अनुसन्धान

गर्भावस्थामा उच्च रक्तचापले बढाउँछ मुटु रोगको जोखिम


गर्भावस्थाको समयमा उच्च रक्तचाप (एचडीपी) देखा परेका महिलामा बच्चा जन्माएको पाँच वर्ष भित्र मुटु सम्बन्धी समस्या, जस्तै हृदयघात, स्ट्रोक आदि को जोखिम उल्लेखनीय रूपमा बढ्ने नयाँ अध्ययनले देखाएको छ।

यो अनुसन्धान इण्टरमाउन्टेन हेल्थ का अनुसन्धानकर्ताले गरेका हुन्। अध्ययनका नतिजा अमेरिकन हर्ट एशोसिएसनको २०२५ को वैज्ञानिक सत्रमा, न्यु अर्लियन्समा प्रस्तुत गरिएको थियो । यसले पछिल्ला दुई दशकयता गर्भावस्था सँग सम्बन्धित उच्च रक्तचापलाई दीर्घकालीन मातृ स्वास्थ्य जोखिमसँग जोड्ने प्रमाणहरूलाई थप बल दिएको छ।

मुख्य अनुसन्धानकर्ता किज्मेट रासमुसनका अनुसार, ‘गर्भावस्थामा देखा पर्ने कुनै पनि प्रकारको उच्च रक्तचापले हृदय रोग र मृत्युको जोखिम बढाउँछ, विशेष गरी दीर्घकालीन उच्च रक्तचाप भएका महिलामा।’

सन् २०१७ देखि २०२४ सम्मका बीच २२ अस्पतालमा गरिएको अध्ययनमा १ लाख ५७ हजार ६०६ जना महिलाका अभिलेखहरूको विश्लेषण गरिएको थियो। अनुसन्धानले दीर्घकालीन उच्च रक्तचाप र गर्भावस्थामा देखिने उच्च रक्तचाप सम्बन्धी विकारहरू जस्तै प्रिएक्लेम्प्सिया र एक्लेम्प्सिया का बीचको सम्बन्ध पत्ता लगायो।

जन्म पछि करिब पाँच वर्ष सम्म ती महिलाहरूको मुटु स्वास्थ्यको निगरानी गरिएको थियो। नतिजा अनुसार, एचडीपीको गम्भीरता जति बढी, भविष्यमा हृदय सम्बन्धी जोखिम त्यति नै उच्च देखियो। विशेष गरी दीर्घकालीन उच्च रक्तचाप र एक्लेम्प्सिया भएका महिलामा यस्तो जोखिम सबै भन्दा बढी पाइयो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!