किन पालिकामा स्वास्थ्य प्रयोग शाला आवश्यक


पछिल्लो समय नेपालीको स्वास्थ्य पहुँच, सुविधा, क्षमता केन्द्रिय राजधानी काठमाडौं, ७ प्रदेश, ती सबै प्रदेशका को राजधानी, जिल्लाका शहरहरूमा क्रमशः केन्द्रित हुँदै गइ रहेको छ ।
संघीयता, सबैको पहुँच सुनिश्चित हुने गरी वैज्ञानिक विकेन्द्रीकरण को विपरित स्वास्थ्य सुविधा पालिका हैन ठुलो ठाउ मा स्थापित भइ रहेको छ । त्यसमा पनि आम नेपालीले आर्थिक रुपमा उक्त सुविधा सहज रुपमा लिन सक्ने अवस्था समेत देखिदैन ।

जबकी नेपाली जनताको स्वास्थ्य सुदृढ हुनमा स्थानीय निकाय अन्तर्गतको पालिका देखी नै आम व्यक्तिको आवश्यकताको सबै जसो स्वास्थ्य सुविधा मात्र नभइ यसमा स्थानीय व्यक्तिको सहज पहुँच सँगै आर्थिक रूपले धान्न सक्ने सुनिश्चिता हनु पर्छ । अझ गरिबी रेखा तल जीवन यापन गर्नेहरूको लागि पूर्ण निःशुल्क प्रयोगशाला सेवा मात्र नभइ उक्त सुविधा प्राप्त गर्ने प्रकृयामा हुन सक्ने सम्भावित खर्च समेत ती स्वास्थ्य संस्थाले नै बेहोरे अझ बढी पहुँच विस्तार हुन सक्छ ।

व्यक्ति विशेषको स्वस्थ स्वास्थ्य स्थितिको सुनिश्चिता गर्ने एउटा महत्वपूर्ण संस्था जनस्वास्थ्य प्रयोगशाला समेत हो । स्वास्थ्य प्रयोगशाला सेवाले कुनै व्यक्ति, समाज स्वस्थ हो वा होइनको प्रमाणीकरण गर्छ । स्वस्थ हो भन्ने वार्षिक रुपमा स्वास्थ्यका सूचक हरू को जाँच गरेर वर्षभरी स्वस्थ रहन के कस्ता खानपिन , व्यायाम , आनी बानी मा सुधार ल्याउने र सावधानी लिने त्यस बारे स्वास्थ्यकर्मी वा चिकित्सक सँग सल्लाह लिने गर्नु पर्दछ ।

अस्वस्थ हो भन्ने शरीरको कुन भाग/ अंग मा समस्या छ उक्त भाग वा अंग सँग सम्बन्धित त्यसको विस्तृत जाँच गराउनु पर्दछ । र प्रमाणको आधारमा के कस्तो उपचार गर्ने हो निर्क्यौल गर्नु पर्दछ ।

संघियताको मूल मर्म नै नेपालको कुना काप्चामा भएका जनतालाई आ– आफ्नै ठाउँ मा रही स्थानीय तहमै स्वास्थ्य शिक्षा र रोजगारी सिर्जना गरि आत्म निर्भर बनाउने र एउटा स्थाई समाजले देशको विकासमा सहयोग पुग्ने र सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना गर्ने हो ।जनसंख्याको आन्तरिक र बाहिरी स्थान परिवर्तन ( माइग्रेसन ) रोकी देश समग्र विकास गर्ने हो । यो लक्ष्य पुरा गर्न पहिलो प्राथमिकता भनेको स्वास्थ्य सेवा नै हो ।

