घरमै बनाएको ‘फेस मास्क’ वाट एक्सफोलिएसन गर्दा अनुहार टल्किएको, मोलायम, जीवन्त र दाग धब्बा रहित सफा बनाउन सकिन्छ

तपाइको समस्या र छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा.धर्मेन्द्र कर्णको जवाफ 


प्रश्न – अनुहार टल्काउन राम्रो , जीवन्त बनाउन नियमित समयमा ‘ एक्सफोलिएसन ’ गर्न भन्छन्, यो के हो ? कसरी गर्ने ? डाक्टर साहेब घर मै यो प्रकृया अपनाउँदा के कस्तो सावधानी अपनाउनु पर्ला, अझ भनौँ भने यसबारे चिकित्सकीय दृष्टिले उपयुक्त विस्तृत जानकारी पाउन । ( रुबी श्रेष्ठ,काठमाडौ–३२)

उत्तर – एक्सफोलिएसन लाई सामान्य भाषामा बुझाउने हो भने छाला लाई चिल्लो पार्न यसको सतह वाट मरेका कोष हरू हटाउने प्रकृया हो । अर्थात छालाको माथिल्लो तहको कोषिकालाई सफा गर्नु हो । छालाको माथिल्लो सतहमा भएका मृत कोष हटाउन र छालाको रङ्गमा सुधार ल्याउन एक्सफोलिएसन गरिन्छ ।

एक्सफोलिएसन तेल र फोहरले बन्द रोम छिद्र लाई सफा गरेर तपाइको छालामा प्राकृतिक टलक ल्याउँछ । यो अनुहार मात्र नभइ शरीरको अन्य अंगको छालाको लागि समेत उपयुक्त मानिन्छ ।

यति मात्र नभइ यसले गर्दा छालामा भएको अत्यधिक तेल पनि सफा हुन्छ । नयाँ छाला बाहिर आउँछ, यसले दाग धब्बा च्याउरी आदिमा कमी आउँछ ।

भनिन्छ यसले हाइपरपिगमेन्टेसनमा समेत सुधार ल्याउन सक्छ भने छालामा भएको मसिनो रेखा (फाइन लाइन्स) र कालो पोतामा समेत कमी ल्याउँछ । छालाको रक्त सञ्चार समेत बढाउछ ।

छालालाई मुलायम र प्राकृतिक चमक ल्याउन एक्सफोलिएसन राम्रो तरिका हो । यो प्रकृया ‘फिजिकल’ वा केमिकल’ गरेर दुई प्रकारले गर्न सकिन्छ ।

स्क्रवले छालालाई यान्त्रिक रुपमा एक्सफोलिएट गर्छ जबकी पिल अन्तर्गत छालाको गहिराइमा जान रसायनहरूको प्रयोग हुन्छ ।

केमिकल एक्सफोलिएसन, फिजिकल एक्सफोलिएसनको दाँजोमा कम कठोर मानिन्छ । केमिकल एक्सफोलिएसनको परिणाम हेर्न समय लाग्छ तर फिजिकल एक्सफोलिएसन तपाइले उपयोग गरेको तुरुन्त टल्केको छाला देखिन्छ ।

तपाइहरुले गराउने केमिकल पिल समेत एक्सफोलिएसन नै हो तर यहा तपाइले सोध्न खोजेको फिजिकल एक्सफोलिएसन अर्थात स्क्रव अन्तर्गत हो जस्तो मलाई लाग्यो ।

पत्याउनुस् वा नपत्याउनुस् धेरै जसो व्यक्तिको रुखो ज्यान नभएको देखिने अनुहारको छाला तल टल्किने राम्रो सुन्दर छाला लुकेको हुन्छ । तर यो टलक आफै बाहिर आँउदैन, यसको लागि तपाइ हामीलाई नियमित रुपमा छाला लाई ‘ एक्सफोलिएट ’, गर्नु पर्छ । यसले गर्दा छाला पुर्नरजिवित भएर नयाँ कोषिकाको विस्तार मा समेत वृद्धि हुन्छ ।

तपाइले बजारबाट एक्सफोलिएटिङ्ग स्क्रव किन्न सक्नु हुन्छ तर यसलाई घर मै आफ्नो छेउ छाउ भएका सामाग्रीले समेत बनाएर उपयोग गर्न सक्नु हुन्छ ।

वाह्य उत्पादन किनेर वा पार्लर आदिमा नै एक्सफोलियसन गर्नु आवश्यक छैन । यो घर मै समेत गनृ सकिन्छ । तपाइ एक्सफोलिएसन मास्क बनाउन सक्नु हुन्छ । गर्न

