अधिकांश जेष्ठ नागरिक को परिवारबाटै दुर्व्यवहार


काठमाडौँ – नेपालमा समेत ‘ज्येष्ठ नागरिक उत्थानशिलता : बदलिदो विश्वको लागि अपरिहार्यता ‘, भन्ने नाराका साथ शनिबार विभिन्न कार्यक्रम गर्दै ३२ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,  स्वास्थ्य सेवा विभाग नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखा का निर्देशक प्रा. गोमा देवी निरौलाले जेष्ठ नागरिकको  गुणस्तरीय जीवन यापन को लागि सहयोग पुर्याउन सबैमा आग्रह गरिन् । 

नेपालमा २ लाख जनसंख्या ६० वर्ष माथिको रहेको जनाउँदै निरौलाले सन् १९५० सम्ममा यो संख्या बढेर ४० लाख पुग्ने बताइन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सन २०१७ को तथ्याङ्क अनुसार नेपालमा गत ८ वर्षमा ३० हजार भन्दा बढी जेष्ठ नागरिकले  दुर्व्यवहारको अनुभूति गरेका छन् ।

निरौलाले ‘अधिकांश को परिवारबाट नै दुर्व्यवहार भएको तथ्यांकमा उल्लेख रहेको बताइन ।

वीर अस्पतालका जेरियाट्रिसियन डा. उमेश बोगटीले ५ वर्ष मुनिका वाल वालिकाभन्दा पनि ६० वर्ष माथिका जेष्ठ नागरिकको संख्या बढी रहेको बताए । ८० प्रतिशत जेष्ठ नागरिक अल्पविकसित मुलुकमा रहेका र हरेक दुई जना मध्ये १ जेष्ठ नागरिक अहेलित रहेका डा. बोगटी ले बताए ।

संविधानले ज्येष्ठ नागरिक लाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक प्रत्याभूत गरेको छ ।

यस्तै पन्ध्रौं योजनामा जेष्ठ नागरिकको संरक्षण र सम्मानित जीवनको प्रत्याभूति गरिने उल्लेख छ ।

राष्ट्रिय स्वास्थ्य नीति २०७६ अनुसार सरकारी तथा निजी क्षेत्रको संलग्नता मा जेष्ठ नागरिकको सक्रिय र स्वस्थ जीवनका लागि जेष्ठ नागरिक स्याहार केन्द्रहरूको स्थापनाका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरिने उल्लेख छ।

यो वर्षको नीति तथा कार्यक्रममा समेत ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिएर हाल सम्म ६१ वटा सरकारी तथा सामुदायीक अस्पतालहरुमा जेष्ठ नागरिक कार्यक्रम सञ्चालन गरिएको छ ।

तस्वीर – नेपाल हेल्थ प्रेस

 


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!