उचित स्वास्थ्य सेवाको बिभिन्न पाटाहरू छन्, स्वास्थ्य सेवामा पहुँच र सस्तो सर्वसुलभ स्वास्थ्य सेवा, जनताको घर दैलोमा स्वास्थ्य सेवा , स्वास्थ्य सेवाको अर्को पाटो हो । प्रमाणको आधारमा स्वास्थ्य सेवा जुन स्वास्थ्य प्रयोगशाला सेवा हो । स्वास्थ्य प्रयोगशाला सेवाले कुनै व्यक्ति वा समाज स्वस्थ हो वा होइनको प्रमाणीकरण गर्दछ , स्वस्थ हो भन्ने वार्षिक रुपमा स्वास्थताका सूचकहरुको जाँच गरेर वर्षभरी स्वस्थ रहन के कस्ता खानपिन , ब्ययाम , आनिबानिमा सुधार ल्याउने र सावधानी लिने त्यसको बारेमा स्वास्थ्यकर्मी वा चिकित्सक सँग सल्लाह लिने गर्नु पर्दछ ।

अस्वस्थ हो भन्ने शरीरको कुन भाग , अंगमा समस्या छ उक्त भाग वा अंगसंग सम्बन्धित त्यसको विस्तृत जााच गराउनु पर्दछ र प्रमाणको आधारमा के कस्तो उपचार गर्ने हो निक्यौंल गर्नु पर्दछ ।

हालको स्वास्थ्य सेवा केहि सिमित स्वास्थ्य संथा र केहि सिमित स्वास्थ्यकर्मी , चिकित्सक बाहेक अन्दाजको भरमा, रोगको लक्षणको आधारमा, एन्टिबायोटिकको अत्यधिक प्रयोगको आधारमा, धेरै किसिमको एन्टिबायोटिकको प्रयोग गर्ने , दर्द कम गर्ने औषधिको अत्यधिक प्रयोगको आधारमा, स्टेरोइडको अत्यधिक प्रयोगको आधारमा, औषधि पनि सेवन गर्ने तर रोगको सुचक पनि जाँच नहुने अर्थात औषधि सेवन गर्ने तर रोग निको नहुने वा झन् बल्झिने किसिमको स्वास्थ्य सेवा प्रदान भइरहेको अवस्था छ ।

स्वास्थ्य सेवाको गुणस्तर कायम गर्न प्रमाणको आधारमा रोगको पहिचान, उपचार आवश्यक छ र स्वास्थ्य प्रयोगशाला सेवाको बिस्तार पहुाचलाइ गाउ शहर सम्म पुर्याउन अपरिहार्य छ ।
प्रयोगशाला सेवा पालिका सम्म विस्तार गर्नु पर्ने कारण

  • स्वास्थ्य प्रयोगशाला सेवाको पहुँच गाउ, नगर सम्म बढाउन
  • जनताले स्वास्थ्य प्रयोगशाला सेवा लिन सक्ने गरि सस्तो सेवा उपलब्ध गराउन
  • घर दैलोमा प्रयोगशाला सेवा पुग्दा सर्बसुलभ हुने, सेवाको बिकेंद्रीकरण हुने
  • स्वस्थ वा अस्वस्थको प्रमाण दिन (सम्पूर्ण अंगहरु ठिक छ छैन)
  • प्रमाणको आधारमा स्वास्थ्य सेवा प्रदान गर्न, वा औषधि सेवन गर्न सहयोग पुग्ने
  • एन्टिबायोटिकहरुको प्रयोग दुरुत्साहित गर्न, एन्टिबायोटिक रेसिस्टेन्स घटाउन
  • रोगको सर्वे, सर्भेलेन्स, अनुसन्धान प्रमाणको आधारमा हुने
  • प्रमाणको आधारमा भएको रोगको सर्वे, अनुसन्धानले सहि नीति कार्यक्रम निर्माण हुने
  • राज्यको बजेट चुस्त दुरुस्त पर्न सकिने र स्वास्थ्य सेवा सबैको पहुँच र सर्वसुलभ बनाइ नागरिक स्वस्थ भएपछी उसले गर्ने काम सार्थक भै अर्थतन्त्रमा टेवा पुग्ने
    (डा. मिश्र, मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरका निर्देशक हुन )

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!