अमेरिकामा सम्पन्न विश्व भेटेरिनरी महासभामा नेपालको प्रतिनिधित्व

वाशिङ्टन – संयुक्त राज्य अमेरिकामा आयोजित विश्व भेटेरिनरी एसोसिएसन (डब्लुभिए) को २०२५ को महासभामा नेपाल भेटेरिनरी एसोसिएसनका पूर्व अध्यक्ष तथा सार्क भेटेरिनरी एसोसिएसनका महासचिव डा. शीतलकाजी श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गरे।
महासभामा डा. श्रेष्ठले नेपालमा पशु चिकित्सकहरू ले पुर्याएको योगदान, यस क्षेत्रको हालको प्रगति र चुनौतीहरू बारे चर्चा गरे । उनले विश्व भरका राष्ट्रहरू सँग सहकार्य गर्दै नेपालमा पशु चिकित्सा सेवाको स्तर अभिवृद्धि गर्न सकिने उल्लेख गरे। साथै नेपालले भविष्यमा विश्व भेटेरिनरी एसोसिएसनका कार्यक्रमहरूको आयोजना गर्न सधैं तयार रहेको पनि बताए।
सम्बोधनका क्रममा डा. श्रेष्ठले सार्क भेटेरिनरी एसोसिएसनले चाँडै विश्व भेटेरिनरी एसोसिएसन को आधिकारिक सदस्यता लिने प्रतिबद्धता पनि व्यक्त गरे।
महासभामा ९० राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नेपाल सहित चार राष्ट्रबाट सम्बोधन गरिनुका साथै डा. श्रेष्ठले श्रीलङ्का, ताइवान, जापान, कोरिया र फिलिपिन्स भेटेरिनरी एसोसिएसनका अध्यक्षहरू सँग शिष्टाचार भेटघाट समेत गरेका थिए।
विश्व भेटेरिनरी महासंघको अर्को महासभा सन् २०२५ मा जापानको टोकियोमा हुने तय भएको छ। नेपाल सन् १९९८ देखि विश्व भेटेरिनरी एसोसिएसन को सदस्य राष्ट्र हो।
प्रतिक्रिया दिनुहोस