मधेशमा १६१ प्रयोगशालाको संजाल : प्रमाण आधारीत सटिक स्वास्थ्य सेवा


सरकारी क्षेत्रमा जर्जर स्वास्थ्य प्रयोगशाला रहेको मधेश प्रदेशले संघियता पछि पछिल्लो समय एउटा फडको नै मारेको छ । मधेश प्रदेशमा एउटा प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जिल्ला स्थित ८ स्वास्थ्य कार्यालयहरु, प्रादेशिक अस्पतालहरु, र कोभिड पीसीआर, आयुर्वेदिक तथा बैकल्पिक चिकित्सा प्रयोगशालाहरु गरी २४ वटा प्रयोगशालाहरु र स्थानीय तहका १३६ प्रयोगशालाहरु गरि जम्मा १६१ प्रयोगशालाहरुको संजाल निर्माण भएको छ ।

यसले रोगको पहिचानको आधारमा सटिक उपचार गर्न कोसेढुंगा साबित भइ रहेको छ । यसका लागि स्थाई दरबन्दी तयार भइ स्वीकृतिको प्रक्रियामा छ भने हाललाई अस्थाई दरबन्दी स्वीकृत भइ कार्य भइ रहेको छ ।

मधेश जनस्वास्थ्यको प्रयोगशालाको हाल संरचनागत ब्यबस्थाले प्रयोगशाला सेवा संचालन गर्न न्युनत्तम जनशक्तिको ब्यबस्था हुनु पर्दछ । करार सेवामा चलेको प्रयोगशाला लाई स्थायित्व दिन सके समग्र स्वास्थ्य सेवालाई प्रमाणको आधारमा विश्व व्यापी मापदण्ड अनुसार र विश्व स्वास्थ्य संगठन को मापदण्ड अनुसार गुणस्तर कायम गरेर स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको संजाल अन्तर्गत प्रदेशको केन्द्र जनकपुरमा प्रदेश स्तरीय केन्द्रिय प्रयोगशाला, मधेश जनस्वास्थ्य प्रयोगशाला, मधेश रक्त संचार सेवा संचालनमा रहेका छन् । यस अन्तर्गत आठै प्रादेशिक अस्पतालहरुमा पी.सी.आर. प्रयोगशालाहरु संचालनमा छन् । आठै प्रादेशिक स्वास्थ्य कार्यालयहरु अन्तर्गत आधुनिक प्रयोगशालाहरुले सेवा प्रदान भैरहेका छन् । यस्तै आठै प्रादेशिक आयुर्वेदिक तथा बैकल्पिक चिकित्शालयहरुमा आधुनिक प्रयोगशाला स्थापनाको लागि बजेट सम्बन्धित कार्यालयमा बिनियोजन भइ प्रयोगशाला खोलिने क्रम मा रहेको छ । यसरी हेर्दा स्वास्थ्य कार्यालय, अस्पतालहरुमा पी.सी.आर. प्रयोगशालाहरु र आयुर्वेदिक तथा बैकल्पिक चिकित्शालयहरुमा प्रयोगशालाहरु गरिकन २४ वटा प्रयोगशालाहरु संचालनमा छन् ।

मधेश प्रदेशमा १३६ वटा स्थानीय तह पालिकाहरुमा सर्ने र नसर्ने रोगका जाँचहरु सहितका आधुनिक प्रयोगशालाहरु स्थापना भइ संचालन हुने क्रममा छन ।यी प्रयोगशालाहरुमा वातानुकुल, अनलाइन यु.पी.एस., क्यु. आर. कोड, एस.एम.एस., इमेलमा जाँचको रिपोर्ट प्राप्त हुने गरिको सुबिधा सहित कम्पुटराइज्ड जाँच रिपोर्ट दिने सफ्टवेयर जडान गरिएको छ । जसले गर्दा रगतको नमुना दिएपछि रिपोर्ट लिन पुन: प्रयोगशाला धाइराख्नु पर्दैन । सफ्टवेयरको संजाल स्थानीय पालिकादेखि प्रादेशिक प्रयोगशालाहरु र प्रदेश प्रयोगशाला जनकपुर सम्म फैलिएको छ । यो सफ्टवेयरको संजालमा रहेका प्रयोगशाला जाँचका रिपोर्ट संघीय स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायहरुमा आवस्यकता अनुसार पठाउन सकिने कार्य भइरहेको छ । मन्त्रालयको आइ. एम. यु. मा समेत सजिलै पठाउने काम भइरहेको छ ।

प्रयोगशाला संचालन कार्यविधि प्रदेश कैबिनेटबाट स्वीकृति भइ सकेर त्यसको आधारमा स्थानीय तह संग सहकार्य गरि आपसी संझौतामा हस्ताक्षर गरि लागु गरिएको छ | प्राविधिक पाटो प्रदेश सरकारको जिम्मेबारी र व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । निर्देशक समिति र संचालन समितिको अबधारणा अनुसार आवस्यकता अनुसार परिमार्जन गरिने गरि प्रयोगशाला संचालनमा ल्याइएको छ । मूल बिषय प्रमाणको आधारमा स्वास्थ्य सेवा र स्थानीय तह एबम प्रदेश सरकारको सहकार्यको नमुनाको रुपमा गुणस्तरीय स्वास्थ्य सेवाको परिकल्पना गरिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!