स्याम्पुले कपाल झर्न रोक्दैन, स्याम्पु बारे गलत धारणा हरू छन


केही वर्ष यता नेपालमा पहाड देखी तराइ सम्म धनी देखी गरिब सम्म कपाल धुन हरेक घरमा उपयोग हुने सामाग्री स्याम्पु बनेको छ । पछिल्लो समय स्याम्पु दुईतीन रुपियाँ पर्ने पाउचमा आउन थाले पछि यो सहज रुपमा जुनसुकै ठाउँ मा पाइने गरी सबैको पहुँचमा पुगेको हो ।

अन्तर्राष्ट्रिय ब्रान्ड को स्याम्पु समेत हाल सस्तो सबैले किन्न सक्ने अवस्था छ । यो सँगै यसको अत्यधिक विकल्प र विविधताहरु पनि वजारमा उपलब्ध छ । जसले आम उपभोक्तालाई अलमलमा पारेको छ ।

यस्तै स्याम्पु बारेमा समुदाय, व्यक्ति र समाजमा मिथकहरू पनि प्रसस्त छन । यस्ता मिथकहरूलाई आम व्यक्ति सत्य तथ्य न खोजी आखा चिम्लिएर अनुसरण गर्ने गरेका देखिएका छन ।

र यस्तै अवैज्ञानिक मिथकहरू प्रतिको अन्ध विश्वास र सुन्दर लामो घना कपालको आउने लोभ बिच केश को क्षति सुरु हुन्छ ।

सबै भन्दा ठुलो मिथक आफूले स्याम्पु परिवर्तन गर्दा विज्ञापनमा दावी गरिए जस्तो कपाल झर्न रोकिने विश्वास गर्नु हो । अर्थात अमुक–अमुक स्याम्पु कपाल झर्न वाट रोक्छ भन्ने विश्वास गर्नु हो ।

तपाइ हामीले सबै ले के जान्नु पर्छ भने स्याम्पुको मुख्य काम मस्तक अर्थात टाउको सफा गर्नु नै हो । स्याम्पुले कपाल झर्न रोक्छ भन्ने सोच्नु पुर्न रुपमा गलत हो ।

तपाइको मस्तक सुख्खा वा टासिने कस्तो छ ? मौसम आदिलाई विचार गर्दै व्यक्ति विशेषले स्याम्पु छनौट गर्नु पर्छ ।

यस्तै धेरै जसो व्यक्ति दिनहुँ स्याम्पु गर्दा कपाल झर्न थप बढाउँछन् भन्ने गलत विश्वास गर्छन । यसैले उनीहरू सके सम्म कम मात्रामा कपाल धुन रुचाउँछन् । स्याम्पुले कपाल धोएर पखाल्दा निस्किने टुटेका कपाल देखेर आत्तिएर यो मिथकमा झन बढी विश्वास गर्छन ।

समय, स्थान र मौसमले तपाईंलाई दिनहुँ कपाल सफा गर्नु पर्ने आवश्यक समेत हुन सक्छ । यदि तपाइको मस्तक दिनहुँ धुलो , प्रदुषण आदिको सम्पर्कमा आउछ, त्यसमा पसिना आदि जम्मा हुन्छ भने दिनहुँ स्याम्पु गर्नु आवश्यकता हुन सक्छ । यस्तो परिस्थितिमा हरेक दिन स्याम्पु नगरिए कपाल र मस्तक सफा हुदैन ।

सामान्यतया सातामा तिन पटक स्याम्पु गर्नु नै पर्याप्त हुन्छ । तर बढी पसिना आउँछ भने कपाल मात्र पानीले पनि धुन सकिन्छ । यद्यपि यदि तपाइको कपाल धेरै बढी पसिना आउछ, धुलोधुवाँ प्रदुषणले धेरै प्रभावित गर्छ भने दिनहुँ कपाल धुनु आवश्यक हुन सक्छ । तर दिनहुँ कपाल धुँदा तपाइ लाई सुट गर्ने मध्यम(माइल्ड) स्याम्पु उपयोग गर्नुस् ।

उसो फोहर नभए कपालमा दिनहुँ स्याम्पु गर्नु आवश्यक नहुने पनि भनिन्छ । किनभने स्याम्पुमा भएका रसायनहरू टाउकोको आवश्यक तेल निकालेर टाउको र कपाललाई सुख्खा बनाउँछ। यसले कपाल टुक्रिने समस्या समेत देखिन सक्छ र कपाल लाई सुख्खा बनाउँछ।

त्यसैले सके सम्म स्याम्पु लगाए पछि उपयुक्त कन्डिसनर समेत लगाउनु फाइदाजनक हुन्छ । यसले स्याम्पुको माध्यमले पखालिएका तपाइको मस्तकमा भएको प्राकृतिक तेलको कमी लाई परिपूर्ति गर्छ ।

यदि कन्डिसनर उपलब्ध छैन भने स्याम्पु लगाउनु भन्दा करिव १ घन्टा अघि नरिवल वा जैतुन तेल नभए तोरी तेल समेत लगाउँदा यसले केही हद सम्म प्राकृतिक तेल लाई कायम राखी कपाललाई जोगाउँछ ।

अझ केही व्यक्ति सल्फेट स्याम्पु कपालको लागि राम्रो नहुने विश्वास राख्छन् । हामीलाई के बुझनु पर्छ भने सल्फेट एक प्रकारको सफा गर्ने धावन(क्लिन्जिङ) घटक हो । यसले हाम्रो मस्तक, कपालको फोहोर र तेल हटाउछ ।

उसो तपाइ आफनो कपाल र मस्तक को अवस्था अनुसार स्याम्पुको चुनाव गर्न सक्नु हुन्छ । सम्भव छ की केहि कपालको लागि सल्फेट स्याम्पु उपयुक्त नहोस यस्तो अवस्थामा छाला रोग विशेषज्ञको सल्लाह लिन सकिन्छ ।

ठुलो कपाल भएकाहरु स्याम्पु लगाउदा मस्तक भन्दा पनि कपालमा बढी केन्द्रित रहन्छन । उनीहरू कपाललाइ राम्ररी स्याम्पुले धुने गर्छन र मस्तकलाइ खासै वास्ता गर्दैनन । यो गलत हो । स्याम्पुलाइ कपाल नभइ, मस्तकमा लगाउनु पर्छ । स्याम्पुको काम नै हाम्रो मस्तकमा जम्मा भएको फोहर, पसीना, तेल, मृत छाला, पसीना आदिलाई हटाउनु हो ।

यसैले तपाइ अव देखी स्याम्पु सबै भन्दा पहिले मस्तकमा लगाउनुस त्यसलाइ विस्तारै मालिस गर्दे पछि कपाल तिर जानुस । कपाल र मस्तक नियमित रुपमा उपयुक्त तरिकाले सफा राख्नु ले धेरै स्वास्थ्य र सौन्दर्य समस्याको समाधान हुन्छ । (डा.कर्ण छाला रोग तथा सौन्दर्य विशेषज्ञ हुन )


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!