अनुसन्धान

महिलाहरूको मुटुको धड़कन तीव्र, पुरुषहरू मा अनियमित धड्कनको सम्भावना बढी


वर्षौं देखि चिकित्सक र अनुसन्धानकर्ताहरू एउटा मौलिक हृदय सम्बन्धी रहस्यको उत्तर खोजिरहेका छन् – महिलाहरूको मुटुको धड़कन तीव्र किन हुन्छ? र पुरुषहरूमा ‘एट्रियल फिब्रिलेसन’ (एएफआईबी) जस्तो अनियमित धड़कनको सम्भावना बढी किन हुन्छ?

एक रिपोर्ट अनुसार, महिलाहरूको विश्राम अवस्थाको मुटुको गति सामान्यतया ७८ देखि ८२ बीट प्रति मिनेट हुन्छ भने पुरुषहरूको ७० देखि ७२ बीट प्रति मिनेट मात्र हुन्छ।

ओहायो स्टेट युनिभर्सिटी वेक्सनर मेडिकल सेन्टरको नयाँ अध्ययनले यस विषयमा केही स्पष्टता ल्याएको छ। यो अध्ययन अमेरिकन हार्ट एसोसिएसनको पत्रिका ‘सर्कुलेसन एरिदमिया एन्ड इलेक्ट्रोफिजियोलोजी’ मा हालै प्रकाशित भएको हो।

अनुसन्धान अनुसार, मानव मुटुको ‘साइनोट्रियल नोड’ ( एसएएन) भन्ने सानो तर शक्तिशाली संरचनाले प्राकृतिक पेसमेकरको काम गर्छ र प्रत्येक सामान्य धड़कनको सुरुआत यहीँ बाट हुन्छ।

महिलाहरूमा त्यस्ता जीन पाइन्छन् जसले मुटुलाई छिटो धड़कनमा सहयोग पुर्‍याउँछन्। अर्को तर्फ, पुरुषहरूमा त्यस्ता जीन सञ्जाल पाइन्छन् जुन एएफआईबी जस्ता हृदय सम्बन्धी समस्याको कारण बन्न सक्छन्।

यस अध्ययनमा भेटिएको निष्कर्ष अनुसार, महिलाहरू र पुरुषहरूमा फरक जीन ‘ब्लूप्रिन्ट’ काम गर्छ। महिलामा ‘टीबीएक्स3’ र ‘एचसीएन4’ जस्ता जीनको मात्रा बढी पाइन्छ, जसले मुटुको तीव्र धड़कनलाई प्रोत्साहन गर्छ। पुरुषहरूको हृदयमा भने सुन्याई र कोलेजन उत्पादनसँग सम्बन्धित जीनहरूको गतिविधि बढी देखिएको छ, जसले मुटुको विद्युतीय सञ्‍चारमा बाधा पुर्‍याउन सक्छ र ‘अरिथमिया'(अनियमित धड्कन) को खतरा बढाउँछ।

अध्ययनका सहलेखक तथा ओहायो स्टेट रिसर्च असिस्टेन्ट प्राध्यापक निङ लीका अनुसार, महिलाको तीव्र मुटु धड़कन र पुरुषको हृदय अरिथमियाको जोखिम पछाडि रहेका यस्ता जीनहरूको भिन्नताले महत्वपूर्ण भूमिका खेल्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!