्छ
दैनिक ३० मिनेट साइकल चलाउ नाले यस्तो नगर्ने व्यक्तिहरूको दाँजो मा स्मरणशक्ति लाई तुलनामा १५ प्रतिशत सम्म बढाउन सकिन्छ । अमेरिकाको युनिभर्सिटी अफ इलिनोइसका अनुसन्धान कर्ताहरूले एउटा अनुसन्धानमा साइकल चलाउँदा मुटुलाई बलियो बनाउने पत्ता लगाएका छन् । यसको साथसाथै हाम्रो मस्तिष्कमा नयाँ कोशिकाहरू पनि विकसित हुन्छन् ।

१०. मोटो पना घटाउँछ
अतिरिक्त तौल घटाउनको लागि साइकल चलाउनु एक उत्तम तरिका हो। साइकलले तपाईंको चयापचय (मेटावोलिज्म) लाई बढावा दिन्छ र परिणाम स्वरूप, यसले तपाई को शरीरबाट अतिरिक्त तौल घटाएर मोटो पना घटाउँछ। साइकल चलाएर तौल घटाउने सबैभन्दा राम्रो कुरा यो हो कि यसले तपाई लाई प्राकृतिक तरिकाले तौल घटाउन मद्दत गर्छ र तपाई ले कुनै पनि अस्वस्थ बानीहरू अपनाउनु पर्दैन। यसका साथै मोटो पनका कारण हुने अन्य समस्याको जोखिम पनि कम हुन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!