नेपाल फार्मेसी परिषद्को वार्षिक कार्यतालिका सार्वजनिक, विभिन्न परीक्षा र तालिम सञ्चालन हुने


काठमाडौं — नेपाल फार्मेसी परिषद्ले आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। परिषद्को असार ३२ गते को बैठकबाट पारित कार्यतालिका अनुसार साउन देखि विभिन्न परीक्षा, तालिम तथा नाम दर्ता प्रमाणपत्र वितरण जस्ता कार्यक्रम सञ्चालन हुने भएका छन्।

परिषद्का अनुसार साउन  ७ गते २९औं नाम दर्ता परीक्षा आवेदन खुला गरिनेछ भने भदौ महिनामा परीक्षा सञ्चालन हुनेछ। भदौ १४ मा बिफार्मा र २१ मा डिफार्मा का विद्यार्थीका लागि नाम दर्ता परीक्षा सञ्चालन गरिने छ। यसै महिनामा ‘तालीम-१ (जिपीपी)’  पनि भदौ ३० र ३१ गते हुने छ।

आश्विन महिनामा ‘तालीम-२’ (औषधि नीति र डिटीसी) आयोजना गरिने छ र नाम दर्ता प्रमाणपत्र समेत वितरण गरिनेछ। कात्तिकमा समीक्षा बैठक तय गरिएको छ। मंसिर महिनामा गोष्ठी (सरोकारवाला सँग) आयोजना गरिनेछ।

पुष ५ गते ३०औं नाम दर्ता परीक्षा आवेदन खुला गरिनेछ र  ‘तालीम-३’ सञ्चालन गरिनेछ। माघ महिनामा ३० औ नाम दर्ता परीक्षा हुनेछ। यस अन्तर्गत माघ १० गते बिफार्मा  र माघ २४ गते डिफार्मा का लागि नाम दर्ता परीक्षा सञ्चालन हुनेछ। माघ महिनामा नै तालिम – ४ समेत हुनेछ।

फागुन महिनामा नाम दर्ता प्रमाणपत्र वितरण गरिनेछ।  यस्तै, चैत १४ गते ३१औं नाम दर्ता परीक्षा आवेदन खुला गरिने र तालिम ५ समेत लिइनेछ।

यस्तै जेठ महिनामा ‘३१औं नाम दर्ता परीक्षा’ र ‘तालिम-६’ सञ्चालन गरिनेछ। असार महिनामा नाम दर्ता प्रमाणपत्र वितरण गरिनेछ।

परिषद का रजिस्टार सञ्जीव कुमार पाण्डेका अनुसार सार्वजनिक कार्यतालिका अनुसार नै सबै कार्यक्रम तोकिएको मितिमा सञ्चालन गरिने छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!