अनुहार ? हैन पिठिउँ मा डन्डीफोर


म अंग्रेजीमा ‘एक्ने’, अर्थात् डन्डिफोर बारे तपाई हरू सँग चर्चा गर्दै छु । डन्डीफोर भन्ने बितीकै तपाई हरू एक्कासि अनुहार नै सम्झनु हुन्छ । तर यस पटक अनुहार हैन म पिठिउँ मा देखिने डन्डीफोर बारे को जानकारी साझा गरिरहेको छु । धेरै व्यक्तिमा पिठिउँ मा समेत डन्डीफोर हुने जानकारी नै छैन ।

सामान्य भाषामा भन्ने हो भने डन्डीफोर छालाको एउटा अवस्था हो, जुन ब्ल्याक हेड, ब्हाइट हेड, पिपल्स, सिस्ट लगायत विभिन्न प्रकारको बिमिरा को रूपमा देखिन्छ ।

डन्डीफोर हाम्रो शरीरमा अनुहार, माथिल्लो छाती र पिठिउँ लगायतका सेबेशियस (तेल) ग्रन्थिहरू भएको छालामा असर पार्छ । यो प्रायः किशोर अवस्थामा देखिए पनि अन्य उमेरमा समेत देखि राख्न सक्छ ।

पछिल्लो समय डन्डीफोर को उपचारमा एउटा फड्को नै आएको छ । हाल विशेष गरी गम्भीर प्रकारको डन्डीफोरको लागि धेरै नयाँ उपचार पद्धति उपलब्ध छन् । सब भन्दा पहिले डन्डीफोर हुने कारण बारे चर्चा गरौं ।

किन हुन्छ त डन्डीफोर ?
तपाइको छालामा रहेको रौँ को फोलिक्ल्स वा प्वालहरूमा सेबेसियस ग्रन्थिहरू हुन्छन् । यसलाई तेल ग्रन्थि समेत भन्न सकिन्छ । यो ग्रन्थिहरूले ‘सेबन’ अर्थात् तपाइको छाला र कपाललाई चिप्लो (लुब्रिकेट) पार्न एक प्रकारको तेल बनाउँछ । धेरै जसो समय सेबेसियस ग्रन्थिहरूले सेबमको सही मात्रामा उत्पादन गर्छ । शरीर परिपक्व र विकसित हुन थाले पछि हर्मोनले सेवेसियस ग्रन्थिहरूलाई थप सेबम बनाउन उत्तेजित गर्छ ।

यसरी धेरै सेबम र धेरै मृत छालाका कोषिकाहरू भएका रौँ का छालामा भएका प्वाल हरू बन्द हुन्छ । यस्तो अवस्थामा ब्याक्टेरिया, विशेष गरी प्रोपियोनी व्याक्टेरियम एक्नेस , छिद्रहरूमा अड्किएर आफ्नो संख्या अत्याधिक बढाउन सक्छन् । यसले गर्दा सुन्निने र रातो पना आदि देखिएर डन्डीफोरको सुरुवात हुन्छ ।

यो त भयो डन्डीफोर को समस्या उत्पन्न हुने कारण । अहिले पुनः फर्कौं पिठिउँ को डन्डीफोर को विषयमा । अर्को पटक हामी अन्य भागको डन्डीफोर बारे समेत चर्चा गर्नेछौ ।

पिठिउँ को डन्डीफोर
पिठिउँ , ढाडमा बारम्बार डन्डीफोर देखि राख्छ । यति मात्र होइन डन्डीफोरको गम्भीर अवस्थाहरूमा स्थायी दाग समेत देखिन सक्छ । तर यो मामिलामा पुरुषको दाँजोमा महिला अलि भाग्यशाली छिन ।

महिलाको दाँजोमा पुरुषहरू प्रायः आफ्नो काँध र ढाड डन्डीफोरले नराम्ररी प्रभावित गरेको गुनासो पोख्ने गरेका छन् । तर यसको अर्थ यो होइन की महिला मा यो समस्या हुन्न । महिलामा सामान्य रूपले समेत पिठिउँ मा डन्डीफोर आउँदा उहाँ हरू लाइ सौन्दर्य समस्याले अप्ठ्यारो हुने गरेको छ । ठूलो घाटी भएको ब्लाउज लगायतका पिठिउँ देखिने खालको पहिरन लगाउन अप्ठ्यारो हुन्छ । तर यस्तो अवस्था आए पनि न आत्तिनुस्, पछिल्लो दिनमा छाला रोग तथा सौन्दर्य उपचारको क्षेत्रमा भएको प्रगतिले यो समस्यालाई छाला रोग विशेषज्ञहरूको सल्लाह र प्रस्तावित उपचार प्रकृयाले छिट्दै निराकरण गर्न सकिन्छ ।

आर्औ यसको प्रकार बारे समेत केही चर्चा गरौं । पिठिउँ मा सिस्टिक डन्डीफोर वा नोडुलोसिस्टिक डन्डीफोर, एक्ने को सबै भन्दा गम्भीर रूप हो । यसमा बिमिरा र रातो डाबर दुबै हुन सक्छ र दागहरू समेत देखिन सक्छ । डन्डीफोरको यो रूपको उपचार गर्न धेरै गार्हो समेत छ र प्रायः भिटामिन ‘ए’ खानु आवश्यक हुन्छ । डन्डीफोर निस्किने कारण हर्मोनमा परिवर्तन सँगै दूषित खानपान, तनाव, प्रदूषित वातावरणको प्रभाव लगायतका हुन्छ ।

