फ्याटी लिभरको चपेटामा ८४% आइटी क्षेत्रमा काम गर्ने युवा, भारतका स्वास्थ्य मन्त्री नड्डाको चिन्ता / पेट र कम्मरमा बोसो देखिनु नै सुरुआती संकेत: डा राहुल पाठक


नयाँ दिल्ली (ब्युरो)— भारतको स्वास्थ्य मन्त्रालयले युवाहरुको स्वास्थ्य बारे गम्भीर खुलासा गरेको छ। स्वास्थ्य मन्त्री जेपी नड्डाले भारतीय संसदमा बोलेका छन् कि हैदराबाद स्थित सूचना प्रविधि (आईटी) क्षेत्रमा कार्यरत ८४ प्रतिशत भन्दा बढी युवा ‘फ्याटी लिभर’को समस्यामा छन्।

उक्त तथ्यांक भारतीय इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को रिपोर्टमा आधारित रहेको केन्द्रीय स्वास्थ्य मन्त्री नड्डाले बताएका हुन ।

२५ देखि ४५ वर्ष उमेर समूहका युवामा यो समस्या तीव्र रुपमा देखिएको र यसको मुख्य कारण लामो समय डेस्कमा बस्ने  कार्यशैली तथा अस्वस्थ जीवन शैली भएको बताइएको छ।

प्रारम्भिक लक्षण के-के ?

काठमाडौँ स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कलेजो रोग विशेषज्ञ डा. राहुल पाठकका अनुसार, फ्याटी लिभरको सुरुआती लक्षण सामान्य देखिन्छन्, जसलाई परीक्षण बिना छुट्याउन गाह्रो पर्न सक्छ।

तर पेट र कम्मर वरिपरि बोसो बढ्न थाल्नु यसको मुख्य संकेत मानिन्छ। यस्तै गर्दनको आकार बढ्नु, कालो देखिनु, तथा छालामा असामान्य परिवर्तन देखिनु पनि संकेत हुन सक्छन्।

अन्य लक्षणहरू मा  भोक नलाग्ने, पिसाब गाढा रंगको हुने, पेट र खुट्टामा सुन्निनु, खानापछि बान्ता हुने जस्तो लाग्ने, आँखाको सेतो भाग पहेँलो देखिनु आदि हुन् ।

कति खतरनाक छ फ्याटी लिभर ?

डा. पाठकका अनुसार धेरैले फ्याटी लिभरलाई सामान्य ठान्छन्, तर यो शरीरमा अनेकौँ रोगको सुरुवाती बिन्दु बन्न सक्छ। जब कलेजोमा बोसो जम्मा हुन थाल्छ, थाल्छ भने यस ले रगतमा समेत बोसोको मात्रा बढेको संकेत दिन्छ । यसै बाट मुटुको रक्तनलीमा बोसो जम्न थाल्छ, जसले हर्ट अट्याकको खतरा बढाउँछ । त्यसै गरी त्यो बोसो मस्तिष्कमा पुग्दा स्ट्रोक हुन सक्छ, पित्त थैलीमा पुगेमा स्टोन (पत्थरी) बन्न सक्छ र मिर्गौलामा पुगेमा यसको कार्य क्षमता घट्न सक्छ।

यस कारण, फ्याटी लिभरलाई नजर अन्दाज गर्नु खतरनाक हुन सक्ने औल्याउँदै डा. पाठकले विशेषज्ञ को सल्लाहमा समय मै जीवन शैली परिवर्तन गरी नियमित व्यायाम र सन्तुलित भोजन गर्न सुझाव दिएका छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!