बेलायत अमेरिकामा पारम्परिक मुटु शल्य चिकित्सक बेरोजगार हुँदै/ कृत्रिम बुद्धिमत्ता (एआइ)को माध्यमले मुटुको शल्यक्रिया


लन्डन– पछिल्लो दिनहरूमा बेलायत र अमेरिकामा परम्परागत मटु शल्य चिकित्सकहरू बेरोजगार बन्दै गएका छन् । सन १९४० –१९६० को दशक देखी चिकित्सा विज्ञान को दुनियाँमा श्रेष्ठता कायम राखेका पारम्परिक मुटु शल्य चिकित्सक बेरोजगार हुन लागेका हुन ।

वास्तवमा अहिले एआई, अर्थात आर्टिफिसिएल इन्टलिजेन्स, जसलाई हामी कृत्रिम बुद्धिमत्ता समेत भन्छौ, वाट मुटुको शल्यक्रिया भइरहेको छ । त्यसैले अब मात्र ती मुटु शल्यचिकित्सक हरू सँग काम छ, जसले ‘इन्टरभेन्सन कार्डियोलजी (एआइ उपकरणहरूको माध्यमले हुने शल्यक्रिया ) मा विशेषज्ञता हासिल गरेका छन् ।

पहिले मुटुको शल्यक्रियाका लागि चिकित्सकको एउटा पुरै टिम चाहिन्थ्यो, अहिले डाक्टर एक्लै मात्रै एआईको सहयोगमा सम्पूर्ण शल्यक्रिया गर्छन । यही कारणले गर्दा बेलायत र अमेरिकामा मुटु शल्यचिकित्सक को संख्या त कम भइ रहेको छैन तर उनीहरू सँग काममा भने कमी आएको छ ।आगामी दिनमा उनिहरूसँग मात्र काम हुनेछ, जसले आफूलाई नयाँ प्रविधि अनुसार अपडेट गर्न सक्नेछन् ।

केही वर्षमा कार्डियाक शल्यचिकित्सा समाप्त हुने
अक्सफोर्डको जोन रेडक्लिफ अस्पतालका सेवानिवृत्त मुटु शल्य चिकित्सक स्टीफेन पेस्टबाय भन्छन–‘ मुटुको रोगीहरूको लागि इन्टरभेन्सन कार्डियोलजी धेरै राम्रो छ । मुटु, मस्तिष्क र मिर्गौलाको शल्यक्रियामा बाइपासमा लाग्ने समय जति बढी हुन्छ बिरामीको जोखिम त्यति नै बढ्छ । एआइ यो काम कम समय मा कम जोखिम साथ गर्छ । डाक्टरको काम नै खतम भएको छ ।’

कन्सलटेन्ट शल्य चिकित्सक डिंसर आकतुअर्क का अनुसार आगामी केही वर्षमा विश्व वाट पारम्परिक कार्डियाक सर्जन ( मुटु सँग सम्बन्धित शल्यचिकित्सक ) सीमित हुने छन ।

एआइ वाट थुप्रै शल्यक्रिया सजिलो भयो
‘हिस्ट्री अफ हर्ट सर्जरी पुस्तकको लेखक थोमस मारिस भन्छन–‘ सन १९७० मा मुटुको शल्यक्रियामा मृत्यु दर २५ प्रतिशत सम्म पुगेको थियो । एआइ ले गर्दा चिकित्सा जगतमा थुप्रै काम सम्भव भएका छ, जो पहिले धेरै कठिन थियो जस्तो तौल घटाउने बारियाट्रिक शल्यक्रिया सजिलो भयो ।’

क्यान्सरको उपचार अव सम्भव भएको छ । शल्यक्रिया अझै सजिलो छैन तर सामान्य भएको छ । बेलायतमा कोरोनरी आर्टरी बाइपास सर्जरी वर्षेनी १४ हजार भन्दा बढी र अमेरिकामा यो २लाख भन्दा पनि बढी रहेकोछ ।

औषधि र जीवनशैलीमा परिवर्तन स्टेन्ट वा बाइपास शल्यक्रिया जतिकै प्रभावकारी

थुप्रै अध्ययनले थाहा भए अनुसार औषधि र जीवनशैलीमा परिवर्तनले मुटु रोगको उपचार त्यतिकै प्रभावकारी छ जति स्टेन्ट वा बाइपास शल्यक्रिया । मुटु रोग विशेषज्ञ एंथनी माथुर भन्छन्–‘ शल्य चिकित्सक र कार्डियोलोजिष्ट को प्रवृत्ति आफ्नो तालिमको पूर्ण उपयोग गर्नमा रहन्छ, यसैले उनीहरू सँधै शल्यक्रिया नै गर्न चाहन्छन् ।’ ( एजेन्सीहरु )


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!