कर्मचारीलाई अनिवार्य रूप मा पुरा बाहुला को पोशाक लगाउनअनुरोध


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु बाट जोगीन सबै कर्मचारीहरू लाई कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयले सोमवार विज्ञप्ती जारी गर्दै सबै कर्मचारी संग उक्त अनुरोध गरेको हो ।

डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाइबाट जोगिनु रहेको जनाउदै मन्त्रालयले डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन सरकारका सबै कर्मचारीहरु एवं सार्वजनिक, सामुदायिक र नीजि क्षेत्रमा कार्यरत कर्मचारीहरुमा अनुरोध गरेको छ ।

प्रायः दिनको समय, विषेशगरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने गर्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!