‘डब्लुएचओ भन्छ : प्रत्येक सेकेन्ड १ जना लाई यौनाङ्गको नयाँ हर्पीस सङ्क्रमण, १५ देखि ४९ वर्ष का ८४ करोड ६० लाख व्यक्ति सङ्क्रमित’
![](https://ap-south-1.linodeobjects.com/nepalhealthpress/2024/12/herpes-simples-virus-WhatsApp-Image-2024-12-11-at-23.32.29_589f07a6.jpg)
काठमाडौं–विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बुधवार विश्वमा १५ देखि ४९ वर्ष उमेर समूहका लगभग ८४ करोड ६० लाख मानिसहरू यौनाङ्ग (Gential) सम्बन्धी हर्पीस (herpes) सङ्क्रमणको साथ जीवन बिताइरहेको जनाएको छ । अर्थात् यो उमेर समूहमा विश्वव्यापी रूपमा ५ मध्ये १ जना भन्दा बढी मानिसहरू यसको शिकार रहेको डब्लुएचओले एउटा नयाँ अनुमान लाई औँल्याउँदै बताएको हो ।
अनुमान अनुसार प्रत्येक सेकेन्डमा कम्तीमा १ जना गरी वार्षिक ४ करोड २० लाख मानिसहरूमा नयाँ यौनाङ्ग हर्पीस सङ्क्रमण हुने गर्छ ।
धेरै जसो अवस्थामा, यी संत्रमणहरूले कुनै लक्षण उत्पन्न गर्दैन वा थोरै लक्षणहरू उत्पन्न गर्छन् । तथापि, केही व्यक्तिहरूमा यसले पीडा दायक यौनाङ्ग घाउ र फोकाहरू निम्त्याउँछ र जीवन भरि दोहोरिने सम्भावना हुन्छ । जसले गर्दा ती व्यक्ति हरूमा असुविधा निम्त्याउँछ र बारम्बार स्वास्थ्य सेवाको आवश्यकता पर्छ । अनुमान अनुसार, सन २०२० मा १५ देखि ४९ वर्ष उमेर समूहका २० करोड भन्दा बढी मानिसहरूले कम्तीमा एक पटक त्यस्ता लक्षण भएका घटनाहरू अनुभव गरेका थिए ।
‘सेक्सुअली ट्र्रान्समिटेड इन्फेक्सन’, जर्नलमा प्रकाशित अध्ययनका लेखकहरू भन्छन् कि हर्पीस भाइरसको प्रतिकूल स्वास्थ्य प्रभावहरू कम गर्न र यसको प्रसारलाई नियन्त्रण गर्न नयाँ उपचार र खोपहरू आवश्यकछ।
‘धेरैजसो यौनाङ्ग हर्पीस सङ्क्रमण भएका व्यक्तिहरू थोरै लक्षणहरू अनुभव गर्छन्, तर यस्ता धेरै संक्रमणहरूका कारण यौनाङ्ग हर्पीसले विश्व भरि लाखौँ मानिसहरूलाई पीडा र तनाव दिन्छ र पहिले नै रोगको भार झेलिरहेको स्वास्थ्य प्रणालीमा थप भार पर्छ’, डब्लुएचओ का ग्लोबल एचआइभी, हेपाटाइटिस र यौन सञ्चारित सङ्क्रमण कार्यक्रमका निर्देशक डा. मेग डोहर्टी भन्छन–‘ यौनाङ्गको हर्पीस प्रसारणलाई कम गर्न राम्रो रोकथाम र उपचार विकल्पहरू तुरुन्त आवश्यक छ र यसले एचआइभी को प्रसारणलाई पनि कम गर्छ ।’
वर्तमानमा, हर्पीसको कुनै उपचार छैन । यद्यपि उपचारहरूले लक्षणहरू कम गर्न सक्छन् । घाउहरूको अतिरिक्त, यौनाङ्ग हर्पीसले कहिले कहीँ गम्भीर जटिलताहरू निम्त्याउन सक्छ । जस मध्ये नवजात हर्पीस, एक दुर्लभ अवस्था हो, जुन सामान्यतया त्यति बेला देखा पर्छ जब आमा पहिलो पटक गर्भावस्थाको अन्तिम समयमा सङ्क्रमण पाउँछिन् र जन्मका क्रममा बच्चालाई भाइरस सार्छिन् ।
हर्पीस सिम्प्लेक्स भाइरस (एचएसभी) का दुई प्रकारहरू छन्, एचएसभी–१ र एचएसभी–२, यो दुबै भाइरस यौनाङ्ग हर्पीसको कारण बन्न सक्छ ।
अनुमान अनुसार, सन २०२० मा ५२ करोड मानिसहरू लाई यौनाङ्ग को एचएसझी–२ सङ्क्रमण थियो, जो यौन क्रियाकलापका क्रममा सर्छ ।
सार्वजनिक स्वास्थ्य दृष्टिकोणले, जननांगको एचएसभी–२ गम्भीर छ किनकी यसले बारम्बार हुने प्रकोपहरू निम्त्याउँछ । यति मात्र नभइ यो लगभग ९० प्रतिशत लक्षणीय घटनाहरुका लागि जिम्मेवार छ र एचआइभी सङ्क्रमण हुने जोखिम लाई तीन गुणा बढाउँछ । एचएसभी–२ भन्दा फरक, एचएसभी–१ सामान्यतया बाल्य कालमा र्र्याल वा छालाको सम्पर्क वाट फैलिन्छ र ओरल हर्पीसको कारण बन्छ । केहीमा, एचएसभी–१ यौन सम्पर्कको माध्यमबाट सर्छ ।
सन २०२० मा ३७ करोड ६० लाख मानिसहरूसँग यौनाङ्ग को एचएसभी–१ सङ्क्रमण भएको अनुमान गरिएको छ । यसमा, ५ करोड लाई एचएसभी–२ पनि भएको अनुमान गरिएको छ किनकी दुबै प्रकारहरू एक साथ पनि हुन सक्छ।
हर्पीस सर्ने जोखिम कम गर्न कन्डमको सही र लगातार प्रयोग गर्न सुझाव दिइएको छ । यसका साथै सक्रिय लक्षण भएका व्यक्तिहरूलाई यौन सम्पर्कबाट टाढा रहन सल्लाह समेत दिइएको छ ।
प्रतिक्रिया दिनुहोस