तर एउटा कुरामा सँधै विचार गरौँ है, यदि तपाइको छाला धेरै संवेदनशील छ भने छाला रोग विशेषज्ञ को सल्लाह लिएर केमिकल पिल लगायतका आफ्नो लागि उपयुक्त अन्य विकल्प समेत रोज्न सक्नु हुन्छ ।

पहिलो पटक घरायसी एक्सफोलियसन गर्नु अगाडी एक पटक अयना अगाडि उभ्नुस र अनुहारलाई हेर्नुस् । के तपाइको अनुहारमा रूखोपना छ, घाउ खटिरा, डन्डी फोर आदी छ ? यदि हो भने घरेलु एक्सफोलियसन नगर्नुस् र एक पटक छाला रोग विशेषज्ञको सल्लाह लिनुस् । ऐना

तपाइले जुन सुकै मौसम भए पनि सातामा २–३ पटक छाला लाई एक्सफोलिएसन गर्न सक्नु हुन्छ । यसको लागि केही घरेलु एक्सफोलिएटरको उपयोग समेत गर्न सकिन्छ ।

घरेलु एक्सफोलिएटर अन्तर्गत तपाइको घर मै रहेको मेवा, एभोकाडो , दालचिनी, दाल, दही, मह आदि उपयोग गर्न सकिन्छ । यहा उल्लेख गरिएको एक्सफोलिएटिङ्ग मास्क वनाउने तरिका सामान्य उदाहरण मात्र हो, तपाइ कुनै विज्ञको सल्लाह अनुसार विभिन्न सामाग्री उपयोग गर्दे यस्तो थुप्रै एक्सफोलिएटिङ्ग मास्क वनाउन सक्नु हुन्छ ।

तर एक्सफोलिएटिङ्ग मास्कको नाममा अनापसनाप कुरा मिसाउदै उपयोग गर्नु घातक हुन सक्छ। सके सम्म प्राकृतिक, शुद्घ र फलफुल आधारित वस्तु वाट मास्क बनाउनु उपयुक्त हुन्छ ।

मेवा र महको एक्सफोलिएटिङ्ग मास्क बनाउने तरिका
सामाग्री – मेवा का आधा भाग, एउटा ठुलो चम्चामा मह, आधा चम्चा कागतीको रस
के गर्ने – सवै भन्दा फहिले मेवालाइ स साना टुक्रा गर्नुस । अव मेवा को टुत्रा, कागतीको रस, मह लाई एउटा मिक्सर मा हालेर पेष्ट वनाउनुस । वा मिक्सर नभए खाने पानीले राम्ररी धोएको सिलौटोमा समेत पिध्न सक्नु हुन्छ ।
कसरी लगाउने–तपाइले वनाएको मेवा लगायतका सामाग्रीको पेष्ट लाई अनुहारमा राम्ररी लगाउनुस । यो पेटले शरीरको अन्य भागको छाला समेत सफा गर्न सक्नु हून्छ । अनुहारमा लगाएको करिव २० मिनेट पछि मास्कलाइ मनतातो पानीले धुनुस । अनुहार सुके पछि कुनै मोइस्चराइजर क्रिम लगाउनुस ।

मह र दही को एक्सफोलिएटिङ्ग मास्क बनाउने तरिका
सामाग्री–करिव दुई चम्चा दही र एक ठुलो चम्चा मह
के गर्ने – मह र दही लाई एक आसमा राम्ररी मिलाउनुस
कसरी लगाउने– मह र दहीको मिक्सचरलाइ अनुहारमा करिव १० देखी १५ मिनेट सम्म लगाएर राख्नुस । यस पछि मन तातो पानीले अनुहारलाई धुनुस । अनुहार पुछेर सुख्खा भए पछि मोइस्चराइजर लगाउनुस ।

दालचिनी र महको एक्सफोलिएटिङ्ग मास्क
सामाग्री– दुइ ठुलो चम्चा दालचीनी को धुलो र दुइ ठुलो चम्चा मह
के गर्ने–दालचिनीको धुलो र महलाइ मिसाउनुस । यो मिश्रणलाइ अनुहारमा लगाउनुस र आधा घन्टा पछि अनुहारलाई मनतातो पानीले धुनस । धोए पछि अनुहार सुकाएर मोइश्चराइजर लगाउनुस ।

तपाइ पनि सौन्दर्य, छाला सम्बन्धी समस्याको लागि डा.कर्ण सँग सल्लाह लिनको लागि nepalhealthpress@gmail.com इमेलमा आफ्नो समस्या बताउन सक्नु हुन्छ


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!