स्वस्थ रहेको निर्क्योल प्रयोगशाला परीक्षणले मात्र


कुनै व्यक्ति स्वस्थ छन् वा छैनन् भन्न हाल आधुनिक प्रयोगशाला परीक्षण बाहेकको कुनै विकल्प  छैन । चिकित्सक वा चिकित्सा कर्मीले वाहय परीक्षण, लक्षण आदिको आधारमा व्यक्ति विशेष स्वस्थ रहेको किटान गर्न सक्दैनन् । कुनै व्यक्ति अस्वस्थ भए पनि प्रारम्भिक अवस्थामा यसको जानकारी मात्र प्रयोगशाला जाँच ले नै दिने गर्छ । यसैले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्वास्थ्यको परिभाषा अन्तर्गत स्वस्थ हुनु लाई स्वास्थ्यको पूर्णता का परिकल्पना गरेको छ ।

पुर्न स्वस्थ भन्दा अलि गति पनि विचलन हुने स्थिति लाई स्वस्थ मानेको छैन । कुनै व्यक्तिको स्वास्थ्य मा विचलन छ वा छैन यसको निर्क्योल को लागि प्रयोगशाला परीक्षण अनिवार्य हुन्छ ।

किन गरिन्छ प्रयोगशाला जाँच ?

  • प्रयोगशालाको जाँच उमेर, जोखिम समूह, अन्य अवस्था अनुसार गरेर स्वास्थ्य को अवस्था निर्क्योल गर्न
  • प्रयोगशालाको सूचक लाई मापन गरि त्यसलाई सामान्य मात्रामा कायम गरेर स्वस्थ रहन
  • प्रयोगशालाको सूचक सामान्य भन्दा घटबढ भएमा आनी बानी, आहार विहार, खानपान शारीरिक सक्रियता र व्यायाम गरेर सामान्य मात्रामा कायम गरेर स्वस्थ रहन
  • आनीबानी र खान पिनमा सुधार गरेर वा  व्यायाम बाट प्रयोगशालाको सूचक सामान्य नभएमा चिकित्सक सँग जँचाउने
  • औषधिको सेवन गर्नु पर्ने अवस्थामा औषधिले काम गरे / नगरे थाहा पाउन प्रयोगशाला जाँच गरेर सूचक लाई मापन गरेर सामान्य राख्न
  • रोगको निको वा सुधार हुने अवस्थालाई प्रयोगशालाको जाँच गरेर सूचकको सामान्य मात्रा कायम राखेर स्वस्थ अवस्थाको निर्क्योल गर्न

डब्लुएचओ को स्वास्थ्य बारेको परिभाषा लाई प्रयोगशाला जाँच को आधारमा पुनर् परिभाषित हुन आवश्यक छ । स्वास्थ्यको परिभाषाका सूचक प्रमाणीकरण गर्न तथ्यको आधारमा सूचकांक मापन सहित परिभाषित गर्नु पर्छ ।

डब्लुएचओ को अनुसार स्वास्थ्य पूर्वरूपमा भौतिक, मानसिक र सामाजिक हिसाबले स्वस्थ हुनु हो । निरोगी वा दुर्बलता न हुनु मात्र स्वस्थ हुनु होइन । यो परिभाषामा भौतिक, मानसिक र सामाजिक रूपमा स्वस्थता लाई हेरिएको छ, तर भौतिक, मानसिक, र सामाजिक स्वास्थ्यका सूचक लाई मापन गर्ने तथ्यको आवश्यकता हुन्छ र यो तथ्य प्रयोगशाला जाँच ले उपलब्ध गराउँछ ।

