एन्टीबायोटीक औषधिमा ‘रातो धर्का’ अनिवार्य: औषधि व्यवस्था विभाग


काठमाडौं – औषधि व्यवस्था विभागले एन्टीबायोटीक अर्थात प्रतिजैविक (एन्टी माइक्रोबियल्स) औषधिहरुमा रातो धर्का अनिवार्य रूपमा स्पष्ट देखिने गरी राख्न पुनः निर्देशन दिएको छ।

विभागले यस अघि मिति २०८०/०५/११ गते प्रकाशित सूचना मार्फत प्रति जैविक औषधिहरुको प्राथमिक तथा माध्यमिक प्याकिङ्ग मा रातो धर्का राख्नुपर्ने व्यवस्था लागू गरेको थियो।

प्रतिजैविक प्रतिरोध रोक्न कदम

प्रतिजैविक औषधिहरुको अत्यधिक प्रयोग, न्यून प्रयोग तथा अनावश्यक प्रयोगका कारण औषधिहरू प्रति मानव शरीरको प्रतिरोध क्षमता बढ्दै गएको छ।

यसले रोग नियन्त्रणमा कठिनाइ उत्पन्न गराउने भएकाले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रति जैविक औषधिहरुमा ‘रातो धर्का’ राख्ने अभ्यास गरिएको हो।

विभागका अनुसार रातो धर्काले औषधिको पहिचान लाई सहज बनाउनुका साथै चिकित्सक, औषधि विक्रेता, बिरामी तथा उपभोक्ताहरू लाई सचेत बनाउने उद्देश्य राखेको छ।

तर, हाल केही कम्पनीहरूले यो व्यवस्था स्पष्ट रूपमा पालना नगरेको गुनासो विभागमा प्राप्त भएकाले पुनः सो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।

चिकित्सकको सिफारिस अनिवार्य

औषधि व्यवस्था विभागले प्रति जैविक औषधिहरु चिकित्सकको सिफारिस ( पुर्ज) बिना बिक्री वितरण गर्न नपाइने स्पष्ट पारेको छ। बिरामीहरूले पनि चिकित्सक को पूर्जी बिना यस्ता औषधि प्रयोग नगर्न अनुरोध गरिएको छ।

उल्लंघन गरे कारबाही

यदि कसैले चिकित्सकको सिफारिस बिना प्रति जैविक औषधिहरु बिक्री वितरण गरेको पाइएमा कानून अनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ। साथै, औषधि उत्पादक तथा आयातकर्ता हरूलाई रातो धर्का स्पष्ट हुने गरी लेबलिङ गर्न निर्देशन दिइएको छ।

नयाँ व्यवस्थाले प्रति जैविक औषधिको प्रयोगलाई व्यवस्थित गरी औषधि प्रतिरोध रोक्न योगदान गर्ने विश्वास विभागले व्यक्त गरेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!