नेपालमा सर्पको टोकाइ : हरेक वर्ष हजारौँको ज्यान जोखिममा

काठमाडौं – नेपालमा प्रत्येक वर्ष सर्पको टोकाई बाट करिब ४० हजार मानिस प्रभावित हुने गरेका छन् भने ती मध्ये झण्डै ३ हजारको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ। मृत्यु हुने मध्ये धेरै जसो ग्रामीण क्षेत्रमा बसोबास गर्ने र पाँच देखि १४ वर्ष उमेर समूहका बालबालिका (करिब ५० प्रतिशत) हुने गरेका छन्।
सर्वदंश नेपालको पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मको मधेस क्षेत्रमा बसोबास गर्ने विपन्न वर्गमा व्याप्त र सरकारद्वारा पर्याप्त ध्यान नपुर्याइएको एउटा जनस्वास्थ्य समस्या हो।
नेपाल चिकित्सक संघले रोटरी नेपाल सर्पदंश रोकथाम अभियानसँगको सहकार्यमा बिहीबार आयोजना गरेको कुराकानी तथा सामुहिक छलफल कार्यक्रम मा विशेषज्ञहरूले उक्त कुरा बताएका हुन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका निमित्त उपकुलपति एवं सर्पदंशको उपचारमा विज्ञता हासिल गरेका प्रा. डा. सञ्जीव कुमार शर्मा ले नेपालमा मुख्य रूपमा कोब्रा (गोमन सर्प) र करेत नामक दुई प्रजातिका विषालु सर्पले टोक्ने गरेको औल्याउँदै १०० जना सर्पको टोकाइबाट पीडित मध्ये मात्र २० जना उपचारको लागि अस्पताल पुग्न सकेको बताउँछन्।
सबै भन्दा चिन्ताजनक तथ्य के छ भने सर्पको टोकेको झण्डै ८०% बिरामीले उपचारका लागि अस्पताल पुग्न नपाउँदै मृत्यु हुने गरेका छन्। तर समयमै अस्पताल पुगी उचित उपचार प्राप्त भएमा सर्पको टोकाइबाट ज्यान जोगाउन सकिन्छ।
करेतले प्रायः रातिको समयमा टोक्ने गर्दा धेरै पीडितहरू निद्रामै सर्पको सिकार हुने गरेका छन् भने कोब्रा प्रायः दिउँसो सक्रिय हुन्छ। डा.शर्माको अनुसार करेतले प्राय सुतिरहेको व्यक्तिलाई टोक्ने गरेकोले ती व्यक्ति लक्षण सुरु हुँदा निदाएको अवस्थामा हुने भएकोले थाहा नै पाउँदैनन् र श्वास प्रश्वास बन्द भएर मृत्यु हुन्छ। करेत र कोब्रा डसेको एक घण्टा भित्र उपचार सुरु हुनु आवश्यक मानिन्छ ।
नेपालमा सर्प को टोकाई धेरै भए पनि ती मध्ये करिब ९५ प्रतिशत विषालु टोकाई नहुने जनाइएको छ। यद्यपि विषालु सर्पले टोकेको अवस्थामा एण्टी-स्नेक भेनम (एनएसभी) को उपलब्धता महत्वपूर्ण हुन्छ। नेपालमा करेतका छ वटा प्रजाति पाइए पनि तीमध्ये एउटामात्रको लागि एनएसभी उपलब्ध छ।
क्षेत्रगत रूपमा हेर्दा पूर्वी नेपालमा गोमन सर्पको प्रकोप बढी देखिएको छ भने पश्चिमी नेपालमा करेत सर्पले बढी टोक्ने गरेको छ। कोब्राको लागि एन्टिभेनम उपलब्ध भएकाले मृत्यु दर कम भए पनि करेतको टोकाइमा अझै उच्च मृत्यु दर देखिएको छ।
हाल देश भरि १२० वटा प्रति विष केन्द्र सञ्चालनमा छन्। विषालु सर्पको टोकाइमा एक जनालाई अधिकतम औसतमा २० भाइल भन्दा बढी एन्टिभेनम आवश्यक नपर्ने चिकित्सकहरूले जनाएका छन्।
डा.शर्मा भन्छन -‘सर्पदंश पछि ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा पुग्न सकेमा धेरै जसोको ज्यान बचाउन सकिन्छ। यसको प्राथमिक उपचार नै छिटो भन्दा छिटो अस्पताल पुर्याउनु हो। जनचेतना र समयमै उपचार नै सर्पदंश जन्य मृत्युदर घटाउने प्रमुख उपाय हो।’
प्रतिक्रिया दिनुहोस