चिनी मात्र नभई धेरै नुनले पनि मधुमेहको जोखिम बढाउन सक्छ :अध्ययनको दाबी


धेरै चिनीको सेवनले मात्रै मधुमेह हुन्छ भन्ने आम मान्यता रहेको भए पनि मायो क्लिनिक प्रोसिडिग्स जर्नल मा प्रकाशित एक अध्ययन अनुसार चिनी मात्र नभई नुन पनि यसको कारण हुन सक्छ ।

नुन हाम्रो खानाको एक महत्त्वपूर्ण भाग हो। यो बिना, सबैभन्दा स्वादिष्ट व्यञ्जन पनि स्वाद हीन देखिन्छ। सोडियम हाम्रो स्वास्थ्यको लागि धेरै महत्वपूर्ण छ, तर यसलाई धेरै मात्रामा खादा पनि स्वास्थ्यमा धेरै हानी हुन्छ।

धेरै नुनले हुने हानिको बारेमा तपाई ले प्रायः सुन्नु भएको होला तर के तपाई लाई थाहा छ कि बढी नुनले मधुमेह पनि निम्त्याउन सक्छ। हालै गरिएको एक अध्ययनले यो कुरा खुलासा गरेको हो ।

अध्ययनहरूका अनुसार, खाने टेबुलमा राखिएको नुनको बारम्बार प्रयोगले तपाई को खाना स्वादिष्ट बनाउन सक्छ, तर यसले तपाई को स्वास्थ्य सँग खेलाची गर्छ , जसमा टाइप २ मधुमेहको जोखिम समेत सामिल छ ।

अध्ययनले के भन्छ ?

ट्युलेन विश्वविद्यालयको एक नयाँ अध्ययनले खानामा धेरै नुनको बारम्बार प्रयोग टाइप २ मधुमेह सँग जोडिएको पत्ता लगाएको छ । अध्ययनले बेलायतका ४ लाखभन्दा बढी वयस्कहरूलाई उनीहरूको नुन सेवन गर्ने बानी को आधारमा सर्वेक्षण गरेको थियो । अध्ययनमा समावेश गरिएका व्यक्तिहरूलाई पाच श्रेणीमा विभाजन गरिएको थियो, जसमा उनीहरूले ‘कहिल्यै होइन’,‘सायदै कहिल्यै’, ‘कहिले काही’, ‘सामान्यतया’, वा ‘सधैँ’ खानामा अतिरिक्त थपिने नुन प्रयोग गर्छन् । यो अध्ययन मायो क्लिनिक प्रोसिडिग्स जर्नलमा प्रकाशित भएको छ।

नुनले मधुमेह कसरी निम्त्याउँछ? 

यद्यपि, यो अध्ययनमा अझै स्पष्ट रूपमा थाहा छैन कि खानामा नुन थप्दा कसरी टाइप २ मधुमेह हुन सक्छ। अन्वेषकहरूका अनुसार नुन थप्दा मानिसहरूलाई बढी खाना खान प्रोत्साहन मिल्छ । यसले मोटो पना र सुन्नाइ को सम्भावना बढ्न सक्छ, जसले मधुमेहको जोखिम बढाउन सक्छ।

यसरी नुनको सेवन कम गर्नुहोस् 

नुनले हुने गम्भीर हानी थाहा पाएपछि अब यदि तपाइ आफ्नो आहारमा नुनको मात्रा कम गर्न चाहनुहुन्छ भने तपाइ नुन वा सोया सस जस्तो सोडियम प्याक सेजनिङ्ग को सट्टा जडीबुटी र कागतीको रस जस्ता विकल्पहरू प्रयोग गर्न सक्नुहुन्छ। यो सानो परिवर्तनले तपाई को स्वास्थ्यमा ठूलो सकारात्मक प्रभाव पार्न सक्छ।

नुनले गर्दा हुने अन्य हानिहरू 

  • धेरै नुन सेवन गर्दा कतिपय मानिसमा पानी जम्ने र फुल्ने समस्या हुन्छ ।
  • यदि तपाई ले धेरै नुन खानु हुन्छ भने, सोडियमको मात्रा बढ्दा मृगौलाको कार्यमा बाधा पुग्न सक्छ।
  • लामो समयसम्म धेरै नुन सेवन गर्दा शरीरको तन्तु र कोशिकाहरूमा तरल पदार्थ जम्मा हुन सक्छ, जसले हड्डीलाई हानि पुर्याउँछ र ओस्टियोपोरोसिस निम्त्याउँछ।
  • बढी नुनका कारण मृगौलाले शरीरबाट बाहिर यसलाई निकाल्न न सकेपछि मिर्गौला बिग्रन थाल्छ, जसले गर्दा रक्तचाप बढ्छ, जसले स्ट्रोक निम्त्याउन सक्छ ।
  • अत्याधिक नुन सेवनले टाउको दुखाइ पनि हुन सक्छ, जुन माइग्रेन हुन सक्छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!