नेपाल चिकित्सक संघको निर्वाचन

डा.बद्री रिजाल को नेतृत्वमा प्रजातान्त्रिक समूहबाट चिकित्सक संघ निर्वाचनमा उम्मेदवारी दर्ता


काठमाडौं –  प्रजातान्त्रिक समूहको तर्फबाट डा. बद्री रिजालको नेतृत्वमा नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिका लागि बुधबार उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गराएका छन्।

समूहले अध्यक्ष पदमा डा. बद्री रिजाललाई उम्मेदवार बनाएको छ। वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी तथा महासचिवमा डा. विश्वराज दुवाडी उम्मेदवार रहेका छन्।

प्रदेशगत उपाध्यक्ष तर्फ कोशी प्रदेशबाट डा. रोशन खड्का, मधेस प्रदेशबाट डा. अमित रञ्जन मिश्र, बागमती प्रदेशबाट डा. सुभाष भट्टराई, गण्डकी प्रदेशबाट डा. नवराज लाम्दारी, लुम्बिनी प्रदेशबाट डा. नन्दा गुरुङ र सुदूरपश्चिम प्रदेशबाट डा. प्रमोद जोशी उम्मेदवार बनेका छन्।

केन्द्रीय सदस्य पदका लागि डा. परशुराम घिमिरे, डा. राकेश साह, डा. सुमेध मिश्र, डा. बिना श्रेष्ठ, डा. सुष्मित काफ्ले र डा. हिमलाल भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्।

नेपाल चिकित्सक संघका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली पुस ८ गते बेलुका ४ बजे प्रकाशन गरिनेछ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!