पिठिउँ मा निस्किने डन्डीफोर लाइ प्रायः ध्यान दिइँदैन । जबसम्म की यो ठूलो समस्या न बनोस् । सानो वा ठूलो दुवै आकारमा देखिन सक्ने पिठिउँ को डन्डीफोर मा रातो पन, सुन्नाइ, चिलाइ आदि समस्या समेत देखिन्छ ।

अरू त अरू युवतीहरू पिठिउँ मा भएको डन्डीफोरको कारण बैक लेस पोसाक लगाउन वाट बाच्ने गरेकी छिन । अझ अनुहारको डन्डीफोरलाई त तपाइ थुप्रै मेकअप गरेर लुकाउन सक्नु हुन्छ तर पिठिउँ को डन्डीफोर लाइ लुकाउनु धेरै ठूलो चुनौती जस्तै हो ।

पिठिउँमा सेबेसियस तेल ग्रन्थि बढी सक्रिय हुँदा हुने डन्डीफोर यो बाहेक मृत छाला को कोशिकाको जमाव, बन्द रोम छिद्र, बर्क आउट (व्यायाम वा गर्हो काम) पछि घन्टौं सम्म पसिनाले भिजेको लुगाफाटो नफेर्नू, कृत्रिम तन्तुले निर्मित लुगा लगाउनु, जीउमा धेरै टास्सिएको लुगा लगाउनु जसले पिठिउँ को छालामा धर्षण हुनु आदि ले गर्दा समेत डन्डीफोरको समस्या बढ्छ ।

अर्को एउटा छुटाउने न हुने कुरा के छ भने हामीले जे खान्छौ त्यसको असर शरीरमा समेत हेरिन्छ । खानामा धेरै गुलियो वस्तु, उच्च क्यालोरी भएको खाना, धेरै बढी मसालादार, तारिएको झानिएको खाद्य पदार्थले समेत डन्डीफोरको समस्या लाइ थप बढाउन सक्छ ।

घरेलु उपचार

यसको घरेलु उपचार अन्तर्गत पिठिउँ मा ‘ट्र्रि ओइल’, लगाउन सकिन्छ । यो तेल विभिन्न अध्ययनहरूमा व्याक्टेरिया र सुन्नाइ विरुद्ध प्रभावकारी देखिएको छ । यसले डन्डीफोर को विस्तारलाई समेत कम गर्ने खालको देखिएको छ ।

यदि तपाइ ले घरको करेसाबारी वा गमलामा घृत कुमारी (एलोभेरा) छ भने झन् राम्रो । घृत कुमारी रसमा तिन चार थोपा ‘टि ट्री’ तेल मिसाउनुस र पिठिउँ मा प्रभावित ठाउँमा लगाउनुस । पछि मनतातो पानीले पिठिउँ लाइ धुन सकिन्छ ।

यति मात्र नभइ एप्पल साइड भिनेगर को उपयोग ले समेत तपाइको छालाको ‘पिएच’ मात्रा मा सन्तुलन बनाइ राख्न सक्छ । स्याउको सिरकामा भएको एन्टि व्याक्टेरियल र एन्टि इन्फलामेट्र्रि गुणले पिठिउँको डन्डीफोर कम गर्न सघाउँछ । एक मग पानीमा दुइृ वा तिन चम्चा सिरका लाइ मिलाएर स्प्रे गर्ने बोतलमा राख्नुस र यो मिश्रणलाई पिठिउँ मा छर्केर रात भर छोडनुस । केही साता मे तपाइको समस्या कम हुन् सक्छ ।

यस अघि हामीले ‘टि ट्रि’ तेल लाइ घृत कुमारीको रस मा मिसाएर लगाउन भनेका थियौँ । तर मात्र घृत कुमारीको रस लगाउ नाले समेत यसमा धेरै फायदा पुग्छ । घृत कुमारीले डन्डीफोरको घाउ भर्न, सुन्नाइ हटाउन लगायत यसको विस्तारलाई कम गर्न समेत प्रभावकारी देखिने गरिन्छ ।

तर यी सामान्य घरेलु उपाय ले समेत तपाइको पिठिउँ को डन्डीफोरको समस्या समाधान हुँदैन भने एक पटक छाला रोग विशेषज्ञ सँग सल्लाह लिनोस ।

पिठिउँ मा डन्डीफोर भए पछि चिकित्सकले रगत परीक्षण समेत गर्न सक्छ । मोटो पना, महिनावारी मा समस्या, थाइराइड, कोलेस्ट्र्रोल बढी भएकाहरुमा यो समस्या बढी देखिन्छ । चिकित्सकले डन्डीफोर को उपचार सँगै तपाइको शरीरमा देखिएको डन्डीफोर उत्पन्न गर्ने कारकलाई समेत निको पार्ने प्रयास गर्नेछ । तपाइको डन्डीफोरको अवस्था अनुसार वेन्जोइक पेरोक्साइड, केटोकोनाजोल समेत प्रभावित स्थलमा चिकित्सकले प्रयोग गर्न सक्छन् यो बाहेक केही खाने औषधि समेत प्रस्तावित गर्न सक्छन् । डन्डीफोरले पिठिउँ मा स्थायी दाग देखिए पनि नआत्तिनोस लेजर लगायतका प्रकृयावाट यसलाई हटाउन सकिन्छ ।

आधुनिक चिकित्सा पद्धतिमा अव धेरै उपाय र प्रकृया छ जसले तपाइको यो समस्या को सहज निदान गर्छ । (डा.कर्ण छाला रोग तथा सौन्दर्य विशेषज्ञ हुन)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!