होली मा भाँग को नसा उतार्ने घरेलु उपाय


मधेशको होली मा परम्परागत काल देखी रँग, अबिर, विभिन्न प्रकारको खानपान सँगै भाँग समेत सेवन गरिने परिपाटी छ । भाँग अर्थात कैनेबिस बिरुवाको पातले तयार गरिने एउटा नसालु पदार्थ हो । यसको उपयोग मधेशमा प्राचीन काल देखी नै गरिदै आइएको छ । भाँगको सेवन पारम्परिक रुपमा महाशिवरात्रि र होली मा बढी गरिन्छ ।
भाँगको नसा धेरै तिव्र गतिले लाग्ने गरेको छ । मदिराको हैंग ओभर केही घन्टा मा समाप्त भए पनि भाँगको नसा केही दिन सम्म समेत रहन सक्छ । उसो होलीमा भाँग, मदिरा लगायत कुनै पनि नसा नगरेर उल्लासपूर्ण रूपले मनाउनु नै स्वास्थ्यकर मानिन्छ । किनभने भाँगको नसा बढी भए को स्थिति मा अस्पतालमा समेत भर्ना हुनु पर्ने अवस्था आउन सक्छ । यस्तो स्थितिमा भाँगको नसा लाई कम गर्न केही घरेलु उपायहरू अपनाउन सकिन्छ । उच्च रक्तचाप र हृदय रोगले पीडित व्यक्तिको लागि भाँगको नसा बढी खतरनाक हुन्छ ।

लक्षण
भाँगखाने व्यक्ति लाई आफ्नो नर्भस सिष्टममा नियन्त्रण रहदैन । यसै कारणले भाग खाए का व्यक्तिहरूले आफ्नो कुनै पनि गतिविधिहरूलाई नियन्त्रित गर्न सक्दैनन् । यसैले गर्दा धेरै हास्तु, रुनु , सुत्नु जस्तो लक्षण देखिन्छ । थुप्रै पटक बढी भाँग सेवनको अवस्थामा केही समयको लागि व्यक्तिले आफ्नो पहिचान समेत याद राख्ने अवस्थामा रहदैनन ।

ध्यान राखौ यदि कुनै व्यक्ति भाँग सेवन पछि आफ्नो आखा खोलेर सुती रहेको छ भने यसलाई गम्भीरता पूर्वक लिएर ती व्यक्तिलाई तुरुन्त अस्पताल लिएर जानु पर्छ । नत्र यस्ता व्यक्ति कोमा मा समेत जान सक्ने सम्भावना हुन्छ ।
घरेलु उपाय

  • भाँगको नसा उतार्ने प्रभावकारी उपाय घ्यू हो । नसा बढी भएको अवस्थामा घ्यूको सेवन गर्न सकिन्छ ।
  • मख्खनको सेवनले पनि भाँगको नसा कम हुन्छ ।
  • अमिलो वस्तु को सेवन समेत भाँगको नसा उतार्नको लागि प्राचीन काल देखी नै उपयोग हुँदै आएको छ ।
  • भाँगको नसा बढी हुँदा दही , कागती पानी खान सकिन्छ ।
  • भाँगको नसा भएकाहरूलाई पर्याप्त पानी सेवन गर्नु पर्छ ।
  • भाँगको नसा पछि गुलियो वस्तु सेवन नगर्ने सल्लाह दिइन्छ । यसले नसा लाई थप बढाउने मान्यता छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!