नेपाल डेन्टल एसोसिएसनको अध्यक्षमा डा. अजय शाह निर्वाचित, ९ सदस्य कार्यसमिति


काठमाडौँ – नेपाल डेन्टल एसोसिएसनको शनिबार सम्पन्न १६ औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनबाट अध्यक्ष पदमा डा अजय शाह निर्वाचित भएका छन् । डा. शाहले ७८२ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी डा. अच्युत भट्ट ले ६८० मत पाएका थिए।

यस्तै उपाध्यक्ष पदमा डा. दिलिप प्रजापति ७९२ मत ल्याएर आफ्नो निकटतम प्रतिस्पर्धी ६५८ मत ल्याएका डा.विधान श्रेष्ठलाई पराजित गरेका थिए।

महासचिव पदमा डा प्रदीप भण्डारीले ७७६ मत ल्याएर ६८३ मत ल्याएका डा.सीमान्त लामिछाने लाई पराजित गरेका थिए।

कोषाध्यक्षमा ८४२ मत सहित डा. लोकेश बर्मा ले ५९८ मत ल्याएका प्रतिद्वन्दी यस्तिका श्रेष्ठ लाई पराजित गरेका थिए।

सहसचिवमा डा दीपक शर्मा निर्वाचित भएका छन् । सदस्यहरुमा डा. भुमेश काफ्ले (९८८ मत), डा. सिरिशचन्द्र रेग्मी (९३०), डा. ईशु घिमिरे (७२१) र डा. सञ्जय रञ्जीत (६७२)  भएका छन् । ९ सदस्य नयाँ कार्यकारिणी समितिको कार्यकाल दुई वर्षको हुनेछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!