प्रयोगशाला जाँचको प्रयोगले मात्र डब्लुएचओ ले दिएको स्वास्थ्यको परिभाषालाई प्रमाणको आधारमा परिभाषित गरि नागरिकलाई सही अर्थमा स्वास्थ्यको अनुभूति दिलाउन सकिन्छ । प्रमाण बिना, सूचक को अभावमा वा भनौं प्रयोगशाला जाँच बेगर स्वास्थ्यको परिभाषा अपूर्ण हुन्छ । अर्थात् डब्लुएचओ को स्वास्थ्यको परिभाषालाई प्रमाणको आधारमा प्रमाणित गर्न स्वास्थ्य प्रयोगशाला जाँच अपरिहार्य हुन्छ ।

भौतिक रूपले पूर्ण स्वास्थ्य के हो ?
भौतिक रूपमा स्वस्थ हुनको लागि मानव शरीरको जैविक  रसायन सम्बन्धी ( बायोकेमिकल ) तत्वहरु सामान्य मात्रामा हुनु ( बायोकेमेस्ट्रीको जाँच ), कुनै भागमा रोग गराउने जीवाणु / किटानु संक्रमण नहुनु ( माइत्रोबायोलोजीको जाँच ), शरीरका कोशीका सामान्य मात्रामा हुनु (हेमाटोलोजीका जाँच ), कोशिकाहरू अनियन्त्रित रूपमा बढी मात्रामा निर्माण नहुनु वा असामान्य कोशीका निर्माण नहुनु (हिस्टोसाइटोलोजी/क्यान्सर बायोलोजीका जाँच ) इत्यादि सामान्य मात्रामा हुनु हो  । सामान्य मात्रा भन्दा घटबढ हुनु स्वस्थ नहुनु हो र यसको मापन गर्न प्रयोगशाला जाँच गर्नु पर्छ ।

मानसिक रूपले पूर्ण स्वास्थ्य के हो ?
मानसिक रूपमा स्वस्थ हुनको लागि मानव चिन्ता मुक्त भएर सामाजिक र नैतिक रूपमा स्वीकार्य महसुस गर्ने , सोच्ने, उचित  निर्णय गरि सोही अनुसार काम गर्ने र प्रसन्नचित्त भइ सकारात्मक भूमिका खेल्नु हो  ।

मानसिक रूपमा अस्वस्थ हुने अवस्थामा शरीरका नशामा रसायन कम वा धेरै बढी निस्कनु, नराम्रो अनुभव गर्नु, उचित निर्णय लिन नसक्नू र अस्वाभाविक व्यवहार देखाउनु हो  ।

बायो न्युरो मार्कर, समक्रमणको सूचकहरू, कोर्टीसोल हर्मोन, प्रोलेक्टिन, सिआरपी, आइएल–६, एएसटी/एएलटी, जिजिटी लगायत अन्य सूचकहरू मात्रामा घटबढ हुनु हो  । यस सूचकहरू सामान्य मात्रा भन्दा तल माथि हुनु  अस्वस्थताको निशानी हो । यसको मापन गर्न प्रयोगशाला जाँच गर्नु पर्छ ।

सामाजिक रूपले पूर्ण स्वास्थ्य के हो ?
सामाजिक रूपमा स्वस्थ हुनको लागि भौतिक र मानसिक रूपमा स्वस्थ भइ खुशियाली साथ अन्य व्यक्ति सँग सम्बन्ध कायम गर्ने, साथीहरूको संजाल तयार गर्ने, मिजासिलो चितका साथ काम गर्ने, आर्थिक सबलीकरण सहित नियमित व्यायाम, पोसिलो खाना, पर्याप्त निन्द्रा र आध्यात्मिक विश्वासका साथ जीवन व्यतीत गर्न सक्नु हो ।

सन्तुष्टि सँग खुशी, उत्साहित, आश्चर्य र  शान्ति महसुस गरि सकारात्मक जीवन बाच्नु सामाजिक रूपले पूर्ण स्वास्थ्य हो ।  सामान्य मात्रा भन्दा तल माथि हुनु स्वस्थ नहुनु हो । यसको मापन गर्न प्रयोगशाला जाँच लगायत अन्य सामाजिक सूचकहरू मापन गर्नु पर्छ । (डा.मिश्र मधेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरका निर्देशक हुन )


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!