मुटु रोग र स्ट्रोक को खतरा को लागि एक्लोपन र सामाजिक जीवन समेत जिम्मेवार

नराम्रो सामाजिक सम्बन्धले मुटु रोग र स्ट्रोकको जोखिम २५ प्रतिशत भन्दा बढी हुन सक्छ


जर्नल हर्ट मा प्रकाशित एक अध्ययनका अनुसार मुटुको रोग र स्ट्रोकको लागि एक्लोपन र सामाजिक जीवन जिम्मेवार हुन्छ ।अनुसन्धानमा के देखिएको छ भने स्ट्रोक र मुटुको स्वास्थ्यमा सामाजिक सम्बन्धले स्पष्ट प्रभाव पार्छ । अनुसन्धान अनुसार कम सामाजिक व्यक्तिहरूमा समय अगावै मृत्युको जोखिम बढ्छ । अध्ययनमा के देखिएको छ भने मृत्यु दरमा सामाजिक सम्बन्धको प्रभाव राम्ररी जोडिएको छ, यस अन्तर्गत शारीरिक गतिविधि र मोटोपना पनि सामेल छ ।

मुटुको रोग र स्ट्रोकको २५ प्रतिशत भन्दा बढी खतरा
समीक्षा अध्ययनमा नराम्रो सामाजिक सम्बन्ध मुटु रोग र स्ट्रोकको खतरा २५ प्रतिशत भन्दा बढी बढाउन सक्ने पाइएको छ । अनुसन्धानमा नराम्रो सामाजिक सम्बन्ध, चिन्ता र जागिरको तनाव जस्तो अन्य मनोसामाजिक खतरा बिच सम्बन्ध पाइयो ।

अनुसन्धानले मुटु रोगको खतरा कम गर्न एक्लोपना र सामाजिक दूरी लाई कम गर्ने सुझाव दिएको छ । बढ्दो उमेर सँगै सामाजिक दुरीको खतरा बढ्छ ।  अमेरिकन हर्ट एसोसिएसनको अनुसार ‘सामाजिक दूरी र एक्लोपन’, ले हर्ट एटैक वा स्ट्रोकले हुने मृत्युको खतरा ३० प्रतिशत सम्म बढाउँछ ।

विधवा र सेवा निवृत्त जस्तो लाइफ फ्याक्टरको कारण उमेर सँगै सामाजिक दुरीको खतरा बढ्छ । ६५ वर्ष र त्यो भन्दा बढी उमेरको करिव एक चौथाइ व्यक्ति सामाजिक रूपले अलगाव र एक्लोपना अनुभव गर्छन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!