बालकोटमा कोठाभित्र नर्स रोशनी शाही मृत फेला


काठमाडौं- भक्तपुरको सूर्यविनायक नगरपालिका –३ बालकोट स्थित एक घर भित्र ५० वर्षीया नर्स  रोशनी शाही मृत अवस्थामा फेला परेकी छन्।

शाही बालकोटको बृहस्पति मार्गमा अवस्थित लक्ष्मीश्वर महतोको तीन तले घरमा डेरा गरी बस्दै आएकी थिइन्। आइतबार दिउँसो १.५० बजे उनी आफ्नै कोठा भित्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका ले जनाएको छ ।

प्रहरीका अनुसार कोठा भित्रबाट चुकुल लगाइएको थियो र घटनास्थलमा सुसाइड नोट समेत भेटिएको छ। मृतकको शरीरमा कुनै बाहिरी चोट पटक नभएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

शाहीको स्थायी ठेगाना जाजरकोट हो। उनका छोराछोरी विदेशमा छन् भने श्रीमान् उपत्यका बाहिर कार्यरत रहेको जानकारी प्रहरीले दिएको छ।

रोशनी शाही पूर्व सभामुख कृष्णबहादुर महरासँग जोडिएको चर्चित बलात्कार प्रकरणकी पीडित पनि हुन्। सो प्रकरणमा महरा पछि अदालतबाट सफाइ पाएका थिए। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!