३ वर्ष मा ४ लाख ३३ हजार आँखा बिरामीलाई सेवा

‘कोशी र मधेश प्रदेशमा टेलि अप्थेल्मोलोजी परियोजना सुरु’


काठमाडौं– नेपाल नेत्र ज्योति संघ ले नूर दुबई फाउन्डेसनको सहयोगमा मुलुकको कोशी र मधेश प्रदेशमा टेलि अप्थेल्मोलोजी परियोजना सुरु गरेको छ ।

परियोजनाको मङ्गलवार औपचारिक उद्घाटन समारोहमा स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेल, नेपालका लागि युएईका राजदूत अबदुल्लाह अल सम्सी, नूरदुबई फाउन्डेसनकी सिईओ डा.मनाल तारियाम तथा नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रा.डा.चेतराज पन्तले संयुक्त रूपमा गरेका हुन ।

यो परियोजनाले टेलिमेडिसिन र टेली अप्थेल्मोलोजी प्रविधिहरू प्रयोग गरेर नेपाल को दुर्गम क्षेत्रहरूमा विशेष गरी कोशी र मधेश प्रदेशमा आँखाको हेरचाह पहुँच सुधार गर्ने लक्ष्य राखेको छ ।

नेत्र ज्योति संघ का कार्यकारी निर्देशक डा.शैलेश कुमार मिश्रले नूर दुबई फाउन्डेसनको सहयोगमा, यो कार्यक्रमले टेलि अप्थेल्मोलोजी प्रयोग गरेर ३ वर्ष मा ४ लाख ३३ हजार बिरामीहरूलाई सेवा गर्ने लक्ष्य राखेको बताए ।

नूर दुबई फाउण्डेसनका बोर्ड सदस्य एवं सिइओ डा. मनाल तारियामले भनिन–‘हामी नेत्र ज्योति संघ सँगको साझेदारी मार्फत नेपाली समुदायमा पुग्न पाउँदा अत्यन्त गौरवान्वित महसुस गरेका छौं । यस परियोजनाले आँखा स्वास्थ्य सेवाको प्रवाहलाई रूपान्तरण गर्नु का साथै, सेवाको पहुँचलाई बढाई यसलाई दिगो बनाउने विश्वास लिएका छौं ।’

यो परियोजना नेत्र ज्योति संघ अन्तर्गतको विराटनगर आँखा अस्पताल र सगरमाथा चौधरी आँखा अस्पताल को १५ वटा आँखा उपचार केन्द्र मा यो कार्यक्रम सञ्चालन भइरहेको छ । यसले कोशी र मधेश प्रदेशमा बसोबास गर्ने जनतालाई सेवा दिनेछ । कार्यक्रम अन्तर्गत ८२ हजार आँखाका बिरामीहरूलाई टेलि अप्थेल्मोलोजी मार्फत विशेषज्ञ परामर्श सेवा दिने अपेक्षा गरिएको छ ।

नेत्र ज्योति संघका अध्यक्ष प्रा.डा. चेतराज पन्तले यो परियोजनाले नेपालको दुर्गम र ग्रामीण क्षेत्रका नागरिकहरूलाई अस्पतालको विशेषज्ञ आँखा उपचार सेवा सँग जोड्ने बताए ।

पेशाले नेत्र चिकित्सक समेत रहेका डा.पन्तले भने–‘हाम्रो जस्तो भौगोलिक रूपमा चुनौती पूर्ण देशमा, टेलि अप्थेल्मोलोजीले बिरामीहरूको घरमै विशेषज्ञ आँखाको हेरचाह सेवा प्रदान गर्ने हुनाले यो बढि प्रभावकारी हुनेछ ।’

कार्यक्रमले नेपालका दुर्गम भागहरूमा बसोबास गर्ने मानिसहरूलाई समय मै, प्रभावकारी र गुण स्तरीय आँखा हेरचाहमा पहुँच प्रदान गर्न मद्दत गन बताइएको छ ।

नेपालमा करिब ६८ लाख व्यक्ति कुनै न कुनै आँखा सम्बन्धी समस्या बाट ग्रसित छन् । प्रति १० लाख जनसङ्ख्याका लागि नेपालमा मात्र ८ जना नेत्र रोग विशेषज्ञ उपलब्ध छन् ।

हाल नेत्र ज्योति संघ अन्तर गत देश भरमा २८ आँखा अस्पताल, १५७ आँखा उपचार केन्द्र र ४४ जिल्ला शाखाहरू संचालनमा छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!