डिजिटल उपकरण ले आँखा मा मायोपियाँ को जोखिम बढ्दै

डब्लुएचओ ले सन २०३० सम्म ३ अर्ब ३६ करोड व्यक्ति मायोपिया ले प्रभावित हुने अनुमान गरेको छ । उच्च मायोपिया का जटिलता हरू विश्व को केही भागमा अन्धोपना का नयाँ कारणको रूपमा देखा परि रहेको छ ।


विराटनगर– पछिल्लो समय डिजिटल माध्यमहरूको बढ्दो प्रयोगले मुलुकमा मात्र नभइ विश्वमा नै मायोपिया (अदूर दृष्टि) को जोखिम बढ्दै गएको औँल्याउँदै विज्ञहरूले सचेतना अपनाउनु पर्ने मा जोड दिएका छन् । मायोपियामा टाढाका वस्तुहरू प्रस्ट नदेखिने तर नजिकका वस्तुहरू प्रस्ट देखिने हुन्छ ।

नेपाल नेत्र ज्योति संघ अन्तर्गत पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमको विराटनगर आँखा अस्पतालको आयोजनामा सम्पन्न मायोपिया सम्बन्धी कार्यशाला गोष्ठीका सहभागीहरूले उक्त कुरा बताएका हुन ।

‘मायोपिया विश्व व्यापी रुपमा सबै भन्दा सामान्य रिफ्राक्टिभ इरर अर्थात् चस्मा लगाउनु पर्ने अवस्था हो । जसले अनुमानित २ अर्ब ६० लाख मानिसहरू लाइ असर गर्छ’, पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम का प्रमुख सुधीर ठाकुर ले नेपालहेल्थप्रेस सँग भने –‘स्वास्थ्य प्रवर्द्धन र शिक्षा ले मायोपिया र यो सँग सम्बन्धित जटिलता हरूको रोकथाम मा महत्वपूर्ण भूमिका खेल्छ, साथै आँखाको राम्रो स्वास्थ्य व्यवहार को बारे मा सचेतना जगाउन र चश्मा लगाउन नमिल्ने सामान्य कारणहरू लाई सम्बोधन गर्छ ।’

विश्व मायोपिया सचेतना सप्ताहका अवसरमा शुक्रबार विराटनगरमा आयोजित कार्यशाला गोष्ठीमा सहभागीहरूले समयमै सचेत भएर सावधानी अपनाए यो जोखिमबाट बच्न सकिने कुरामा समेत जोड दिए । विज्ञहरूले मायोपिया २१ औं शताब्दीको एउटा महत्वपूर्ण सार्वजनिक स्वास्थ्य समस्या को प्रतिनिधित्व गर्ने बताए । उनीहरूले सुधार नगरिएको रिफ्राक्टिभ इरर वयस्क मात्र नभइ बच्चा हरूमा समेत दृष्टि हानीको प्रमुख कारण रहेको बताए ।

चस्मा को माध्यमले सुधार नगरिएको बायोपिक दृष्टि हानिको प्रमुख कारण रहेको जनाउँदै ठाकुरले भने–‘मायोपिया ले बालबालिकाहरूको कमजोर शैक्षिक प्रदर्शनमा समेत योगदान दिन्छ , मुलुकको लागि ठुलो आर्थिक बोझ हुन्छ ।’ आँखामा देखिने मायोपिया रोग विशेषगरी ससाना बालबालिकामा बढी देखिने गरेको छ ।

आउने दशकमा मायोपिया को व्यापकता मा धेरै बृद्घि हुने जनाउँदै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ ) ले सन २०३० सम्म ३ अर्ब ३६ करोड व्यक्ति प्रभावित हुने अनुमान गरेको छ । उच्च मायोपिया का जटिलता हरू विश्व को केही भागमा अन्धो पना का नयाँ कारणको रूपमा देखा परि रहेको छ । कम मात्रा (डिग्री ) को मायोपिया पनि मायोपिया नभएका व्यक्तिहरूको दाँजोमा यी जटिलताहरूको जोखिम बढ्दो हुने डब्लुएचओले जनाएको छ ।

