‘स्तन क्यान्सरको वंशाणुगत परीक्षण अब नेपालमै सम्भव, समय र खर्च दुवैमा बचत’
	
                                            काठमाडौं – नेपालमा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण (जिन सिक्वेन्सिङ) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमै सम्भव भएको छ । यस अघि यस्तो परीक्षणका लागि नमुना विदेश पठाउनु पर्ने बाध्यता थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा.रञ्जन राज भट्टका अनुसार, अब देश भर बाट प्राप्त हुने नमुनाको परीक्षण नेपालमै गर्न सकिनेछ । ‘ पहिलो पटक नेपालमै यस्तो परीक्षण सम्भव भएको छ’, डा.भट्टले भने–‘अब नमुना विदेश पठाउनु पर्ने झन्झट हटेकोछ।’
स्वास्थ्य मन्त्री पौडेलको पहल
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले यो सेवा नेपालमै सुरु गराउन महत्वपूर्ण भूमिका खेलेका छन् । यस अघि पनि मन्त्री पौडेलले सरकारी क्यान्सर अस्पतालमा सम्भव नभएका परीक्षणहरू जनस्वास्थ्य प्रयोगशाला मार्फत गराउने निर्णय गरेका थिए ।
वंशाणु गत परीक्षण के हो?
वंशाणु गत परीक्षणले स्तन क्यान्सर वंशानुगत कारणले हुने सम्भावना पहिचान गर्छ । यदि परिवारमा क्यान्सरको इतिहास छ भने यस परीक्षणले व्यक्तिगत स्वास्थ्य जोखिम बारे जानकारी दिन्छ । यो जानकारीले समयमै उपचार गर्न र क्यान्सर बाट जोगिन सहयोग पुर्याउँछ ।
किन आवश्यक छ यो परीक्षण?
चिकित्सकहरूका अनुसार, स्तन क्यान्सर प्रारम्भिक चरण मै पत्ता लागेमा उपचारको सम्भावना निकै बढ्छ । परीक्षणले वंशाणुगत रूपमा क्यान्सर को सम्भावना हुने व्यक्तिहरूलाई सचेत बनाउँछ । उनीहरूलाई समयमै उपचार वा रोकथामको उपाय अपनाउन प्रेरित गर्छ ।
समय र खर्चमा बचत
यसअघि नमुना विदेश पठाउँदा ६० हजार रुपैयाँ सम्म लाग्ने र धेरै समय खर्चिनु पर्ने बाध्यता थियो । अब नेपालमै परीक्षण गर्दा लागत ३० हजार रुपैयाँ भित्रै हुनेछ । यो सुविधाले वार्षिक करिब १२ करोड रुपैयाँ विदेशिन बाट बचत हुने अपेक्षा गरिएको छ ।
को–को परीक्षण गर्न सक्छ ?
यदि तपाई को परिवारमा कसैलाई स्तन क्यान्सर भएको छ भने, यो परीक्षण तपाई का लागि महत्वपूर्ण हुन सक्छ । यसले वंशाणुगत जोखिम पहिचान गरी उपचार योजना बनाउन चिकित्सकलाई सहयोग गर्छ ।
कहाँ र कसरी गरिन्छ?
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले रगत र तन्तुको नमुनाबाट यो परीक्षण गर्छ । देशका कुनै पनि भागबाट नमुना सङ्कलन गरी प्रयोगशालामा पठाउन सकिन्छ ।
जन चेतना आवश्यक
स्तन क्यान्सरका जोखिम कम गर्न र समयमै उपचार गर्न, वंशाणुगत परीक्षण महत्वपुर्ण छ । यदि तपाई वा तपाई को परिवारमा स्तन क्यान्सरको इतिहास छ भने तुरुन्त परीक्षणका लागि परामर्श लिनु होस् । यो नयाँ सेवाले स्तन क्यान्सर नियन्त्रण र उपचारमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ ।

				
				
				
				
				
				
				
				
प्रतिक्रिया दिनुहोस