युरिक एसिड ७ एमजी/डीएल नाघेको छ, बिहानै चपाउनुस् यी ५ पात, जोर्नी दुखाइ कम हुने छ


सामान्यतया शरीरमा ३.५ देखी ७.२ एमजी/डीएल अर्थात मिलिग्राम प्रति डेसिलिटर युरिक एसिड हुनु पर्छ । तर धेरै कारणले रगतमा युरिक एसिडको मिटर ७ एमजी/डीएल भन्दा बढी हुन्छ ।

सामान्यतया, शरीरबाट अतिरिक्त युरिक एसिड पिसाबको माध्यमबाट बाहिर निस्कन्छ, तर जब युरिक एसिड शरीरमा आवश्यकता भन्दा बढी निर्माण हुन थाल्छ अनि यो युरिक एसिड क्रिस्टलको रूपमा हड्डीको जोर्नीहरू को बीचमा जम्मा हुन थाल्छ। जसका कारण जोर्नीहरूमा अत्याधिक दुखाई हुने गर्दछ । यसलाई गठिया वा अर्थराइटिस समेत भनिन्छ ।

अर्थराइटिस को दुखाइमा औषधिले केही समयको लागि आराम मिल्छ तर सधैँका लागि निको हुँदैन । आयुर्वेदका विशेषज्ञहरूको अनुसार आयुर्वेदिक जडीबुटीहरूले गठिया दुखाइबाट राहत पाउनको लागि अद्भुत काम गर्दछ। जोर्नी दुख्ने समस्या भएकाहरूले बिहान सबेरै केही पात चपाउँदा गठियाको दुखाइमा स्थायी उपचार हुने दाबी आयुर्वेदको विज्ञहरूको छ ।

१. धनियाँ पात – धनियाँ पात मा युरिक एसिड कम गर्ने शक्ति छ । धनियाँको सुगन्धले टाढा टाढाबाट मानिसलाई तान्छ । धनियाँ औषधीय गुणले भरिपूर्ण हुन्छ । धनियाँको पातमा क्याल्सियम, पोटासियम, थायामिन, फस्फोरस, भिटामिन सी, भिटामिन के जस्ता धेरै पोषक तत्त्वहरू पाइन्छ । धनियाँको पातले रगतमा क्रिएटिनिनको स्तर र युरिक एसिड घटाउँछ ।

२. तेज पात – तेज पात भान्साको लागि मात्र लाभदायक छैन । यो पात धेरै औषधीय गुणहरूले भरिपूर्ण छ । तेज पातले रगतमा युरिक एसिडको मात्रा नियन्त्रण गर्न सक्छ । यसमा एन्टी इन्फ्लेमेटरी तत्व हुन्छ जसले रगतबाट युरिक एसिड सफा गर्छ । तेज पात बनाएर चिया जस्तै पिउन सकिन्छ । यसले घुँडा दुखाइ कम गर्छ ।

३. पुदिनाको पात – पुदिनाको पात औषधीय गुणले भरिपूर्ण हुन्छ । यसमा पर्याप्त मात्रामा आइरन, पोटासियम, म्याग्नेसियम, भिटामिन ए र फोलेट पाइन्छ, जसले रगतबाट अतिरिक्त युरिक एसिडलाई सफा गर्छ । पुदिनाको पातमा एन्टी इन्फ्लेमेटरी पनि हुन्छ जसले रगतको फोहोर सफा गर्छ । पुदिनाको पातको सेवनले पिसाबबाट प्यूरिन बाहिर निकाल्न मद्दत गर्छ। पुदिनाले शरीरबाट विषाक्त पदार्थ पनि निकाल्छ ।

४.करी पात– करी पात धेरै चीजहरूमा प्रयोग गरिन्छ । तरकारीमा करी पातको प्रयोग बढी हुन्छ । करी पातमा धेरै प्रकारका एन्टि अक्सिडेन्टहरू हुन्छन् जसले युरिक एसिडलाई शरीर बाहिर निकाल्न मद्दत गर्छ । करी पातको सेवनले रगतमा जम्मा भएको फोहोर युरिक एसिडलाई पिसाबको माध्यमबाट बाहिर निकाल्न सकिन्छ । यसले गठियाको दुखाइ कम हुन्छ ।

५. पान को पात– पानको पातमा धेरै गुणहरू छन् । पानलाई शोकका लागि मात्र खाइँदैन, यसमा धेरै औषधीय गुण पनि छन् । पान को पात युरिक एसिड कम गर्छ । यदि बाथ को समस्याले हैरान पार्छ भने पान को पात सेवन गर्न सकिन्छ ।

अस्वीकरण: सल्लाह सहित को यो सामग्री सामान्य जानकारी मात्र प्रदान गर्दछ। यो कुनै पनि हिसाबले योग्य चिकित्सा रायको विकल्प होइन। थप विवरणहरूको लागि सधैं एक विशेषज्ञ वा डाक्टरसँग परामर्श गर्नुहोस्। नेपालहेल्थप्रेसडटकम ले यस जानकारीको लागि जिम्मेवारीको दावी गर्दैन। स्वास्थ्य समाचारको लागि nepalhealthpress.com हेर्दै गर्नुस्


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!