के तपाइको पिठिउँ दुख्ने कारण ब्रा त हैन ?


ढाड, पिठिउँ दुख्नुको कारण के हुन सक्छ ? उसो, आनुवंशिकता, खराब मुद्रा ( पोश्चर ), आहार, शारीरिक स्वास्थ्य, कुनै पनि पुरानो चोट, लगायत अन्य धेरै कुरा समावेश हुन सक्छ ।

तर महिलाहरूमा ढाड दुख्ने प्रमुख कारण ब्रा पनि हुन सक्छ । विश्वभरिका ८० प्रतिशत महिलाले गलत फिटिङको ब्रा लगाउने गरेको एक अध्ययनले देखाएको छ । यसले मात्र ढाड दुख्ने होइन, स्तन दुख्ने समस्या समेत निम्तिन सक्छ । गलत ब्रा लगाइनाले पनि स्तन झोलिन ( ब्रेस्ट सैगिङ्ग ) सक्छ । धेरै अवस्थामा, बोसो पनि ढाड मा जम्मा हुन थाल्छ जसको कारण शरीर आकार हीन देखिन्छ ।

तर किन गलत फिटिङ को ब्रा लगाउँछन् ? के ब्रा लगाएर मात्र ढाड दुख्ने गुनासो गर्न सम्भव छ ? यसबारे अनुसन्धानले के भन्छ ? आज हामी यी सबै प्रश्नहरूको जबाफ दिने छौं ।

ढाड दुख्ने र ब्रा को बारेमा अनुसन्धानले के भन्छ ?
युनिभर्सिटी हस्पिटल अफ वेल्समा रजोनिवृत्ति पूर्व का १०० महिलामा एक अध्ययन गरिएको थियो। यस अध्ययनमा महिलाहरूलाई तीन महिनासम्म ब्रा नलगाउन भनिएको थियो। तीन महिनासम्म ब्रा न लगाएपछि फेरि उनीहरूलाई तीन महिनासम्म ब्रा लगाउन लगाइयो । यस अध्ययनमा ब्रा नलगाउँदा महिलाको स्तन सँग सम्बन्धित स्वास्थ्य समस्या कम हुने गरेको पाइयो । यस अध्ययनमा महिलाको स्तनको सपोर्ट त चाहिन्छ तर ब्रा स्ट्र्रैप्स को कारण उनीहरूलाई धेरै पीडा र असहजता महसुस हुने गरेको पाइएको थियो ।

धेरै महिलाहरूले गलत साइजको ब्रा लगाउँछिन् र यसका कारण उनीहरूलाई पिठिउँ र कम्मरमा समस्या हुन्छ । बढी बोसो भएका महिलाहरूलाई टाइट ब्रा स्ट्र्रेप्स( डोरी / फित्ता ) को कारण घाँटीमा समेत समस्या हुन सक्छ ।

गलत साइजको ब्रा किन लगाइन्छ ?
गलत ब्रा लगाइनुको कारण ब्राको डिजाइन पनि हुनसक्छ । धेरै स्टाइलिस ब्रा हरू को साइज र आकार फरक फरक हुन्छ । यस्तो अवस्थामा, ब्रेस्ट कप  वा ब्रान्ड साइज गलत लगाइने गरिन्छ । सही साइज को ब्रा मा फिटिङ त राम्रो हुन्छ , तर देख्नमा ( लुक )  राम्रो लाग्दैन । सायद यही कारण ले गर्दा पनि महिलालाई यस्तो समस्या हुन्छ । कति पय समय त आलस्य का कारण महिलाहरूले आफ्नो लागि उपयुक्त ब्रा छनौट गर्दैनन् ।

यति मात्र होइन, एक अध्ययनले त यो पनि मानेको छ कि महिलाहरूलाई आफ्नो सही फिटिङका बारेमा समेत थाहा हुँदैन ।  यस्तो समयमा कप साइज वा बैन्ड को  साइजको बारेमा महिला हरू भ्रमित हुन्छन् । खराब फिटिङ वा खराब डिजाइन गरिएको ब्रा ले ‘ रिब केज ’ को मुभमेन्ट लाई रोक्न सक्छ । यस्तो अवस्थामा, तपाई को काँध हरू अगाडि झुक्न सक्छ , जसले काँध दुख्ने, घाँटी दुख्ने, खराब पोस्चर जस्ता समस्याहरू निम्त्याउन सक्छ। साथै, काँध र रिब केज को बीचमा जलन को अनुभूति पनि हुन सक्छ ।

ब्रा ले हुने पिठ्यूँको दुखाइ कसरी रोक्ने?

तपाई ले चिन्ता लिनु पर्दैन किन भने ब्रा का कारण हुने पिठिउँ दुख्ने समस्याबाट बच्न धेरै उपायहरू छन् । यदि तपाई को अवस्था बढी गम्भीर छ भने, चिकित्सा सल्लाह आवश्यक हुन सक्छ ।

  • स्तनको आकार र साइज निरन्तर परिवर्तन भइ रहन्छ, त्यसैले हरेक ६ महिनामा साइज जाँच गर्नुहोस् र आवश्यक भएमा ब्रा परिवर्तन गर्नुस् ।
  • ऐनाको अगाडि उभ्नुस र ब्रा फिटिङ हेर्नुहोस्। यदि ब्रा बल्ज बाहिर निस्कन्छ, स्ट्रेप्स ( पट्टी )  धेरै कसिएको छ , जलन महसुस भएको छ वा स्तन झुन्डिएको छ भने, ब्रा साइज गलत हो।
  • ब्रा लगाएर अगाडि तिर झुक्नुहोस् र तार ( वायर)  प्लेसिङ्ग हेर्नुहोस्। यदि तार स्तनको तल छ भने ठिक छ । यदि माथि चढेको छ भने यसको अर्थ तपाइ को ब्रा को फिटिङ गलत छ ।
  • ब्राको मध्य भाग (सेन्टर पार्ट ) तपाइको दुवै स्तनको बीचमा छ वा छैन भनेर पनि जाँच गर्नुहोस्।
  • सधैँ स्ट्रेचेवल कपडाको रोज्नुस । महिनावारीको पिरियड साइकल अनुसार स्तनको आकार परिवर्तित हुन सक्छ । यसैले ब्रेस्ट लाइ सपोर्ट पुर्ण रूपमा मिल्नु पर्छ ।
  • यदि आर्म होल तर्फ वाट ब्रेस्ट बल्ज बाहिर आइ रहेको छ, स्तनमा रातो चिनो छ, या फेरी स्ट्र्रैप्सको चिनो परिरहेको छ  भने ब्रा धेरै टाइट रहेको बुझ्नु पर्छ । यसलाई बदलिनु आवश्यक हुन्छ ।

यदि माथि उल्लेख गरिएका विकल्पहरू तपाई लाई सही लाग्छ भने, यसको अर्थ तपाई ले गलत साइजको ब्रा लगाइ रहनु भएको छ । यदि तपाई ले वर्षौ सम्म गलत फिटिङ भएको ब्रा लगाउनु भयो भने, यसले स्थायी रूपमा पोश्चरमा समस्या ल्याउन सक्छ । यदि पिठिउँ दुख्ने समस्या धेरै भएको छ भने एक चोटि चिकित्सक सग समेत सम्पर्क गर्नुहोस्। सही फिटिङ को ब्रा ले तपाई लाई पातलो देखिने र धेरै स्वास्थ्य समस्याहरूबाट पनि बचाउँछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!