अनुसन्धान

आपको सेवनले टाइप २ मधुमेह मा ग्लाइसेमिक नियन्त्रणमा फाइदा हुने दाबी


नयाँ दिल्ली (ब्युरो) – एक निजी अस्पतालद्वारा गरिएको अध्ययनमा नियंत्रित मात्रामा विभिन्न किसिमका आपको सेवनले टाइप २ मधुमेहका बिरामीमा ग्लाइसेमिक नियन्त्रण र मेटाबोलिक स्वास्थ्यमा लाभ पुग्ने दाबी गरिएको छ। उक्त अध्ययन अस्पतालले एक फाउन्डेशनसँग मिलेर गरेको हो ।

अध्ययनको नतिजा जर्नल अफ डायबिटिज एण्ड मेटाबोलिक डिसअर्डर मा अनलाइन प्रकाशित भएको छ। अस्पतालका डायबिटिज तथा एन्डोक्राइनोलोजी विभागका निर्देशक डा. अनुप मिश्राका अनुसार, यो पहिलो पटक दुई विस्तृत अध्ययनको आधारमा नास्तामा कार्बोहाइड्रेट (ब्रेड) को सट्टा सानो मात्रामा आपको सेवनको फाइदा स्पष्ट देखाइएको हो।

उक्त अध्ययन अन्तर्गत बिरामीहरूलाई भारतमा पाइने सफेदा र दशहरी आपको प्रतिदिन २५० ग्राम को  नियन्त्रित मात्र आठ साता सम्म खुवाइएको थियो।

परिणाममा देखिएको छ कि मधुमेह भएका र नभएका दुवै समूहका व्यक्तिहरूमा आपको सेवन गर्दा ब्रेड खाँदा जति वा अझै कम ग्लाइसेमिक (रगतमा सुगरको मात्रा) पाइयो। यसले आपको सेवनले मेटाबोलिक स्वास्थ्यमा नकारात्मक असर पार्छ भन्ने सामान्य धारणा र अटकलहरूलाई खण्डन गरेको छ।

डा. मिश्राले भने- ‘आपलाई खानपानमा समावेश गर्दा पोषण विज्ञको कडाईका साथ निगरानी आवश्यक हुन्छ । खुराकको मात्र र विधि भने व्यक्तिगत चिकित्सकले तोकेको क्लिनिकल प्रोफाइलअनुसार हुनुपर्छ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!