अनुसन्धान

अल्जाइमरमा टाउ प्रोटिनको भूमिका बुझ्न सफल


कोलोन विश्वविद्यालयको एक टोलीले अल्जाइमर रोगमा टाउ प्रोटिनको भूमिका बुझ्न महत्वपूर्ण सफलता हासिल गरेको छ । मानव प्रेरित प्लुरिपोटेन्ट स्टेम सेलहरू प्रयोग गरेर, टोलीले देखाउन सक्षम भयो कि १एन४आर आइसोफर्म भनेर चिनिने टाउ प्रोटिनको एक विशिष्ट रूप मानव मस्तिष्क कोशिकाहरूमा प्रोटिन क्लम्पहरूको विषाक्त प्रभावहरू मध्यस्थता गर्न जिम्मेवार छ ।

टाउ प्रोटिन मुख्यतया न्यूरोन्समा पाइने माइक्रोट्यूब्युल सम्बन्धित प्रोटिन हो । यो अध्ययन अल्जाइमर्स एण्ड डिमेन्सिया जर्नलमा प्रकाशित भएको छ ।

इन्स्टिच्युट अफ ह्युमन जेनेटिक्स का डा. हान्स जेम्पेलले भने कि जब एक व्यक्ति अल्जाइमर बाट पीडित हुन्छ, मस्तिष्कको कोशिकाहरूमा निश्चित प्रोटिनहरू जम्मा हुन्छन्, जसले कोशिकाको सामान्य कार्यलाई रोक्छ वा कोशिका मर्न पनि सक्छ ।

डा. बुचोल्ज र डा. जेमपेलको टोलीले मानव प्रेरित प्लुरिपोटेन्ट स्टेम सेलहरूमा सीआरआइएसपीआर/सीएएस९ जिन सम्पादन र लाइभ सेल इमेजिङ जस्ता प्रविधिहरू प्रयोग गरेर यो प्रदर्शित गर्यो की १एन४आर टाउ आइसोफार्म कोशिकामा रोग सम्बन्धी प्रभावहरूको लागि जिम्मेवार छ ।

उदाहरण को लागी, छाला कोशिकाहरू लाई आइपीएससीएस मा पुनः प्रोग्राम गर्न सकिन्छ र त्यहाँ बाट मस्तिष्क कोशिकाहरू (न्यूरोन्स) मा रूपान्तरण गर्न सकिन्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!