भारतीय बालबालिकामा टोमेटो फलुको बढ्दो जोखिम, स्वास्थ्य मन्त्रालयले जारी गर्यो गाइडलाइन


नयाँ दिल्ली – भारतको केन्द्र सरकारले मुलुकमा बच्चाहरूको बिच ‘टोमेटो फ्लु’को ८२ भन्दा बढी केस देखिए पछि राज्य सरकारहरूलाई यो रोगको विषयमा ‘गाइड लाइन’ जारी गर्दै पुर्व सावधानी को उपाय लाई पालना गर्न निर्देशन दिएको छ ।

केन्द्र सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जोड दिदै भनेको छ की यो ‘भाइरल रोग’ को उपचारको लागि कुनै विशिष्ट औषधि छैन ।

यो संक्रमणमा बच्चाका शरीरमा गोलभेडा जस्तो रातो फोको (खटिरो) हुन्छ जो पछि ठुलो भएर गोलभेडाको आकारमा देखिने भएकोले यो सङ्क्रमणको नाउ टोमेटो फलु रहेको हो । यो स्व –सीमित सङ्क्रामक रोग हो । किनभने यसको लक्षण केही दिनमा आफै निको हुन्छ ।

यो रोग हात, खुट्टा र मुख को रोग (हैण्ड , फुट एण्ड माउथ डिजिज /एचएफएमडी) को एउटा स्वरुप जस्तो देखिएको छ । यो मुख्य रूपले १० वर्ष भन्दा कम उमेरको बच्चा मा हुन्छ तर वयस्क समेत यसको शिकार हुन सक्छन् । रोग प्रतिरोधक क्षमता कम भएका वयस्क वा बूढापाका समेत यो रोगको संक्रमण मा पर्न सक्छन् ।

केन्द्र सरकार द्वारा गत मंगलबार जारी एउटा गाइडलाइन मा भनिएको छ की बच्चा लाई रोगको संकेत वा लक्षण र यसको दुष्प्रभाव को विषयमा शिक्षित गर्नु पर्छ ।

केन्द्र सरकार ले भनेको छ की उसो टोमेटो फलु मा अन्य भाइरल संक्रमण जस्तै ज्वरो, थकाइ, जिउ दुखाइ, र छालामा रातो चिनोको साथै ठुलो ठुलो दाना जस्तो लक्षण देखिन्छ तर यो भाइरसको सार्स – कोव –२ , मंकीपक्स , डेंगु , वा चिकनगुनिया सँग कुनै सम्बन्ध छैन ।
बच्चा हरूलाई टोमेटो फ्लु हुने खतरा बढी रहन्छ किनभने यो उमेर समुहमा भाइरल संक्रमण सामान्य कुरो हो र निकट सम्पर्क ले फैलिन सक्छ ।

२०७९ साल वैशाख २४ गतेमा दक्षिण भारतको केरल को कोल्लम जिल्लामा टोमेटो फ्लुको पहिलो केस देखिएको थियो । यसको हाल सम्म ५ वर्ष भन्दा कम उमेरका ८२ भन्दा बढी केस देखिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!