कोविडको असर बेडरुममा पनि, शुक्रकिटको संख्या घट्यो

अनुसन्धान अनुसार कोरोना भाइरसको अल्पकालीन र दीर्घकालीन प्रभाव इरेक्टाइल फंग्सन (लिङ्ग उत्थान हुने प्रकृया) जस्तो मामिलामा समेत परेको छ


कोभिड मा हालै गरिएको एक अनुसन्धानमा, यो पत्ता लाग्यो कि कोरोना भाइरसको अल्पकालीन र दीर्घकालीन प्रभाव लिंग र समग्र यौन स्वास्थ्यमा समेत परेको छ ।

कोविडको स्वास्थ्यमा  पर्ने  प्रभावलाई नकार्न सकिदैन । कोविड निको भइ सके पनि  मानिसको स्वास्थ्यमा पार्ने प्रभाव अर्थात ‘पोष्ट कोभिड’ बारे विश्वभरका विज्ञहरूले विस्तृत रूपमा कुरा गरेका छन् । उल्लेखनीय कुरा के छ भने, अहिले सम्म सबै मामिलाहरूमा, कोभिडले शरीरका विभिन्न अङ्गहरूलाई फरकफरक प्रकारले असर गरेको देखिएको छ ।

पछिल्लो दुई वर्षयता यो महामारी बारे  गरिएको विभिन्न चर्चाले कोभिडको असर यौन स्वास्थ्यमा समेत परेको कुरा बाहिर आएको छ । कोभिड बारे हालै गरिएको एक अनुसन्धानमा कोरोना भाइरसको अल्पकालीन र दीर्घकालीन प्रभाव इरेक्टाइल फंग्सन (लिङ्ग उत्थान हुने प्रकृया) जस्तो मामिलामा परेको छ । किनभने कोभिड भाइरस लिङ्गमा पनि पाइएको छ ।

यौन स्वास्थ्य र कोविड मा गरिएको अनुसन्धानले के भन्छ?
यो तुलनात्मक अध्ययन करिब दुइ लाख ३० हजार वयस्क कोभिड– प्रभावित पुरुष र समान सङ्ख्यामा कोभिड– मुक्त पुरुषहरू बीच गरिएको थियो । यस अध्ययनमा पाइयो की जैविक कारणका अलावा थुप्रै सामाजिक कारण पनि थिए जसले कोभिडको समय  र त्यस पछि यौन को प्रकृयामा अवरोध गरी रहेको थियो ।

शुक्रकीटको सङ्ख्यामा पनि कमी देखियो
फरबरी २०२२ मा फर्टिलिटी एण्ड स्टेरिलिटी जर्नलमा प्रकाशित यस अध्ययन प्रतिवेदनका अनुसार कोभिडले शुक्रकीटको संख्या र यसको आयुलाई पनि असर गरेको छ । हल्का कोभिड सङ्क्रमणले फनि शुक्रकीटमा असर गरिरहेको थियो, यसले गर्दा शुक्रकीट चाडै समाप्त हुँदै गइरहेको थियो ।

यो प्रतिवेदनले के भन्छ भने हालै कोभिड वाट मुक्त भएका पुरुषहरूमा शुक्रकीटको सङ्ख्यामा सबैभन्दा बढी कमी देखियो । उनीहरूको तुलनामा पहिले कोविड मुक्त भएका व्यक्तिहरूको शुक्राणु को   संख्या राम्रो थियो र यो क्रमशः राम्रो हुँदै गएको थियो ।

२ हजार ४ सय ५४ महिला र ३ हजार ७ सय ६५ पुरुषमा गरिएको अध्ययनले क्वारेन्टाइनको समयमा खेलकुदको अभाव, बन्दाबन्दी, लकडाउनले उत्पन्न आर्थिक समस्याका साथै बिग्रिएको मानसिक अवस्थाले पनि कोभिडको समयमा यौन तथा समग्र यौन स्वास्थ्यमा असर पुगेको देखिएकोछ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!