पहिलो पटक प्रोस्टेट क्यान्सरको लागि तुलसा-प्रो प्रविधि: किम्स अस्पतालमा सुरु

काठमाडौँ – भारतको तेलंगाना राज्य स्थित किम्स अस्पताल (कृष्णा इन्स्टिच्युट अफ मेडीकल साइन्स लिमिटेड) हैदराबादले भारत मै पहिलो पटक अत्याधुनिक ‘तुलसा-प्रो प्रविधि’ को सुरुवात गरेको छ ।
किम्स अस्पतालद्वारा राजधानीमा आयोजित सीएमइ कार्यक्रम पछि पत्रकारहरू सँग कुरा गर्दै अस्पतालका परामर्शदाता युरोलोजिस्ट, युरो-अन्को. एन्ड्रोलोजिस्ट, रेनल ट्रान्सप्लान्ट र रोवोटिक सर्जन डा. वाईएम प्रशान्त ले भने -‘तुलसा-प्रो प्रविधि’ प्रोस्टेट क्यान्सर र बिना सर्जरी प्रोस्टेट समस्याहरू, बेनाइन प्रोस्टेटिक हाइपरप्लासिया (विपीएच) को उपचारमा क्रान्तिकारी मानिएको प्रविधि हो।’
यो प्रविधि ट्रान्सयूरेथ्रल अल्ट्रासाउन्ड एब्लेसन (तुलसा) एक न्यूनतम हस्तक्षेपात्मक प्रविधि हो जसले निर्दिष्ट अल्ट्रासाउन्ड प्रयोग गरी प्रोस्टेट तन्तुलाई अत्यधिक तापमानमा तताएर नष्ट गर्छ।
तुलसा प्रो उपकरण प्रयोग गरेर प्रोस्टेट टिशूलाई एमआरआइ मार्गदर्शनमा ‘भित्रबाट बाहिर’ को रूपमा एब्लेसन गरिन्छ।
यो प्रक्रियाले वास्तविक समयमा एमआरआई र रोबोटिक रूपमा नियन्त्रित, लक्षित थर्मल अल्ट्रासाउन्डको संयोजन गरेर सम्पूर्ण ग्रन्थी वा आंशिक प्रोस्टेट तन्तुको चिकित्सकले निर्धारण गरे अनुसार सटीक रूपमा एब्लेसन गर्न सक्ने सुविधा दिन्छ।
उपचारका क्रममा शरीरमा कुनै चिरफार हुँदैन, न त रेडिएसन (विकिरण) प्रयोग हुन्छ। यसले उपचारलाई सुरक्षित, सटीक, र छिटो पुनःसञ्चालन योग्य बनाउँछ।
किम्स अस्पतालका अन्तर्राष्ट्रिय बजारीकरण र व्यापार विकास प्रबन्धक चन्दन भौमिक को अनुसार यो प्रविधि सुरु गर्ने उनीहरू भारतकै पहिलो र एक मात्र अस्पताल हुन्।
डा.प्रशान्त का अनुसार तुलसा-प्रो प्रणालीले प्रोस्टेट क्यान्सर र बिपिएच जस्ता समस्या भएका पुरुषहरूका लागि गैर-सर्जिकल, कम असर पर्ने र दीर्घकालीन समाधान उपलब्ध गराउँछ। यसले यौन क्षमता तथा पिसाब नियन्त्रणलाई पनि सुरक्षित राख्न मद्दत गर्छ।
यो प्रविधिको विशेषता बारे औल्याउँदै उनले भने, यसमा चिरफारविहीन उपचार, कुनै घाउ वा टाँका आवश्यक पर्दैन । यो प्रविधि रेडिएसन रहित प्रक्रिया हो जसले दीर्घकालीन असर कम गर्छ । यसमा एमआरआईको सहायताले वास्तविक समयमा सटीक उपचार हुन्छ भने उपचार पछि छिट्टै निको हुने र सामान्य जीवन शैलीमा फर्कन सकिन्छ ।
यति मात्र नभए यो प्रविधिमा यौन तथा पिसाब नियन्त्रण प्रणालीमा कम असर पर्ने समेत डा.प्रशान्त बताउछन ।
उनी अगाडि थप्छन्, यो प्रविधि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) द्वारा प्रमाणित गरिएको पहिलो यस्तो प्रणाली हो जसले प्रोस्टेट ग्रन्थीको भित्री भाग सुरक्षित रूपमा नष्ट गर्न सक्षम छ।
आखिरीको प्रणाली कसका लागि उपयोगी रहेको बारे औल्याउँदै डा. प्रशान्त भन्छन् -तुलसा प्रो प्रणाली स्थानीय स्तरमा सीमित प्रोस्टेट क्यान्सर भएका बिरामीहरूका लागि विशेष उपयोगी मानिएको छ। साथै, परम्परागत शल्यक्रिया वा विकिरणको सट्टामा कम असर पर्ने वैकल्पिक उपचार खोजिरहेका बिरामीहरूका लागि उपयुक्त विकल्प हो।
उपचार प्रक्रिया सामान्यतया २ देखि ४ घण्टा समय लिन्छ र एनेस्थेसियाको प्रयोगमा गरिन्छ। उपचार पछि बिरामीहरूले सामान्य जीवनशैली केही दिनमै पुनः सुरु गर्न सक्छन् गम्भीर जटिलता अत्यन्तै न्यून रहेको उनी बताउँछन।
डा. प्रशान्त भन्छन – ‘उपलब्ध तथ्यांक अनुसार तुलसा प्रो माध्यमको उपचार पछि ७५ प्रतिशत पुरुषहरूमा यौन क्षमता पुनः प्राप्त भएको पाइयो। ९३ प्रतिशत बिरामीले पिसाब नियन्त्रणमा कुनै समस्या देखाएनन्। १०० प्रतिशत बिरामीमा मलद्वार सम्बन्धी कुनै गम्भीर असर देखिएन।’
डा.प्रशान्तका अनुसार, यो प्रविधि निकट भविष्यमा प्रोस्टेट समस्याको प्रमुख उपचार विधिको रूपमा स्थापित हुने सम्भावना छ।
प्रतिक्रिया दिनुहोस