मुख स्वास्थ्य ले मस्तिष्कको स्वास्थ्यलाई प्रभावित गर्न सक्छ ? गिजा रोग को अल्जाइमर सँग लिंक


वैज्ञानिकहरूले गिजा ( पेरियोडोन्टल ) रोग र ‘अमाइलाइड प्लाक’ को निर्माण बीच एउटा लिंकको खोज गरेका छन् जो अल्जाइमर रोग को पहिचान हो ।

जर्नल अफ न्युरोइन्फ्लेमेसन मा प्रकाशित एउटा अध्ययन अनुसार गिजाको रोग ले मस्तिष्कको सेल ( कोष ) मा परिवर्तन हुन सक्छ , जसलाई माइक्रोग्लियल कोष भनिन्छ । यो कोष अमेरिका मा फोर्सिथ इन्स्टिच्युट को अनुसन्धान कर्ताहरूले एउटा अध्ययन गरेर ओरल हाइजिन (मुख स्वक्षता) ले मस्तिष्कको स्वास्थ्य लाई प्रभावित गर्न सक्ने कुरा पत्ता लगाएका छन् ।

यदि कुनै व्यक्ति लाई गिजा मा कुनै रोग होस भने त्यो अल्जाइमर रोग को एक कारक हुन सक्छ । यो कोष मस्तिष्क लाई ‘अमाइलाइड प्लाक’, वाट जोगाउन जिम्मेवार हुन्छ । अमाइलाइड एक प्रकार को प्रोटिन हो जो कोष (सेल्स) को मृत्यु सँग जोडिएको हुन्छ ।

यो अनुसन्धान ले मुखमा भएको ब्याक्टेरिया मस्तिष्क सम्म कसरी आफ्नो बाटो बनाउँछ भन्ने बारे र अल्जाइमर रोगमा न्युरोइन्फ्लेमेसन को भूमिका बारे बताउँछ । यो एउटा ब्रेन डिसअर्डर हो, जो विस्तारै विस्तारै स्मरणशक्ति र सोच्ने क्षमता नष्ट गर्छ ।

अमेरिकामा फोर्सिथ इन्स्टिच्युट को वरिष्ठ अध्ययन लेखन अल्पडोगन काटार्सी को अनुसार पहिलेको एउटा अध्ययनले उनी जानेका थिए की गिजा को रोग सँग जोडिएको सुन्नाइ मस्तिष्कमा एउटा सुन्नाइ को प्रकृयालाई सक्रिय गर्छ ।

ओरल हाइजिन आवश्यक

काटार्सी को अनुसार यो अध्ययनमा प्रश्न छ की के मुखको ब्याक्टेरिया मस्तिष्कको कोष मा परिवर्तन को कारण बन्न सक्छे । अनुसन्धान कर्ताहरू जुन माक्रोग्लियल कोष को अध्ययन गरे त्यो एक प्रकार को सेतो रक्त कणिका हो, जो अमाइलाइड प्लाक लाई पचाउन को लागि जिम्मेवार छ ।

उनले पाए की मुखको ब्याक्टेरियाको सम्पर्कमा आउँदा माइक्रोग्लियल कोष बढी उत्तेजित भयो र धेरै बढी प्लाक खायो । जसले यो कोष मोटो भएका थिए र अव यो प्लाक फर्मेसन (निर्माण) लाई पचाउन सक्दैनथे ।

यो खोज प्रणाली गत स्वास्थ्य (सिस्टेमेटिक हेल्थ) मा गिजा को रोग को प्रभाव देखाउन महत्वपूर्ण छ । गिजा को रोगको कारण गिजा र दाँत को बिच घाउ विकसित हुन्छ । यो घाउ को क्षेत्रफल हत्केला को आकार को हो । यो एउटा खुल्ला घाउ हो जो मुख मा ब्याक्टेरिया लाई रगतका धाराहरू (ब्लड स्ट्र्रिम)मा प्रवेश गर्ने र शरीरको अन्य भाग मा फैलिने बाटो दिन्छ । यो ब्याक्टेरिया रगत/मस्तिष्क (ब्लड/ब्रेन) को सुरक्षात्मक पत्र (लेयर) लाई छेड्न सक्छ र माइक्रोग्लियल कोष लाई बढी सक्रिय गर्न सक्छ ।

यो अध्ययनले थाहा पाइएको छ की न्युरोइन्फ्लेमेसन र न्युरोडिजेनरेसन लाई रोक्न पीरियडोन्टल रोग सँग जोडिएको मुखको सुन्नाइ लाई नियन्त्रित गर्न आवश्यक छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!