साङ्लो (कक्रोच) ले गर्दा बढ्छ टाइफाइड को जोखिम


एउटा अनुसन्धान को दाबी अनुसार साङ्लो (कक्रोच) टाइफाइड उत्पन्न गर्ने साल्मोनेला पैराटाइफी ब्याक्टेरिया को करियर (बाहक) हुन्छ । साङ्लो यदि कुनै सतहमा डुल्ने गर्छ भने त्यहाँ यो खतरनाक ब्याक्टेरिया फैलिन सक्छ । यसले गर्दा टाइफाइड रोगको खतरा बढ्छ । यसैले साङ्लो तपाइको भान्सा वा घर भित्र छ भने सावधानी अपनाउनु आवश्यक हुन्छ ।

उसो विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुसार पनि साङ्लो ले आन्द्रा सम्बन्धी रोगहरू जस्तै डिसेन्ट्री , झाडा पखाला , हैजा र टाइफाइड ज्वरो को बाहक को रुपमा भूमिका खेल्छ ।

टाइफाइड एउटा सङ्क्रामक रोग हो जो दूषित पानी र भोजन द्वारा फैलिन्छ । टाइफाइड ज्वरो साल्मोनेला टाइफी र साल्मोनेला पाराटाइफी ब्याक्टेरिया ले गर्दा हुन्छ । यो ज्यान लिने सङ्क्रमणको कारण समेत बन्न सक्छ । वास्तवमा यो ब्याक्टेरिया खाना र पानी को माध्यम ले पेटमा पुग्छ । यस पछि यो ब्याक्टेरियाको विस्तार थुप्रै गुणा हुन्छ र संक्रमण उत्पन्न गर्न शुरु गर्छ । यस्तोमा ३ देखी ५ दिन मा शरीर को सबै लक्षण देखिन्छ ।

टाइफाइड को प्रारम्भिक लक्षण

पेट दुखाइ

पेट दुखाइ टाइफाइड रोग को सबै भन्दा सामान्य लक्षण मध्ये एक हो । ब्याक्टेरिया पेट मा पुग्दा नै सम्पूर्ण पाचन क्रिया बिगार्छ । यो सँगै तपाइ जे खानु हुन्छ त्यो सजिलै पच्दैन । यसले गर्दा पेट सुन्निनु , बटारिनु, दुखाइ जस्तो समस्या हुन थाल्छ ।

जिउ दुख्नु

टाइफाइड रोगको कारण जिउ समेत दुख्न सक्छ । वास्तवमा यो ब्याक्टेरिया जव शरीर भित्र हुन्छ तव शरीर यो सँग लड्ने प्रयास गर्छ । यो समय इम्युन सिस्टम (रोग प्रतिरोधक प्रणाली) शरीर को फरक फरक खण्ड मा प्रतिक्रिया गरि रहेको हुन्छ, जसले गर्दा शरीरमा दुखाइ उत्पन्न हुन्छ ।

टाउको दुखाइ

टाउको दुखाइ शरीर को प्रतिक्रिया हो , जो यो संक्रमण सँग लड्ने कारण ले गर्दा हुन्छ । यो समय मा जब शरीर को तापक्रम तीव्र गति ले बढ्छ , तव टाउको दुखाइ पनि बढ्छ । यो बाहेक शरीर मा कमजोरी समेत अनुभव हुन्छ ।

तीव्र ज्वरो

टाइफाइड भए पछि तीव्र ज्वरो हुन्छ । यो ज्वरो लामो समय सम्म रहन्छ र पुरै शरीर लाई प्रभावित गर्छ । यसले गर्दा  प्रभावित व्यक्ति लाई हरदम थकाइ अनुभव हुन्छ । जोर्नी र घुँडा दुख्छ ।

वान्ता र वाकवाकी

वान्ता र वाकवाकी , दुवै टाइफाइडको लक्षण हो, जसले शरीर मा पानी को कमी हुन थाल्छ । यसको कारण थुप्रै लक्षण गम्भीर हुन सक्छ । यसैले यस्तो कुनै लक्षण देखिँदा तुरुन्त डाक्टर सँग परामर्श लिनु पर्छ ।

साङ्लो वाट जोगिने उपाय

  • घर र भान्सा को सफाइ मा ध्यान राख्नु पर्छ
  • खाना लाई सधैँ एयर टाइट कन्टेनर मा राख्नुस्
  • घर को फोहर राख्ने भाडो लाई नियमित रुपमा सफा राख्नु
  • साङ्लो लाई हटाउने औषधि, रसायन आदि सँग सम्बन्धित मान्यता प्राप्त प्रकृया सुरक्षित रुपमा अपनाउनुस् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!