अनुसन्धान
उच्च रक्तचापको नयाँ उपचारः एम्सको नयाँ खोज
भारतमा गरिएको परीक्षणले उच्च रक्तचाप नियन्त्रण गर्न एकल चक्की भन्दा दुइ औषधि संयोजन पाँच गुणा बढी प्रभावकारी
नयाँ दिल्ली (ब्यूरो) –भारतमा उच्च रक्तचापको उपचार गर्न औषधिको सबै भन्दा प्रभावकारी संयोजनको बारेमा गरिएको अनुसन्धान निष्कर्षमा पुगेको छ । यो अध्ययन अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स), इम्पीरियल कलेज बेलायत र सेन्टर फर क्रोनिक डिजीज कन्ट्रोल (सिसीडीसी) द्वारा संयुक्त रूपमा गरिएको थियो ।
सिसीडीसी स्वास्थ्य सेवा क्षेत्रमा काम गर्ने एक गैर लाभकारी संस्था हो । सिसीडीसीले गत मङ्गलवार (१९ नोभेम्बर) ट्रिटमेन्ट अप्टिमाइजेसन फर प्रेसर विथ सिङ्गल पिल कम्बिनेसन इन इन्डिया (टपस्पिन) नामक अध्ययन पुरा भएको घोषणा गरेको हो । यो अमेरिकन हर्ट एसोसिएसन मा समेत प्रस्तुत गरिएको छ ।
एम्स, नयाँ दिल्लीको कार्डियोलोजी विभागका प्राध्यापक डा.अम्बुज रोय दोहोरो संयोजन को चक्की सुविधा जनक मात्र नभएर सुरक्षित रहेको बताउँछन् ।
‘धेरै बिरामीहरूलाई दुईवटा रक्तचापको औषधि चाहिन्छ, त्यसैले एक औषधिको अधिकतम मात्रा दिनु भन्दा संयोजन औषधि आधा मात्रा दिनु राम्रो हुन्छ’, डा.राय भन्छन् ।
‘अध्ययनमा सहभागी ७० प्रतिशतमा दिनको एक चक्की लिँदा हुने रक्तचाप नियन्त्रण भारतमा हालको नियन्त्रण दर भन्दा पाँच गुणा बढी थियो । यसले उच्च रक्तचाप, जो भारतमा एक प्रमुख सार्वजनिक स्वास्थ्य समस्या हो, व्यवस्थापन गर्न मद्दत गर्न सक्छ’ डा.राय थप्छन् ।
अध्ययनले देखाएको छ कि औषधी को तीनटै संयोजन रक्तचाप नियन्त्रण गर्न समान रूपमा प्रभावकारी र सुरक्षित थियो । अध्ययनले तीन वटा दुई औषधि संयोजनहरू – एम्लोडिपिन/पेरिंडोप्रिल, एम्लोडिपिन/इन्डांपामाइड, पेरिंडोप्रिल/इन्डांपामाइड को मूल्याङ्कन गर्यो र पत्ता लगायो कि सबै तीन संयोजनहरू रक्तचाप नियन्त्रण गर्न समान रूपमा प्रभावकारी थिए ।
टपस्पिनः एक अद्वितीय निदान परीक्षण
यो क्लिनिकल परीक्षणलाई ट्रिटमेन्ट अप्टिमाइजेसन फर प्रेसर विथ सिङ्गल पिल कम्बिनेसन इन इन्डिया (टपस्पिन) अर्थात् भारतमा एकल चक्की संयोजनको साथ रक्तचापको लागि उपचार अनुकूलन नाम दिइएको थियो ।
यो अध्ययन अन्तर्राष्ट्रिय दिशा निर्देशहरूमा एउटा ठूलो कमी लाई हटाउने उद्देश्य ले गरिएको थियो । किनकी भारतीय बिरामीहरूको लागि उत्तम औषधि संयोजनमा अहिले सम्म कुनै ठोस प्रमाण थिएन ।
उच्च रक्तचापको नयाँ उपचारः चयन गरिएको औषधि संयोजन
अध्ययनमा तीन सामान्य र प्रभावकारी औषधि संयोजन को परीक्षण गरियो
- एम्लोडिपिन/पेरिंडोप्रिल
- पेरिंडोप्रिल/इन्डांपामाइड
- एम्लोडिपिन/ इन्डांपामाइड
यी औषधिहरू छनौट गर्नु को कारण के हो भने यो औषधि ले रक्तचाप कम गर्न र मुटु सम्बन्धी जटिलताहरूको जोखिम कम गर्न प्रभावकारी मानिन्छन् ।
एकल औषधि संयोजनः किन लाभदायक ?
- छिटो र प्रभावकारी रक्तचाप नियन्त्रण ।
- कम साइड इफेक्ट ।
- सजिलो खुराक, जसले गर्दा बिरामीहरू ले औषधि लिन बिर्सिँदैन ।
अध्ययन विधि
अध्ययनमा भारतीय बिरामीहरू समावेश थिए जो कि त कुनै औषधि लिइ रहेका थिएनन वा एक मात्र औषधि लिने गरेका थिए । बिरामीहरूलाई कम डोज को औषधि दिइयो र दुई महिना पछि तिनिहरूको खुराक बढाइयो ।
सबै बिरामीहरूलाई छ महिनामा पूर्ण खुराक दिइयो, जसले निष्कर्षहरू सही र व्यापक बनोस ।
चुनौती र सीमितता
- बिरामी भर्तीमा समस्याः धेरै जसो हल्का उच्च रक्तचापका बिरामीहरू ले साना क्लिनिकहरूमा उपचार गराउँछन्, जसले गर्दा ठूलो संख्यामा सहभागीहरूलाई समावेश गर्न गाह्रो रहयो।
- अन्य औषधिको परीक्षण नगर्नेः अनुसन्धान केवल तीन संयोजनहरूमा ध्यान केन्द्रित गरियो, जबकी बीटा–ब्लकरहरू जस्ता औषधिहरू समावेश गर्न सकिएन ।
- दीर्घकालीन परिणामहरूको कमीः फंडिङ्ग को सीमा ले गर्दा अध्ययनको फोकस मात्र रक्तचाप कम गर्न मा सीमित रहयो ।
भारत र दक्षिण एसियाली समुदायका लागि महत्वपुर्ण पाइला
यो अध्ययन भारतीय बिरामीहरूको विशिष्ट स्वास्थ्य आवश्यकताहरूलाई ध्यानमा राखेर गरिएको पहिलो अनुसन्धान हो । ३० देखि ७९ वर्ष सम्मका सहभागीहरू र महिला बिरामीहरूको राम्रो सहभागिताले यी निष्कर्षहरूलाई व्यापक र प्रभावकारी मान्न सकिन्छ ।
भविष्यका अपेक्षाहरू
अनुसन्धान पूरा भएपछि, यो अध्ययनले भारतमा उच्च रक्तचापको उपचारमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ र लाखौँ जीवन लाइ राम्रो बनाउन सक्छ । साथै, यो दक्षिण एसियाली समुदायका लागि पनि मार्गदर्शक साबित हुनेछ ।
प्रतिक्रिया दिनुहोस