नोबेल मेडिकल कलेजको पाँचौं तलाबाट खसेका इन्टर्न डाक्टरको मृत्यु


विराटनगर – नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारका क्रममा मृत्यु भएको छ। टाउकोमा गम्भीर चोट लागे पछि उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।

प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३० बजे कलेजको मुख्य गेट तर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादव घाइते भएका थिए। सप्तरीको राजविराज नगरपालिका–९, जगदरी घर भएका यादव पाँचौं तलाबाट भुइँमा खसेका थिए।

नोबेल शिक्षण अस्पतालका अनुसार उपचारका क्रममा आइतबार बिहानै यादवको मृत्यु भएको हो। उनी नोबेल मेडिकल कलेजका एमबीबीएस इन्टर्न डाक्टर थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!