दशैँ अगावै काठमाडौँ का ३२ सै वडा को स्वास्थ्य केन्द्रमा एमडिजीपी डाक्टर र नर्स, फुड इन्सपेक्टरले स्ट्रिट लगायतका खाद्य पदार्थको गुणस्तर जाँच गर्ने

थाइल्याण्डको राजधानी बैङ्ककको स्ट्रिट फुडमा समेत स्वस्थकर र स्वक्षताको ग्यारेन्टी जस्तै हुने भएकोले पर्यटकहरू रुचाउने गरे जस्तै काठमाडौंमा समेत भविष्यमा त्यसै अनुसार खाद्य सुरक्षा प्रदान गर्ने रणनीति, वडा स्वास्थ्य केन्द्रमा डाक्टर र नर्स बिहान १० वजे देखी ५ वजे सम्म स्वास्थ्य जाच को लागि बस्ने


काठमाडौं– काठमाडौं महानगरपालिकाले दशै अगावै ३२ वटै वडाका स्वास्थ्य केन्द्रमा एक जना एमडिजीपी डाक्टर र एक जना नर्सको माध्यमले स्वास्थ्य सेवा दिने भएको छ । एमडिजीपी डाक्टर जेनरल प्राक्टिस र इमर्जेन्सी मेडिसिनमा ‘एमडी’ अर्थात स्नातकोत्तर गरेका हुन्छन ।

यस्तै महानगरपालिका को सडक, होटल रेष्टुरेन्ट लगायतका ठाउँबाट बिक्री वितरण हुने खाद्य पदार्थको गुणस्तर जाँच र अनुगमन गर्न ५ जना फुड इन्स्पेक्टर समेत नियुक्त गर्ने भएको हो ।

एमडिजीपी डाक्टर, नर्स एवं फुड इन्स्पेक्टर राख्ने निर्णय महानगरपालिकाको आठौँ बैठकले गरेको हो । ‘हामी कार्यविधि बनाएर डाक्टर, नर्स, फुड इन्सपेक्टरलाई करारमा लिने छौं ’महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले नेपालहेल्थप्रेशसँग भने–‘ दशैँ अगाडि नै ३२ सै वडाको स्वास्थ्य केन्द्रमा एमडिजिपी डाक्टर, नर्स र महानगर भित्र फुड इन्सपेक्टरले खाद्य पदार्थको गुणस्तर सुनिश्चित गर्ने काम थाल्ने हाम्रो प्रयास रहन्छ ।’

एमडिजीपी डाक्टर आकस्मिक सेवा देखि आकस्मिक शल्यक्रियाका आधार स्तम्भ मानिन्छन् । यिनीहरू बालकालिका देखी बूढापाका सम्मको अधिकतम स्वास्थ्य समस्याबारे उपचार गर्न सक्ने क्षमता राख्छन् ।

विभिन्न स्वास्थ्य समस्या मध्ये झण्डै ९० प्रतिशत जतिको उपचार एमडिजीपी डाक्टर वाट हुन सक्ने भनिने गरिन्छ । यस्ता डाक्टर आकस्मिक अवस्थामा ज्यान बचाउने काम समेत गर्छन भने आकस्मिक शल्यक्रिया समेत गर्न सक्छन् ।

थाइल्याण्डको राजधानी बैङ्ककको स्ट्रिट फुडमा समेत स्वस्थकर र स्वक्षताको ग्यारेन्टी जस्तै हुने भएकोले पर्यटकहरू रुचाउने गरे जस्तै काठमाडौंमा समेत भविष्यमा त्यसै अनुसार खाद्य सुरक्षा प्रदान गर्ने रणनीति अन्तर्गत फुड इन्स्पेक्टर राख्ने प्रकृया शुरु गरिएको प्रवक्ता मानन्धर औल्याउछन ।

उनको अनुसार तत्काल फुड इन्सपेक्टरले होटेल, रेष्टुरेन्ट, स्ट्रिट फुड आदिको गुणस्तर सुनिश्चित गर्ने काम गर्ने छन भने भविष्यमा यसलाई थप विस्तार गर्दे लगिने छ ।

वडा स्वास्थ्य केन्द्रमा सामान्य तया डाक्टर र नर्स बिहान १० वजे देखी ५ वजे सम्म स्वास्थ्य जाच को लागि बस्ने छन । तर स्थानीय वासी र वडा अध्यक्षको सहकार्यमा यो समय वडा अनुकुल हुने गरी हेर फेर समेत गर्न सकिने मानन्धर बताउँछन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!