सिद्धार्थ फर्मास्युटिकल्सको ‘डोपान–डिएसआर’, सुप्रिम हेल्थकेयरको ‘पाण्डम–डीएसआर’ र आर्य फर्माल्याबको ‘पान्टाफास्ट–डीएसआर’ औषधि गुणस्तरहीन भेटियो’


काठमाडौँ – औषधि व्यवस्था विभागले बजारमा बिक्री वितरणमा रहेका केही औषधिहरू न्यून गुणस्तरको भेटिए पछि तत्काल फिर्ता (रिकल) गर्न अत्यन्त जरुरी सूचना सार्वजनिक गरेको छ ।

रूपन्देही स्थित सिद्धार्थ फर्मास्युटिकल्स प्रालि द्वारा उत्पादित ‘डोपान –डिएसआर’, बारा स्थित सुप्रिम हेल्थकेयर प्रालि द्वारा उत्पादित ‘पाण्डम–डीएसआर’ र छातापिपरा, बारा स्थित आर्य फर्माल्याब प्रालि द्वारा उत्पादित ‘पान्टाफास्ट–डीएसआर’, को केही ब्याच को औषधि बजार वाट फिर्ता लिन औषधि व्यवस्था विभागले बुधवार सूचना जारी गरेको हो ।

विभागको बजार अनुगमनका क्रममा सङ्कलित औषधिका नमुनाहरू राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा गुणस्तर नपुगेको पुष्टि भए पछि सम्बन्धित उद्योगहरूलाई ती औषधि फिर्ता गर्न निर्देशन दिइएको हो ।

दफा १४ बमोजिम जारी सूचनामा विभागले तीन फरक उद्योगद्वारा उत्पादित औषधिहरूको तोकिएको ब्याच नम्बरका क्याप्सुलहरू गुणस्तर परीक्षणमा असफल भएको उल्लेख गरेको छ । यी औषधिहरूमा आईपी २०२२ को ‘असय टेष्ट’, अनुसार नपुगेको देखिएको छ ।

विभागले सम्बन्धित उद्योग र तिनका प्रतिनिधिहरूलाई ती औषधिहरू तुरुन्त बजारबाट फिर्ता गरी विवरण विभागमा पेश गर्न निर्देशन दिएको छ । साथै, ती ब्याचका औषधिहरूको सिफारिस, विक्री वितरण तथा प्रयोग नगर्न र नगराउन आम उपभोक्ता, स्वास्थ्यकर्मी र फार्मेसी व्यवसायीहरूलाई आग्रह गरिएको छ ।

फिर्ता गर्न निर्देशन दिइएका औषधिहरू 

  • डोपान –डिएसआर, ब्याच नं. डिपीएससी–३३०१, निर्माण मितिः साउन २०८०, समाप्ति मितिः साउन २०८२, उत्पादकः सिद्धार्थ फर्मास्युटिकल्स प्रालि, तिलोत्तमा–१५, रूपन्देही
  • पाण्डम–डीएसआर , ब्याच नं. पिएसी–२४०५२, निर्माण मितिः वैशाख २०८१, समाप्ति मितिः चैत २०८२, उत्पादकः सुप्रिम हेल्थकेयर प्रालि, लिपनमेल–८, बारा
  • पान्टाफास्ट–डीएसआर, ब्याच नं. पिएफडीसी ०१०४१, निर्माण मितिः वैशाख २०८१, समाप्ति मितिः चैत २०८२, उत्पादकः आर्य फर्माल्याब प्रालि, छातापिपरा, बारा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!