ज्वरो र डेंगु ज्वरो आएमा के गर्ने ?


हाल देशभरि डेंगुको बढ्दो प्रकोप, कोभिड, इन्फ्लुएन्जा, औलो, कालाजार, टाईफ़ाइड लगायत का समस्या देखी राखिएको छ । यस्तो स्थितीमा तीव्र ज्वरो आउँदा कसरी घरमै वा स्वास्थ्य निकायमा स्याहार गर्ने भन्ने बारे हामिले चर्चा गरेका छौ । तर बिरामी लाई कुनै पनि किसीमको असहजता, जटिलता, फरक प्रकारको समस्या देखिए तुरन्त नजिक को स्वास्थ्य निकाय मा जचाउनु आवश्यक हुन्छ |

१. कुनै किसिमको ज्वरो आएमा आराम गर्ने, प्रशस्त पानी खाने, जीवन जल पिउने, १०० डिग्री भन्दा बढी भएमा सिटामोल खाने

२. ज्वरो, घाटीमा खस खस र रुघा खोकी आएमा कोभिड र इन्फ़्लुएन्ज़ाको जाँच गर्ने, बुँदा न. १ मा उल्लेख भएका लाइ निरन्तरता दिने,  पानीको वाफ लिने
३. उच्च ज्वरो, जिउ, जोर्नी दुखेमा डेंगु, मलेरिया ( औलो) , कालाजार, टाईफ़ायडको जाँच गर्ने, बुँदा न. १ मा उल्लेख भएका लाइ निरन्तरता दिने
४. माथि उल्लेखित जाँच गर्दा कुनै रोग पत्ता नलागेमा स्क्रब टाइफस लेप्टोस्पाइरा, ब्रुसेलाको जाँच गर्ने , बुँदा न. १ मा उल्लेख भएका लाइ निरन्तरता दिने
५.  चिकित्सक, स्वास्थ्यकर्मीको सल्लाह लिने, सके सम्म एन्टी बायोटिक नखाने, पेन किलर औषधि प्रयोग नगर्ने, स्टेरोइड प्रयोग नगर्ने, एकै पटकमा दुइ वा दुइ भन्दा बढी प्रकारको एन्टीबायोटिक नखाने, भाइरल ज्वरो भएमा एन्टिबायोटिक नखाने
डेंगु ज्वरो देखिएमा के गर्ने: –
१. CBC (सिबिसी) जाँच गर्ने, platelets (प्लेटेलेट्स)को मात्रा नाप्ने
२. Platelets(प्लेटेलेट्स) को मात्रा १५०,००० भन्दा बढी भएमा घरमै आराम गर्ने प्रशस्त पानी खाने, जीवन जल पिउने, १०० डिग्री भन्दा बढी भएमा सिटामोल खाने,
३. Platelets (प्लेटेलेट्स) को मात्रा १००,००० -१५०,००० भएमा, Mean Platelet Volume (मिन प्लेटेलेट्स भोल्युम) (MPV) हेर्ने , यदि MPV १४ भन्दा माथि छ भन्ने  घरमै आराम गर्ने प्रशस्त पानी खाने, जीवन जल पिउने, १०० डिग्री भन्दा बढी भएमा सिटामोल खाने,
४. Platelets(प्लेटेलेट्स) को मात्रा १००,००० -१५०,००० भएमा, Mean Platelet Volume(मिन प्लेटेलेट्स भोल्युम) (MPV) हेर्ने , यदि MPV १०-११ छ भन्ने सजग हुने, अस्पताल मा जाने
५. Platelets(प्लेटेलेट्स)को मात्रा १००,००० भन्दा कम भएमा, Mean Platelet Volume(मिन प्लेटेलेट्स भोल्युम) (MPV) हेर्ने , यदि MPV १०-११ छ भन्ने तुरुन्त  अस्पतालमा जाने । (लेखक  डा.मिश्र प्रदेश जन स्वास्थ्य प्रयोगशाला , जनकपुरका निर्देशक हुन)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!