‘मानिस कति लामो समय सम्म बाँच्न सक्छ ?

एक सय १८ वर्षको उमेरमा विश्वको सबैभन्दा वृद्ध व्यक्तिको मृत्युले मानिस कति लामो समय सम्म बाच्न सक्छ भन्ने शताब्दीयौँ पुरानो बहस फेरि सुरु भएको छ


के मानव जीवन अर्थात् उमेरको कुनै सीमा ? ऊ अधिकतम कति वर्ष बाच्न सक्छ? फ्रान्सकी लुसिल रैंडोन को गत साता मृत्यु भएपछि यो प्रश्न फेरि चर्चामा आएको छ ।

चर्चमा नन रहेकी रैंडोनको मृत्युको समयमा उनको उमेर ११८ वर्षको थियो र उनलाई संसारको सबैभन्दा वृद्ध व्यक्तिको उपाधि प्राप्त थियो। गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार अब यो उपाधि स्पेनकी ११५ वर्षकी मारिया ब्रान्यास मोरेरा सँग गएको छ ।

१८औं शताब्दीमा फ्रान्सेली प्रकृतिविद् जार्नेस लुआ लेसलेर्क ले मानिस जीवन भर बिरामी नभएको र कुनै दुर्घटना नहुदाँ ऊ बढीमा १०० वर्षसम्म बाच्न सक्छ भन्ने सिद्धान्त दिएका थिए । यो कुरा को शताब्दी बितिसकेको छ र चिकित्सा विज्ञानले त्यस बेलादेखि अद्भुतै प्रगति गरेको छ। जसका कारण मानिसको आयु झन्डै दुई दशकले बढेको छ ।

सन १९९५ मा, मानव जातिले एउटा नयाँ कोसे ढुङ्गा पार गर्यो जब फ्रान्सकी जीन कैलमें ले आफ्नो १२० औं जन्मदिन मनाए । उनको दुई वर्षपछि १२२ वर्षको उमेरमा मृत्यु भयो र उनी अहिले सम्मकै सबैभन्दा बढी बाच्ने व्यक्ति हुन्।

‘बढदै छन बढी समय बाच्ने हरू’
संयुक्त राष्ट्र को अनुमान अनुसार सन २०२१ मा ५ लाख ९३ हजार व्यक्ति यस्ता थिए जसको उमेर १०० वर्ष पार गरी सकेको थियो । एक दशकअघि यो संख्या ३ लाख ५३ हजार थियो । अर्थात् एक दशकमा नै सय वर्ष भन्दा बढी वाच्नेहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । डाटा एजेन्सी स्टैटिस्टा को अनुसार आगामी दशकमा यस्ता व्यक्तिहरूको संख्या दोब्बर हुन्छ जो सय वर्ष भन्दा बढी बाच्छन् ।

सन १९८० को दशक देखी नै सय वर्ष भन्दा बढी बाच्ने मानिसहरूको सख्या निरन्तर बढ्दै गएको छ र यदि लेसलेर्क आज जीवित हुन्थे भने यो कुरामा खासै हैरान हुन्थे की यति बढी संख्यामा मानिसहरू ११० सात सम्म बाँचिरहेका छन् । त्यसैले मनुष्य कति वर्ष बाच्न सक्छ भन्ने प्रश्न ठूलो भएको छ ।

धेरै वैज्ञानिकहरूको विचार छ कि मानव जीवन को एक सीमा छ र यसको शारीरिक कारण छ । अर्थात्, मानव शरीरले एक सीमाभन्दा बढी काम गर्न सक्दैन ।

सन २०१६ मा नेचर म्यागजिनमा एउटा अनुसन्धान प्रकाशित भएको थियो जसमा वैज्ञानिकहरूले भनेका थिए की सन १९९० को दशकदेखि मानिसको जिउने अवधिमा कुनै परिवर्तन भएको छैन ।

घट्दो सम्भावना
विश्व जनसंख्या को तथ्याङ्कको विश्लेषण गरे पछि अन्वेषकहरूले पत्ता लगाए कि जीन कैलमें को मृत्युपछि मानव जीवनको अवधि वास्तवमा घटेको छ, जबकी अहिले विश्वमा पहिले भन्दा धेरै वृद्ध व्यक्तिहरू छन् ।

