शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक प्रमाणीकरण


काठमाडौं – स्वास्थ्य शिक्षा क्षेत्रलाई व्यवस्थित गर्दै जनशक्ति उत्पादनमा टेवा पुर्‍याउने उद्देश्यले तयार गरिएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार उक्त विधेयक प्रमाणीकरण गरेका हुन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले यसबारे जानकारी दिइन्।

संघीय संसद्का दुवै सदनबाट पारित भएर राष्ट्रपति समक्ष पुगेको विधेयक प्रमाणीकरण सँगै अब विश्वविद्यालय स्थापना प्रक्रिया अगाडि बढ्नेछ। सरकारले स्वास्थ्यका जनशक्ति स्वदेशमै उत्पादन गर्ने र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने लक्ष्य सहित विधेयक ल्याएको हो।

विधेयकमा नेपाल सरकारले चिकित्सा शिक्षा अध्यापन गराउन चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना र सञ्चालन गर्न सक्ने प्रावधान उल्लेख गरिएको छ।

सरकारले हाल कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजको संरचना प्रयोग गरी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने तयारी गरिरहेको छ। यो विश्वविद्यालयले देशको स्वास्थ्य शिक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!