म्याग्नस फार्मा को लेभोफ्लोक्सासिन ट्याब्लेट गुणस्तरहीन, सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न औषधि व्यवस्था विभागको निर्देशन


काठमाडौं – औषधि व्यवस्था विभागले न्यून गुणस्तर पाइएको भन्दै म्याग्नस फार्मा प्रालि द्वारा उत्पादित लेभोफ्लोक्सासिन ५०० मिलिग्राम ट्याब्लेटको एक ब्याच बजारबाट तत्काल फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ। साथै उक्त ब्याचको औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन सबै सरोकारवाला लाई अनुरोध समेत गरेको छ

विभागका अनुसार राष्ट्रिय औषधि प्रयोगशालाबाट बजारिकृत औषधिको नमुना संकलन गरी परीक्षण गर्दा  म्याग्नस फार्मा प्रालि (Magnus Pharma Pvt. Ltd.) बारा द्वारा उत्पादित लेभोफ्लक्स-५०० ट्याब्लेट (लेभोफ्लक्सासिन ट्याब्लेट आईपी) (Levoflox-500 Tablet / Levofloxacin Tablet IP) को ब्याच नम्बर बिबि २४००१ (BB24001) न्यून गुणस्तरको पाइएको हो।

सूचनामा उल्लेख भए अनुसार उक्त औषधि आईपी २०२२ (IP 2022) मापदण्ड अनुसार गरिएको डिजोलुसन परीक्षणमा असफल भएको पाइएको छ। यस आधारमा औषधि ऐन, २०३५ को दफा १४ बमोजिम उक्त ब्याचको औषधिको बिक्री वितरण रोक्का गर्दै बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन दिइएको विभागले जनाएको छ।

उक्त ब्याचको औषधि सन् २०२४ मार्च १ मा उत्पादन भई सन् २०२६ फेब्रुअरी सम्म प्रयोग योग्य रहने गरी बजारमा आएको थियो।

विभागले सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिलाई रिकल गरिएको औषधिको विवरण विभागमा पेश गर्न निर्देशन दिएको छ। साथै सो ब्याच नम्बर उल्लेख भएका औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन सबै सरोकारवाला लाई अनुरोध गरेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!