फ्रान्सेली जनसंख्या विशेषज्ञ जीन मरी रोबीन भन्छिन–‘ती शोधकर्ताहरूको निष्कर्ष थियो की मनुष्य बाची राख्नुको एउटा को प्राकृतिक सीमा छ र यो करिब ११५ वर्ष को वरिपरि हो । तर थुप्रै अन्य वैज्ञानिकहरूले यो निष्कर्षमा आपत्ति प्रकट गरेका छन् ।’

रोबीन फ्रान्सको ‘इनसेरम’, मेडिकल रिसर्च इन्स्टिच्युट मा काम गर्छिन् र सय वर्ष को उमेर भन्दा माथि बाच्नेहरुको अध्ययन मा विशेषज्ञ हुन ।

सन २०१८ मा भएको एउटा अनुसन्धानले थाहा पाइएको छ की मृत्यु दर आयु सँग सँगै बढ्दै जान्छ तर ८५ ८५ वर्ष पछि यो मत्थर हुन थाल्छ । १०७ वर्ष को छेउ छाउमा मृत्यु दर हरेक वर्ष ५०–६० प्रतिशत को अधिकतम उचाइ मा पुग्छ । रोबीन भन्छिन–‘यो सिद्घान्तमा हिँड्दा ११० वर्ष को १२ व्यक्ति मध्ये ६ जना १११ साल सम्म बाच्ने छन् र ३ जना ११२साल भन्दा अगाडी सम्म बाच्छन् ।’

जनसंख्या घट्ने आशंकामा चीन चिन्तित
तर जति बढी व्यक्ति ११० वर्षको आयु पार गर्नेछन्, कसैको रेकर्ड आयु सम्म बाच्ने सम्भावना समेत त्यति नै कम हुँदै जान्छ । रोबीन सम्झाउँछिन् की यदि १०० व्यक्ति ११० वर्ष को हुन्छन् भने ५० जना मात्र १११ वर्ष सम्म जान्छन् र ११२ सम्म जानमा यसको संख्या आधा रहनेछ ।

उसो उनि स्पष्ट गर्छिन की ‘भल्युम इफेक्ट’को कारण अधिकतम बाच्ने कुनै सिमा हुने छैन अर्थात , बढी व्यक्ति १०० वर्षको उमेरलाई पार गरिरहेका छन् यस कारण अधिकतम सिमा सम्म जानको लागि केही व्यक्ति सधैँ रही रहनेछ ।

के साँच्चै एउटा सिमा छ ?
यसको एउटा पाटो अरू पनि छ जो रोवीन र उनको रिसर्च मा देखिएको हो । यसै वर्ष प्रकासित हुने यो अनुसन्धान ले हेराउँछ की १०५ वर्ष पछि मृत्यु दरमा निरन्तर बृद्घि भइ रहेको छ । अर्थात् बढी व्यक्तिको बढी समय सम्म बाच्ने सम्भावना निरन्तर कम भइ रहेको छ ।

तब के यसको अर्थ हो की मनुष्य बाच्ने वास्तव मा एउटा समय सिमा छ ? रोबीन भन्छिन् –‘हामी निरन्तर नयाँ खोज गर्दै रहने छौं, जस्तो की हामीले सधैँ गरेका छौं । र विस्तारै विस्तारै बूढोपाकोहरूको स्वास्थ्य राम्रो हुँदै जाने छ ।’

तापनि केही विशेषज्ञ छन् जो यो निष्कर्ष मा पुग्न वाट वाच्न चाहन्छन् । फ्रान्सेली जनसंख्या अध्ययन संस्थान ‘आइएनइडी’, की फ्रान्स मेज्ले भन्छिन–‘अहिले कुनै निश्चित जवाब छैन । यदि (सय वर्ष भन्दा बढी बाच्ने व्यक्ति हरू) बढी रहेका छन् भने पनि उनीहरूको संख्या धेरै कम छ । हामी अहिले पनि कुनै ठोस सांख्यिकीय अनुमान लगाउन सक्दैनौं ।’ अर्थात् सम्भव छ की यो कुराको लागि पर्खनु की बढी भन्दा बढी व्यक्ति सय वर्षको उमेर पार गर्न लागोस् । (एजेन्सीहरु)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!