पाँच इन्द्रियहरूमा दृष्टि सबै भन्दा प्रबल रहेको र मानव जीवनको हरेक पक्षको लागि आवश्यक रहेको औँल्याउँदै ठाकुरले भने – ‘समय मै हामी लाई दृष्टि परीक्षण गरे चस्मा को माध्यमले सुधार गर्न सकिने मायोपिया लगायतका दृष्टिको समस्या पहिचान गरे उपचार प्रकृया मा जाँदा व्यक्ति लाई मात्र हैन मुलुक लाई समेत उच्चतम फायदा हुन्छ ।’

डब्लुएचओ ले सन् २०५० सम्ममा विश्वको आधि जति जनसंख्या मायोपिक हुन सक्ने अनुमान गरेको छ । पहिले देखि मायोपियाको समस्या रहेका आमा बुबाबाट जन्मिएका सन्तानमा मायोपियाको सम्भावना बढी देखिने गरिएको छ । यस्तै कम्प्युटर, मोबाइल तथा भिडियो गेममा धेरै समय बिताउने बालबालिकामा पनि मायोपियाको समस्या हुने विज्ञहरू बताउँछन् ।

मायोपिया भएमा व्यक्तिले टाढाको वस्तु धमिलो देख्ने गर्दछ । सामान्य आँखाले हेर्दा कुनै पनि वस्तुलाई टाढाबाट हेर्दा उक्त वस्तु हाम्रो आँखाको दृष्टि पर्दा अर्थात् रेटिनामा आएर फोकस हुने गर्छ । तर मायोपिया भएमा उक्त वस्तु आँखाको दृष्टि पर्दा भन्दा अगाडिको भागमा फोकस भएको कारण दृष्टि धमिलो हुने गर्छ ।

विराटनगर आँखा अस्पतालका बाल नेत्र रोग विशेषज्ञ डा. पवन श्रेष्ठले मुलुकमा स्कुल जाने बालबालिकाहरू मा २५ देखी २७ प्रतिशत सम्ममा मायोपिया देखि राखिएको नेपालहेल्थप्रेस लाइ बताए । उनको अनुसार मायोपिया मुख्य रूपले नजिक धेरै हेर्ने भएर भएको हो ।

विज्ञहरूले सूचना प्रविधिको विकास सँगै आम मानिसले आफ्नो दैनिक क्रियाकलापलाई चलायमान बनाउन घन्टौँ सम्म मोबाइल, ल्यापटप, टिभी जस्ता डिजिटल माध्यमहरूमा समय व्यतीत गर्ने परिस्थिति सिर्जना भएको छ । जसले गर्दा आँखाको समस्यामा दिनानुदिन बढोत्तरी हुँदै गइरहेको बताउँछन । यसरी लामो अवधिसम्म घर बाहिरको वातावरणमा कार्य नगर्दा आँखामा हुने एउटा जोखिमको रुपमा मायोपिया देखा परेको छ । मायोपिया भएको व्यक्तिले टाढाको वस्तु धमिलो देख्ने गर्दछ । मायोपिया भएमा टाढाको वस्तु हेर्दा आँखाको दृष्टि पर्दा भन्दा अगाडिको भागमा फोकस भइरहेको हुन्छ ।

मायोपियाबाट बच्न बच्चाहरूलाई मोबाइलको प्रयोग वाट जोगाउने, दैनिक कम्तीमा २ घण्टा बाहिरी वातावरणमा खेल्ने व्यवस्था मिलाउने तथा समय समयमा नियमित रूपमा आँखा जाँच गराउनु पर्ने विराटनगर आँखा अस्पतालका दृष्टि विशेषज्ञ पंकज राय अधिकारीले बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!