अनुसन्धान

शिशुहरूमा निद्राको समस्या बढेमा अटिजमको जोखिम बढ्न सक्छ : अध्ययन


शिशुहरूमा कम वा कमजोर गुणस्तरको निद्राले अटिजम को जोखिम बढाउने नयाँ अनुसन्धानले देखाएको छ। अटिजम एक न्यूरो विकास सम्बन्धी समस्या हो, जसमा बालबालिकाको व्यवहार दोहोरिने, सामाजिक सीपको कमी र भावनात्मक नियन्त्रणमा समस्या देखिन्छ।

‘आर्काइभ्स अफ डिजिज इन चाइल्डहुड’ नामक वैज्ञानिक पत्रिकामा प्रकाशित उक्त अध्ययन अनुसार शिशुहरूमा देखिने निद्रा सम्बन्धी समस्या अटिजमको सम्भावित संकेत हुन सक्छ।

अष्ट्रेलियामा १०७४ आमा-शिशु जोडीहरूमा गरिएको अध्ययनले देखाएको छ कि जो शिशुहरू कम सुत्छन् वा जसको निद्राको गुणस्तर कमजोर हुन्छ, तिनीहरूमा अटिजम विकास हुने सम्भावना उच्च हुन्छ।

फ्लोरी इन्स्टिच्युट अफ न्यूरो साइन्स एन्ड मेन्टल हेल्थका अनुसन्धानकर्ताहरूले ६ र १२ महिनाको उमेरमा शिशुहरूको निद्राको ढाँचा बारे अभिभावक सँग जानकारी संकलन गरेका थिए।

अध्ययनमा देखिए अनुसार निद्रामा आउने अवरोध,  जस्तै अनिद्रा, अटिजम भएका बालबालिकामा सामान्य रुपमा देखिन्छ। मस्तिष्कमा हुने अत्यधिक सक्रियताले तिनीहरूको विकासमा अवरोध पुर्‍याउने र सामाजिक तथा भावनात्मक क्षमतामा समस्या ल्याउने निष्कर्ष निकालिएको छ।

अनुसन्धानले यो पनि देखाएको छ कि निद्रामा पाँच मिनेट ढिलो हुने हरेक अवस्थाले अटिजमका लक्षणहरू ७.७ प्रतिशत सम्म बढाउने सम्भावना देखिन्छ।

सन् २०१० देखि २०१३ सम्म गरिएको यो अध्ययनमा १२ वर्षमुनिका ६४ जना अटिजम लक्षण देखिएका बालबालिकालाई समेटिएको थियो। अनुसन्धान टोलीका अनुसार यस अध्ययनले अटिजम भएका बालबालिकाको समय मै उपचार र सहयोगमा टेवा पुर्‍याउन सक्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!