भारतीय मोडेल पुनम पाण्डे मृत्यु प्रकरण र भेडे पत्रकारिता

मुलुकमा 'ठोक्ने र बोक्ने' पत्रकारिता फस्टाउँदै गरेको समय भारतीय मोडेल पुनम पाण्डेको झुटो मृत्यु को समाचार प्रकरणले नेपाल भारत लगायत का यो क्षेत्र विशेषको पत्रकारिताको वास्तविक स्थिति लाई उदाङ्गो पारेको छ।


मुलुकमा ‘ठोक्ने र बोक्ने’ पत्रकारिता फस्टाउँदै गरेको समय भारतीय मोडेल पुनम पाण्डेको झुटो मृत्यु को समाचार प्रकरणले नेपाल भारत लगायत का यो क्षेत्र विशेषको पत्रकारिताको वास्तविक स्थिति लाई उदाङ्गो पारेको छ।

सामाजिक सञ्जालहरूमा भारतीय मोडेल पुनम पाण्डेको पाठेघर मुखको क्यान्सरले मृत्यु भएको खबर आउना साथ नेपालका ससाना अनलाइनदेखि ठूला मिडिया सम्ममा यो समाचारले प्रमुख प्राथमिकता पाएको थियो ।

यति मात्र नभए भारतका समेत ससाना देखि ठुलठुला मिडियाहरुले विशेष प्राथमिकताका साथ पुनम पाण्डेको पाठेघर मुखको (सर्भाइकल) क्यान्सरले मृत्यु भएको खबर प्रकाशित प्रसारित गरेका थिए ।

हामी अर्थात् नेपाली पत्रकारिता क्षेत्र समेत भारतमा भएका घटनाहरू मा सामान्य पत्रकारिता को ‘फाइफ डब्लु र वान एच’ को सिद्धान्तलाई समेत पालन नगरी जस्ताको त्यस्तै सार्न सब भन्दा अगाडि हुन्छौँ।

फाइभ डब्लु वान एच : अर्थात को, कहाँ, के, कसरी, किन, कहिले र कसरी दिमागमा राखेर रिपोर्ट गर्नु। यो जानकारी दिइन्छ, कहाँ के भयो, कोसँग भयो, कहिले र कसरी भयो ? यति मात्र गरेपनि पुनम पाण्डे मृत्युको झुठो समाचार प्रकरण आउने थिएन।

अझ पछिल्लो समय पत्रकारितामा ‘फोर सी’ को उपयोग समेत बढेको छ । फोर सी : कमन सेन्स, कम्युनिकेशन स्किल, कम्युनिकेशन साइंटिस्ट र कम्युनीकेशन मा नियन्त्रण माथी रिपोर्ट गर्छन । यसले पत्रकारको जिम्मेवारी समाज प्रति धेरै बढी बढ्छ ।

अझ हामी ३ करोड जनसङ्ख्या भएको साना देश हो। तर हाम्रो छिमेकीको जनसङ्ख्या हामीभन्दा ४५ गुणा बढी भएपनि त्यहाँ समेत पत्रकारिताको सामान्य प्रारम्भिक नियम पालना नगरे समाचार लेखिएको देखिन्छ ।

हो सामाजिक सञ्जालमा उनकै इन्स्टाग्राम एकाउन्टबाट पाण्डेको मृत्यु भएको खबर आयो। तर के यी समाचार लेख्ने पत्रकारहरुले उहाँको कुन अस्पतालमा मृत्यु भएको हो वा कहिले देखि पाठेघर मुखको क्यान्सरको उपचार गरिराख्नु भएको थियो, को सँग उपचार गराउनु भएको थियो, यस बारेमा पहिले उहाँको सामाजिक सञ्जाल लगायतकामा केही लेखिएको थियो कि आदिबारे कुनै सोध खोज गरेको देखिन्छ त ?

जबकि भारतीय मोडेल पाण्डे यस अघि समेत थुप्रै विवादित वक्तव्य हरू र क्रियाकलापहरू मात्र नभई मिडियालाई स्टन्टबाजी गरेर आफ्नो अनुकूल उपयोग गर्ने गरेको प्रशस्त प्रमाणहरू रहेको छ।

यति हुँदाहुँदै त्यत्रा भारतीय प्रख्यात मिडिया हाउसहरु र त्यहाँका पत्रकारले एक कल फोन गरेर स्थानीय अस्पताल, शवदाह गृह, मोडेलका नजिकका साथी भाइ आफन्त लगायतका ठाउँमा सोधपुछ गर्न सकेनन् त ?

