अनुसन्धान

अल्जाइमर जीनले भ्रमको जोखिम बढाउने प्रमाण भेटियो


एक अन्तर्राष्ट्रिय अध्ययनले मानिसमा देखिने भ्रमको अवस्था अल्जाइमर रोगसँग जोडिएको एक जीनसँग प्रत्यक्ष सम्बन्ध भएको पुष्टि गरेको छ। बेलायत, फिनल्यान्ड र अमेरिकाका १० लाख ५९ हजार १ सय ३० सहभागीको तथ्याङ्कमा आधारित अध्ययनले ‘एपीओई’ जीन विशेष गरी ‘एपीओई ई–४’ भेरियन्टले यस्तो जोखिम बढाउने देखाएको हो।

एपीओई जीनले रक्तमा कोलेस्ट्रोल र बोसो ढुवानीमा सहयोग गर्ने प्रोटिन बनाउँछ। यसको ई–४ भेरियन्ट उमेरसँगै विकास हुने अल्जाइमर रोगको प्रमुख जोखिम कारक मानिन्छ। अनुसन्धानले यही जीनले डिमेन्सिया नभएका व्यक्तिमा पनि भ्रमको अवस्था सिर्जना गर्ने स्वतन्त्र भूमिका खेल्ने प्रमाण दिएको छ।

जर्नल ‘नेचर एजीङ’ मा यो अनुसन्धान प्रकाशित भएको छ जसलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ।  अध्ययनले डिमेन्सिया सम्बन्धी अन्य कारण समायोजन गरे पछि पनि एपीओई जीनको प्रभाव यथावत रहने उल्लेख गरेको छ।

अनुसन्धान टोलीका अनुसार भ्रम र अल्जाइमरका आनुवंशिक जोखिम बीचको भेटिएको समानताले किन कतिपयमा भ्रम बौद्धिक क्षमताको गिरावट भन्दा अगाडि देखिन्छ वा त्यसलाई तीव्र बनाउँछ भन्ने बुझ्न मद्दत गर्छ।

एडिनबर्ग विश्वविद्यालयका अनुसन्धानकर्ता वासिलिस र्याप्टिसले यो अध्ययनले भ्रममा आनुवंशिक कारकको ‘अहिले सम्मको सबैभन्दा बलियो प्रमाण’ दिएको बताए। उनका अनुसार अब डीएनएमा हुने परिवर्तन र मस्तिष्क कोषमा जीन अभिव्यक्तिले कसरी भ्रम उत्पन्न गर्छ भन्ने बारे थप अनुसन्धान अपरिहार्य छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!