सेप्सिसका बिरामीमा स्टेटिनले मृत्यु दर ४० प्रतिशत सम्म घटाउन सकिने

काठमाडौं – कोलेस्ट्रोल नियन्त्रणका लागि प्रयोग गरिने औषधि स्टेटिन गम्भीर रुपमा बिरामी परेका सेप्सिसका रोगीहरूका लागि जीवन रक्षक सावित हुन सक्ने सम्भावना देखिएको छ।
फ्रन्टियर्स इन इम्यूनोलोजी जर्नलमा प्रकाशित एक अध्ययन अनुसार, स्टेटिनको प्रयोगले सेप्सिसका बिरामीको मृत्यु दर झण्डै ४० प्रतिशत सम्म घटाउन सकिने देखिएको हो।
सेप्सिस एउटा गम्भीर स्वास्थ्य आपत्कालीन अवस्था हो, जसमा शरीरको प्रतिरक्षा प्रणाली संक्रमण प्रति अत्यधिक प्रतिक्रिया जनाउँछ, जसले शरीरका तन्तुहरूलाई क्षति हुन्छ ।
यसमा प्रतिरक्षा रसायन सुन्याईलाई ट्रिगर गर्छ जसले रगतको थक्का निर्माण हुन्छ र रगतको प्रवाह कम हुन्छ । यसले विभिन्न अंगहरूमा गम्भीर क्षति पुर्याउछ।
चीनको तियानजिन मेडिकल युनिभर्सिटी जनरल अस्पतालका सहायक प्राध्यापक डा. कैफेंग लीका अनुसार, ‘स्ट्याटिन्समा एन्टी–इन्फ्लेमेटोरी, इम्युनोमोड्युलेटरी, एन्टीअक्सिडेटिभ र एन्टीथ्रोम्बोटिक गुण पाइन्छ। यी गुणले अत्यधिक सुन्याई घटाउन, रक्तनलीको भित्री सतह (एन्डोथेलियम) को कार्य पुनःस्थापना गर्न र सूक्ष्मजीवहरू सँग लड्न सहयोग गर्छन्।’
अध्ययन अनुसार, सन् २००८ देखि २०१९ सम्म अमेरिकाको बोस्टन स्थित बेथ इसराइल डिकनेस मेडिकल सेन्टरमा आपतकालीन कक्ष र गहन उपचार कक्षमा भर्ना भएका २ लाख ६५ हजार वयस्क बिरामीहरूको स्वास्थ्य तथ्यांक विश्लेषण गरिएको थियो।
अध्ययनको नतिजामा स्ट्याटिन प्रयोग गर्ने समूहमा २८ दिनको अवधिमा मृत्यु दर १४.३ प्रतिशत मात्र देखिएको थियो भने स्ट्याटिन प्रयोग नगर्ने समूहमा यो दर २३.४ प्रतिशत पुगेको थियो।
डा. लीका अनुसार, ‘यसले स्पष्ट रूपमा देखाउँछ कि स्टेटिनले सेप्सिसका बिरामीमा सुरक्षात्मक प्रभाव दिन सक्छ र उनीहरूको उपचार सफलताको सम्भावना बढाउन सक्छ। आईसीयु मा रहेका गम्भीर बिरामीहरूका लागि पनि यो औषधि उपयोगी हुन सक्छ।’
यो अनुसन्धानले स्टेटिनको प्रयोगलाई केवल मुटुरोगका बिरामीका लागि मात्र नभई, गम्भीर संक्रमण (सेप्सिस) भएका बिरामीहरूमा समेत प्रभावकारी हुनसक्ने सम्भावनालाई उजागर गरेको छ।
स्ट्याटिन्स के हो?
स्टेटिन रक्तमा रहेको ‘खराब’ कोलेस्ट्रोल (एलडिएल) कम गर्न प्रयोग गरिने औषधिहरूको समूह हो। यिनीहरूले कलेजोलाई कोलेस्ट्रोल उत्पादन कम गर्न बाधा दिन्छन्। एलडिएल कोलेस्ट्रोल रगतमा चिल्लो पदार्थको रुपमा संकलन भई धमनीहरू साँघुरा पार्न सक्छ, जसले हृदयघातको जोखिम बढाउँछ।
प्रतिक्रिया दिनुहोस