अझ हामी अर्थात् नेपाली पत्रकार त्यहाँ जे लेख्दियो ठ्याक्क त्यसलाई कपी गर्न पर्खेर बसेका थियौं ? त्यहाँ मृत्युको पुष्टि गर्ने कुनै सशक्त आधार थियो त ?

अझ यदि भारतमा भएका स्वास्थ्य पत्रकारहरू ले यस बारेमा अलिक अनुसन्धान गरेको भए केही घण्टा मै यो समाचार फेक रहेको सजिलै थाहा पाइन्थ्यो । तर त्यहाँ समेत जारी भेडे पत्रकारिता ले गर्दा यो समाचारलाई जसका तस कपी गरेर सामाजिक सञ्जाल देखि ठुल ठुला मिडिया हाउस ले समेत प्रकाशन, प्रसारण र मलजल गर्नु बाहेक अरु खासै केही गरेन ।

हामीले समेत हाम्रा छिमेकी पत्रकार साथीहरूलाई पछ्याउँदै अगाडि बढ्यौँ । दायाँ बायाँ तल माथि यता उता केही हेरेनौ । .तर यसको अर्थ यो होइन कि नेपाल भारत लगायतका क्षेत्रमा अत्यन्त मेहनती प्रतिस्पर्धी, बुद्धिमान, इथिक्स पालना गर्ने, इमान्दार पत्रकारहरु छैनन्। यो वर्गका पत्रकारको सङ्ख्या बिस्तारै कम हुँदै गएको पत्रकारहरूले नै अड्कल काट्न थालेका छन्।

पछिल्लो समय मुलुकमा देखिएको ‘भेडे र ठोक्ने बोक्ने पत्रकारिता’ बीच पुनम पाण्डे प्रकरणले पत्रकारिताका सामान्य ‘क ख ग घ …. … ‘ समेत पालना नगर्ने अवस्था देख्न थालिएको छ।
यतिका हुँदाहुँदै पनि मिडिया रेस्पन्सिबल छ।

सामाजिक सञ्जालबाट बग्ने सूचना जानकारी लगायतका सामग्रीहरु भन्दा साना देखि ठूला मिडियाबाट आउने जानकार बढी सटिक सही व्यवस्थित र रेस्पन्सिबल छ।

व्यवस्थित मिडियाले आफ्नो गल्ती सच्याउने गर्छ र आफू गलत रहेको जानकारी दिँदै क्षमा पनि माग्छ। यसले कम्तिमा केही क्षणको लागि पाठक,श्रोता र दर्शक मा त्रुटि वस पस्किएको भ्रम निवारण हुन्छ। तर सामाजिक सञ्जालको यस्तो अवस्था छैन।

त्यसैले हामी पत्रकार लगायत समाज सबैले आआफ्नो ठाउँबाट मिडिया र पत्रकारितालाई कसरी थप व्यवस्थित र आफ्नो मुलुक अनुकूल बनाउने भन्नेमा पछि पर्नुहुन्न । र निरन्तर पत्रकार पाठक श्रोता दर्शक बुद्धिजीवी आम व्यक्ति लगायत सबैले पत्रकारितालाई आफ्नो नजर, आँखा र तहले केलाई राख्नु पर्छ । केलाउनु मात्र नभएर यसबारे समाजमा विस्तृत स्तरमा चर्चा परिचर्चा जारी राख्नै पर्छ।

किनभने यदि पत्रकारिता सही भएन भने देश सही दिशामा जान्न, राम्ररी सञ्चालन हुन सक्दैन, उन्नति गर्दैन, सामान्य व्यक्तिको मानव अधिकारको रक्षा हुँदैन । समाज मा विकृति विसंगति बढ्दै जान्छ र अन्तत अत्यन्त नराम्रो जटिल परिस्थिति उत्पन्न हुन सक्छ ।atulmishra7@gmail.com (बरिष्ठ पत्रकार अतुल मिश्र को फेसबुक बाट साभार)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस