भारत सरकारले जारी गर्यो चेतावनी, दुखाइ नाशक मेफ्टाल को उपयोगले मुटु र मिर्गौला बिग्रन्छ


नयाँ दिल्ली – इन्डियन फर्माकोपिया कमिसन ले सामान्य दुखाइ नाशक औषधिको बारेमा एक सुरक्षा चेतावनी जारी गरेको छ । जसमा भनिएको छ कि गैर–स्टेरोइडल एन्टी–इन्फ्लेमेटरी औषधि ‘मेफ्टाल’ को घटक मेफेनैमिक एसिड ड्रेस सिन्ड्रोम जस्ता गम्भीर एलर्जी प्रतिक्रियाहरू ट्रिगर गर्दछ । जसले तपाई को शरीरको आन्तरिक अङ्गहरूलाई प्रभावित गर्छ ।

त्यसैले अव यदि दुखाई बाट छुटकारा पाउनको लागि केही पेनकिलर स्वतः सेवन गर्नु हुन्छ भने अर्को पटक दुखाइबाट राहत पाउन मेफ्टल जस्ता गैर–स्टेरोइडल एन्टी–इन्फ्लेमेटरी औषधि खानु अघि निश्चित रूपमा डाक्टरसँग परामर्श लिनुहोस् ।

भारतीय फार्माकोपिया आयोग को चेतावनीमा थप भनिएको छ कि स्वास्थ्य सेवा विशेषज्ञहरू, बिरामी र उपभोक्ताहरूलाई उपरोक्त शंकास्पद औषधिको प्रयोग सँग सम्बन्धित माथि उल्लिखित प्रतिकूल औषधि प्रतिक्रियाहरू (एडभर्स ड्रग रियाक्सन) को सम्भावना माथि नजिकबाट निगरानी राख्ने सल्लाह दिइन्छ।

भारत मात्र हैन नेपाल मा समेत व्यापक प्रयोग

यो प्रेस्क्रिप्सन औषधि भए पनि, मेफेनामिक एसिड को भारत मात्र नभइ नेपाल मा समेत विभिन्न उद्देश्यका लागि व्यापक रूपमा प्रयोग गरिन्छ । जसमा महिनावारीको दुखाइ, टाउको दुखाइ, मांसपेशी र जोर्नी दुखाइ कम गर्न को लागि मात्र नभइ बच्चाहरूमा उच्च ज्वरोको लागि पनि प्रयोग गरिन्छ ।

भारतमा मेफ्टल, मेफकिन्ड, मेफेनोर्म र आइवुक्लिन पी को रुपमा बिक्री वितरण गरिने मेफेनामिक एसिड औषधि हरू जस्तै आइव्युप्रोफिन, एस्पिरिन सँग समानता राख्छ ।

ड्र्रेस सिन्ड्रोम को साइड इफेक्ट के हो?
ड्र्रेस सिन्ड्रोम (ड्रग रैश विद् इओसिनोफिलिया एण्ड सिस्टमिक सिप्पटम्पस) एक गम्भीर एलर्जी प्रतिक्रिया हो । जसले लगभग १० प्रतिशत व्यक्तिहरूलाई प्रभावित गर्छ । यो सम्भावित रूपले घातक छ र केही औषधिहरू को कारण ले हुन्छ ।

यो ज्वरो, छालामा रातो डामर, लिम्फैडेनोप्याथी, रगत सम्बन्धित असामान्यता र आन्तरिक अङ्गमा संलग्नता हुने विशेषता हो । र औषधि लिएको दुई देखि आठ हप्ता पछि देखा पर्दछ । यो गम्भीर प्रतिक्रिया लाई रोक्न औषधिको प्रयोगमा सतर्कता महत्वपूर्ण छ ।

ग्यास्ट्रोइन्टेस्टाइनल समस्याबाट सावधान

अर्को चिन्ता पेट सँग सम्बन्धित समस्या (ग्यास्ट्रोइन्टेस्टाइनल) सँग सम्बन्धित छ । मेफ्टल जस्ता औषधिहरूको लामो समय सम्म प्रयोगले पेटमा अल्सर (घाउ) , रक्तस्राव र यो सँग सम्बन्धित जटिलताहरूको जोखिम बढाउन सक्छ ।
ग्यास्ट्रोइन्टेस्टाइनल समस्याको इतिहास भएका वा अन्य ‘एनएसएआइडीएस’ या एन्टी कोआगुलेन्टस को उपयोग गर्नेहरूले सावधानी अपनाउनुपर्छ । यस बाहेक मेफ्टलको प्रयोगले मुटु र मृगौलालाई पनि हानी पुर्याउन सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!